Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमाले अध्यक्ष ओलीले भने– ‘गठबन्धन छाड्नुस्, वाम एकता गरौं’
एमाले अध्यक्ष ओलीले भने– ‘गठबन्धन छाड्नुस्, वाम एकता गरौं’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन १, २०७९
Hardik health
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका वामपन्थीहरुबीच एकतामा जोड दिएका छन् । नेपाल–चीन हिमालयमैत्री समाजले शनिबार राजधानीमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था: चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा उनले नेपालका कम्युनिस्ट पार्टीहरूलाई वामपन्थी एकतामा आउनसमेत आग्रह गरे । ‘कांग्रेसको पछि लाग्ने वामपन्थी हुँदैन, कोही वामपन्थी हुनुहुन्छ भने गठबन्धन छाड्नुहोस्, वाम एकता गरौँ,’ उनले भने । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले देश, राष्ट्रियता, लोकतन्त्र, स्वाधीनताका लागि वामपन्थी मिल्नुपर्ने बताए । मुलुकको आधारभूत मूल्य मान्यता राष्ट्रियता, प्रजातन्त्र, लोकतन्त्र, सुशासन र मुलुकको विकासका लागि सबै दल मिल्नुपर्ने उनको भनाइ छ । अध्यक्ष ओलीले चीन र भारतसँग नेपालले सुमुधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिए । उनले आफ्नो मनमा नेपालसँगै मुलुकको स्वाभिमान, स्वतन्त्रता र नेपाली जनताको उन्नति प्रगतिबाहेक अरू केही नभएको प्रष्टीकरण दिए ।नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वामपन्थी शक्ति एकता भए मात्र मुलुकको स्वाधीनताको रक्षा हुने बताए । वाम एकताका लागि सबैले पहल लिनुपर्ने उनको भनाइ थियो । उनले पार्टी एकता तत्काल नभए पनि मोर्चा वा गठबन्धन गर्नुपर्नेमा जोड दिए । ‘हामी वामपन्थी दल एकले अर्कालाई सिध्याउने नाममा आफैं सिद्धिँदै छौँ,’ उनले भने, ‘वामपन्थी आन्दोलन सकियो भने मुलुक कमजोर हुन्छ ।’ नेता श्रेष्ठले मुलुकको असंलग्न परराष्ट्र नीति, कूटनीतिक मामिलामा सबै दलको एक नीति हुनुपर्नेमा जोड दिए। ‘परराष्ट्र नीतिमा दलबीच सहमति कायम गर्न सक्यो भने कसैले पनि कमजोर पार्न सक्दैन,’ उनले भने । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भूराजनीतिक अवस्थाले नेपालको उपस्थिति कमजोर हुँदै गएको बताउँदै परराष्ट्र नीतिमा सबै दल एक मत हुनुपर्ने बताए । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सबै दल मिलेर परराष्ट्र नीति साझा बनाउनुपर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले छिमेकीसँगको सम्बन्ध पहिलेजस्तै हुनुपर्ने भन्दै परराष्ट्र नीतिमा सबै दल एक हुनुपर्ने बताए । कार्यक्रममा डा. दिनेश पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले नेपालको भूराजनीतिक हिसाबले चुनौती र अवसर दुवै रहेको बताए । कार्यपत्रमाथि टिप्पणी गर्दै पूर्वमन्त्री आनन्द पोखरेल र प्राध्यापक खड्ग केसीले नेपालका राजनीतिक दलबीच परराष्ट्र नीतिका सम्बन्धमा एउटै बोली हुनुपर्नेमा जोड दिए । उनीहरूले चीन र भारतसँग रणनीतिक सन्तुलन राख्न आग्रह गरे ।
प्रकाशित मिति: आइतबार, साउन १, २०७९  ०९:१८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP