Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेस बैठक: गठबन्धनको चर्चा, देउवाको आलोचना
कांग्रेस बैठक: गठबन्धनको चर्चा, देउवाको आलोचना
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार ३१, २०७९
congrs
Hardik health
काठमाडौं- स्थानीय तहको निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले निर्वाचन समीक्षालगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलायो । सोमबारदेखि सुरु भएको बैठक बिहीबारसम्म आइपुग्दा मुख्यगरी गठबन्धन र नेतृत्वका विषयमा केन्द्रित रह्यो । बिहीबारको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूमध्ये कतिपयले गठबन्धनको औचित्यमाथि प्रश्न उठाए । सभापति शेरबहादुर देउवाको नेतृत्व क्षमतामाथि प्रश्न उठाए । पार्टी नेतृत्वको सरकारको आलोचना पनि गरे । तर, कतिपय नेताहरूले भने गठबन्धनको बचाऊ, नेतृत्वको रक्षामा आफँलाई उभ्याए । उसो त बिहीबार बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले पनि बोलेका थिए । बैठकमा कांग्रेस नेता विमलेन्द्र निधिले सभापति देउवालाई पहिले पार्टीभित्रै एकता खोज्न सुझाव दिए । उनले सरकार चलाउन गठबन्धन र चुनावी रणनीतिका लागि तालमेल आवश्यक रहेको बताए । चौधौं महाधिवेसनको दोस्रो चरणमा सभापतिका लागि देउवालाई साथ दिएका निधिले छ महिना बितिसक्दा पनि विभागहरु नबनाएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले गठबन्धन सरकारले एक वर्ष पँरा गरेकोमा बधाई पनि दिए । ‘सरकारको एक वर्ष पुगेकोमा मैले प्रधानमन्त्री देउवालाई बधाई दिएको छु । आगामी संसद् र प्रदेशको चुनावसम्म यो सरकार जान्छ । यो चुनाव पनि तपाईंले गराउनुस् भनेर समर्थन दिएँ,’ निधिले भने, ‘गठबन्धन र चुनावी तालमेल अलग–अलग कुरा हुन् । सरकार चलाउन गठबन्धन आवश्यक छ । चुनावी रणनीतिका लागि तालमेल आवश्यक छ ।’ उनले स्थानीय तहको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बनेको उल्लेख गर्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा त्यो भन्दा ठँलो उद्देश्यसहित काम गर्नुपर्ने कुरा बैठकमा राखे । निधिले पार्टीभित्रको एकताका लागि जोड दिइरहे । ‘हामीले पाँच दलसँग गठबन्धन गरेका छौं । तर, पार्टीभित्र पनि गठबन्धन चाहिएको छ । सबैभन्दा पहिले पार्टीभित्रको एकतालाई पनि बलियो बनाउनुपर्छ । कांग्रेसमा शक्ति केन्द्र र उपकेन्द्रहरु धेरै छन् । तिनलाई एकताबद्ध बनाएर लैजान सके चुनाव जित्न सकिन्छ,’ निधिले भने । कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री नारायण खड्काले राजनीतिक दलका बीचमा गठबन्धन स्वाभाविक भएको बताए । उनले गठबन्धन राजनीतिक दलका बीचमा मात्रै नभई अन्तर्राष्ट्रियस्तरमा पनि हुने बताए । बैठकमा कतिपय केन्द्रीय सदस्यहरुले चुनावमा विचार नमिल्ने कम्युनिस्टहरूसँग गठबन्धन गर्न नहुने धारणा राखेपछि खड्काले यस्तो बताएका हुन् । ‘विचार नमिल्ने देशसँग त गठबन्धन भएको छ भने मुलुकभित्र हुँदैन भन्ने होइन । गठबन्धन विश्वव्यापी मान्यता बन्दै गएको छ । गठबन्धन गरेर जाँदा पार्टीलाई पनि घाटा छैन । स्थानीय तह निर्वाचनमा पनि गठबन्धन गर्दा राम्रो नतिजा आएको छ । संघ र प्रदेशमा पनि गठबन्धन गरेर जानुपर्छ,’ खड्काले भने । देशभित्रै विचार नमिल्ने पार्टीसँग गठबन्धन हुनु स्वाभाविक भएको उनको तर्क थियो । खड्काले अमेरिकी अनुदानको परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसिसी) पास भएर नेपालको अन्तर्राष्ट्रिय छवि उज्यालिएको दाबी गर्दै सैन्य साझेदारी एसपिसीलाई अघि नबढाउने स्पष्ट पारे । केन्द्रीय सदस्य डिला संग्रौलाले कांग्रेस एक्लै निर्वाचनमा जाँदा पनि कमजोर नभएको तर, गठबन्धन गरेर जाँदा बढी सफलता मिलेको दाबी गरिन् । स्थानीय तह निर्वाचनमा पाएको सफलता प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि कायम राख्नुपर्ने भएकाले गठबन्धन कायमै गरेर निर्वाचनमा जानुपर्ने उनको भनाइ छ । ‘नेपालको राष्ट्रिय राजनीतिमा कांग्रेस सफल भएको छ । किनकि, पाँच वर्षका लागि प्रतिपक्षको जिम्मेवारी पाएको कांग्रेस आज सरकारको नेतृत्वमा छ । कांग्रेसकै नेतृत्वमा स्थानीय तहको निर्वाचन सम्पन्न भई बाँकी निर्वाचन पनि हुँदै छन् । राष्ट्रिय मुद्दाहरुमा एमसिसीको अनुमोदनले मुलुकलाई समृद्धितर्फ लैजाने नयाँ आयाम थपेको छ,’ संग्रौलाले भनिन् । एसपिपीजस्ता ‘स्टेट पार्टनरसिप’को सवालमा सरकारको स्पष्ट दृष्टिकोण र अडानले परराष्ट्र नीतिमा अब्बल सावित भएको उनको दाबी थियो । यस्तै, कोरोनाले थलिएको अर्थतन्त्र, रुस र युक्रेनको युद्धका कारण भित्रिएको आर्थिक संकटले जनजीवन असहज र भयावह बन्दै गएको भन्दै यसलाई नियन्त्रण गरेर जनतालाई राहत दिनुपर्ने उनको भनाइ छ । तर, कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले भने गठबन्धन र नेतृत्वको आलोचना गरे । उनले स्थानीय तह निर्वाचनलाई लिएर सबैभन्दा पहिले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि कारबाही गर्नुपर्ने माग गरे । केसीले यदि स्वतन्त्र उठेका र असहयोग गर्नेमाथि छानबिन गर्ने हो भने सबैभन्दा पहिले देउवा र पौडेलमाथि कारबाही हुनुपर्ने माग गरेका हुन् । उनले आगामी निर्वाचनमा गठबन्धन गर्ने÷नगर्ने विषयलाई लिएर विभाजित हुन नहुने पनि सुझाव दिए । यद्यपि, केसीले कांग्रेस आफ्नै खुट्टामा उभिन जरुरी रहेको बताउँदै गठबन्धनलाई दीर्घकालसम्म लैजानु ठीक नहुने उल्लेख गरेका छन् । ‘स्थानीय तह निर्वाचनका लागि कांग्रेसलाई गठबन्धनको बैसाखी आवश्यक थियो कि थिएन भन्ने व्यापक बहसको विषय बनेकै हो । चुनावी गठबन्धन तात्कालिक रणनीति मात्र हो । यो नै गन्तव्य र लक्ष होइन,’ केसीले भने, ‘संघीय र प्रदेश संसद्को आसन्न निर्वाचनमा गठबन्धन आवश्यक छ भने कांग्रेसको स्वाभिमान र सम्मानजनक हैसियतको रक्षा गर्ने स्पष्टतासहित निश्चित मापदण्ड, आचारसंहिता र पार्टीको संस्थागत निर्णयको आधारमा स्पष्ट हुनुपर्छ । पार्टी विधान र निर्णयको उपेक्षा गरेर उच्चस्तरीय संयन्त्रको नाममा निर्णय लादिनुहुन्न ।’ केसीले सभापति एवं प्रधानमन्त्री देउवासँग विभिन्न ११ बुँदासहितको प्रश्न गरेका छन् । उनले देउवाको भँमिका र कार्यशैलीलाई लिएर अनेक प्रश्न उठाए । देशको अर्थतन्त्र झन्झन् जटिल मोडमा पुग्न थालेको बताउँदै यसलाई बेलैमा सम्हाल्नेतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए । यो संकटका बेला ८४ करोडको हतियार किन्ने सरकारको निर्णयमाथि पनि केसीले प्रश्न उठाए । केसीले अर्थतन्त्र संकटग्रस्त हुनुको मँल कारण ‘समानान्तर अर्थतन्त्र’को नाममा भ्रष्टाचार, तस्करी, माफियागिरी, कमिसनखोरी, आर्थिक अपराधीले खेलाएको कालोधन भएको बताएका छन् । अर्का केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले गठबन्धनका नाममा एक पक्षीय हितको सोच र स्वार्थले आजको चुनौती सामना गर्न र मुलुक, लोकतन्त्र र कांग्रेसको समग्र हित हुन सक्दैन भन्नेबारे सचेत हुनु आवश्यक रहेको बताए । उनले पार्टीभित्रको एक पक्षलाई उपेक्षा र तिरस्कार गरेर गठबन्धन गर्न आवश्यक नरहेको बताए । ‘गठबन्धन गन्तव्य र लक्ष्य होइन । कांग्रेसको स्वाभिमान र सम्मानजनक हैसियतको रक्षा गर्ने स्पष्टतासहित मापदण्ड र आचारसंहितासहित पार्टीको सस्थागत निर्णयका आधार स्पष्ट हुनुपर्छ,’ केसीले भने । उनले पनि देशमा आर्थिक समस्या भइरहेका बेला सरकारले करोडौं रुपैयाँ खर्चेर हतियार किन्न लागेको विषय सार्वजनिक भएको भन्दै आलोचना गरे ।    
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  ०९:२६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP