Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • दिल्लीमा दाहाल–आरजु भेट, काठमाडौंमा तरंग
दिल्लीमा दाहाल–आरजु भेट, काठमाडौंमा तरंग
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन १, २०७९
Hardik health
काठमाडौं- भारत भ्रमणका लागि शुक्रबार दिल्ली पुगेका नेकपा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाबीच शनिबार भेटवार्ता भयो । भेटमा भारतका लागि नेपाली राजदूत शंकर शर्मा र दाहालकी स्वकीय सचिवसमेत रहेकी छोरी गंगासमेत सहभागी थिए । प्रधानमन्त्री पत्नीसमेत रहेकी राणा केही दिनदेखि उपचारका लागि दिल्लीमै छन् । उनीहरूबीच शनिबार बिहान नयाँ दिल्लीस्थित नेपाली दूतावासमा भेटवार्ता भएको हो । दिल्लीमा दाहाल र आरजुबीच के कुरा भयो भन्ने खुलाइएको छैन । तर, उनीहरूको भेटका विषयमा थुप्रै संशय भने व्यक्ति भइरहेका छन् । कतिपयले त्यसरी भेट्न जरुरी नै नरहेकोसमेत टिप्पणी गरेका छन् ।संसदीय चुनावको मिति तोक्ने तयारी भइरहँदा उनीहरू भारत भ्रमणमा जानु र उतै भेट्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ । यसले नेपाली राजनीतिमा थप तरंग पैदा गरेको छ । केही दिनअघि मात्रै चिनियाँ टोलीले नेपाल भ्रमण गरेको थियो । त्यसलगत्तै माओवादी अध्यक्ष्ँ दाहाल र आरजु भारत भ्रमणमा निस्किएपछि संशयको दृष्टिले हेरिएको छ । शनिबार नै काठमाडौंमा भएको एक कार्यक्रममा सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार हटाउन विदेशीको पनि हात रहेको खुसाला गरेपछि दाहाल–आरजुको भेटलाई लिएर थप तरंग सिर्जना भएको छ । पूर्वउपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीसमेत रहेका यादवले भूराजनीतिक प्रभावकै कारण ओली प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री बनेको खुलासा गरे । नेपाल–चीन हिमालयनमैत्री समाजले गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उनले नेपालको राजनीतिमा कतै न कतै भूराजनीतिक प्रभाव देखिँदै आएको पनि स्पष्ट पारे । यादवले राजनीतिक अस्थिरताको मूल कारण आन्तरिक भए पनि नेपालमा भने बाह्य प्रभाव पनि सँगै जोडिएर आउने गरेको उल्लेख गरे । यादवको यो खुलासा त्यतिबेला आयो जतिबेला दिल्लीमा माओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्रीपत्नी आरजुबीच ‘सरसल्लाह’ हुँदै थियो । कूटनीतिक मामलाका जानकार एवं नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले त दाहाल र आरजुबीच भएको भेटलाई ‘लज्जास्पद दृश्य’ भनेका छन् । उनले दाहाल र आरजुबीचको भेटघाटले २००७ सालमा राणा र कांग्रेसबीच दिल्लीमा भएको सत्ता बाँडफाडको भद्दा झल्को दिने टिप्पणी गरे । २०७३ मा आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट अपदस्थ गर्नुअघि शेरबहादुर देउवा र कृष्णबहादुर महराबीच पनि दिल्लीमै ‘भेटघाट’ भएको रिजालले स्मरण गरेका छन् । ‘सत्ता गठबन्धन कायम राख्ने, आउँदो चुनावमा सिट बाँडफाडको अन्तिम टुंगो लगाउने र हालै काठमाडौंमा भएका वार्ताहरूको विवरण बुझाउने उद्देश्य सफल हुँदा प्रचण्ड–देउवाहरू त खुसी होलान् । तर, यस्ता कुरुप दृश्यले प्रत्येक स्वाभिमानी नेपालीको शीर निहँुरिएको छ,’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन् । माओवादी अध्यक्ष दाहाल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा शुक्रबार नयाँ दिल्ली पुगेका हुन् । यसअघि शुक्रबार साँझ दूतावासले आयोजना गरेको रात्रिभोजमा पनि दाहाल र आरजुबीच भेटवार्ता भएको थियो । दाहालले शनिबार नै भारतीय विदेशमन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गरेका छन् । दाहालले दिल्लीमा रहेका आफ्ना पार्टीनिकट कार्यकर्ताहरूसँग पनि अन्तरक्रिया गरेका छन् । स्वागत गर्न पाउँदा जयशंकर खुसी भारतीय विदेशमन्त्री एस जयशंकरले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका छन् । विदेशमन्त्री जयशंकरले नयाँ दिल्लीस्थित ताजमानसिंह होटलमा दाहालसँग भेटवार्ता गरेका हुन् । दाहाललाई स्वागत गर्न पाउँदा खुसी लागेको भारतीय विदेशमन्त्री जयशंकरको प्रतिक्रिया छ । ‘छिमेकी पहिलो’ नीतिलाई अँगाल्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सधैं साझेदार रहने पनि उनले बताएका छन् । दाहालसँगको भेटबारे जानकारी दिँदै विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा रहनुभएका पुष्पकमल दाहाललाई स्वागत गर्न पाउँदा खुसी लागेको छ । र्थिक सहकार्यमा केन्द्रित भई हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ । छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ ।’ दाहालले आज आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम । उनी आजै स्वदेश फर्कने छन् । १९५० को सन्धि पुनरवलोकन गर्न माग नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल–भारतबीच भएको सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरवलोकन गर्नुपर्ने बताएका छन् । भारत भ्रमणमा रहेका अध्यक्ष दाहालले शनिबार फाउण्डेसन फर पब्लिक अवेयर्नेस एण्ड पोलिसीले नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् । उनले कूटनीतिक संवादमार्फत् दुई मुलुकबीचमा देखिएका समस्या समाधान गरेर जान पनि उक्त सन्धिको पुनरवलोकन गर्न ढिलाइ गर्न नहुने बताए । दाहालले नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)ले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउनेगरी ग्रहण गरेर अघि बढ्नुपर्ने पनि बताए । नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखि नै प्रगाढ रहेको उल्लेख गर्दै दाहालले त्यसमा कुनै समस्या आए कूटनीतिक संवादको माध्यमबाट समाधान गर्दै अघि बढ्न सकिने उल्लेख गरे । ‘नेपाल–भारतको सम्बन्ध परापूर्वसमयदेखि रहेको छ । यो सम्बन्ध ऐतिहासिकरुपमा सामाजिक, साँस्कृतिक र जनस्तरमा रहेको छ,’ दाहालले भने, ‘हामी जमिन, भाषा, साहित्य, धर्म र नदीले जोडिएका छौं ।’दाहालले नेपालको कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन पनि भारतसँग आग्रह गरेका गरे । उनले नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसमा लगानी गरेर उच्च प्रतिफल लिन सकिने अवसर रहेको बताए । त्यस्तै, उनले नेपालले छिमेकी मुलुकका विरुद्ध आफ्नो भूमि प्रयोग हुन नदिने स्पष्ट पारे । ‘नेपाल र भारत एक–अर्काको चासो र हितमा प्रतिबद्ध रहेका छौं । नेपाल आफ्नो भूमि छिमेकीको विरूद्ध प्रयोग हुन दिने छैन र भारतबाट पनि त्यही प्रतिबद्धता चाहन्छु,’ दाहालले भने, ‘जनस्तरबीच रहेको सम्बन्ध, खुल्ला सिमाना र अपार सद्भावनालगायतका विषयले नेपाल–भारतको विशिष्ट सम्बन्ध रहेको छ ।’ पछिल्लो समय नेपाल र भारतका प्रधानमन्त्रीको भ्रमणले दुई देशको सम्बन्ध विशिष्ट तहमा पुगेकोसमेत दाहालको दाबी छ । ‘नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणले हाम्रो सम्बन्ध अझै विशिष्टीकृत तहमा पुगेको छ,’ उनले भने । दाहालले व्यापार र विकासका लागि भारत महत्वपूर्ण साझेदार मुलुक रहेकोले भारतले अहिलेसम्म गरेको सहयोगका लागि धन्यवाद पनि दिए । ‘नेपालका लगि भारत महŒवपूर्ण साझेदार मुलुक हो । कोभिडको बेला भारतले गरेको स्वास्थ्य सहयोगप्रति धन्यवाद दिन्छु । त्यस्तै, भूकम्पका बेला र भूकम्पपछिको पुनर्निर्माणका बेला गरेको सहयोगप्रति आभार प्रकट गर्दछु,’ दाहालले थपे, ‘विकास र समृद्धिका लागि, कृषि, पूर्वाधार, रेल्वे सेवामा भारतले गरेको सहयोग अतुलनीय छ । भारतबाट आगामी दिनमा पनि यो सहयोग र प्रतिबद्धताको निरन्तरता चाहन्छौं ।’ त्यस्तै, जलविद्युत्मा भारतसँग थप काम गर्न चाहेको उनले बताए । ‘जलविद्युत्को क्षेत्रमा पनि भारतसँग काम गर्न चाहन्छौं । भारतसँग विद्युत् व्यापार गर्न चाहन्छौं र त्यसको सुरुआत पनि गरिसकेका छौं । यो क्षेत्रमा भारतको निजी क्षेत्रलाई लगानीका लागि आग्रह गर्दछु,’ अध्यक्ष दाहालले भने ।
प्रकाशित मिति: आइतबार, साउन १, २०७९  ०९:२७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP