Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अन्तर्घातको घाउबाट मुक्त हुँदै आमनिर्वाचनको तयारीमा एमाले
अन्तर्घातको घाउबाट मुक्त हुँदै आमनिर्वाचनको तयारीमा एमाले
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार २९, २०७९
Hardik health
काठमाडौं- प्रमुख प्रतिपक्ष नेकपा एमालेले स्थानीय निर्वाचनमा पार्टीभित्र देखिएको आरोप–प्रत्यारोप र आपसी आशंकाको धङधङीबाट मुक्त भएर आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तयारीमा केन्द्रित हुन अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ । ‘असमझदारीलाई छलफलद्वारा, असहयोगलाई आलोचनाद्वारा र अन्तर्घातलाई कारबाहीका माध्यमबाट सम्बोधन गर्ने,’ एमाले अध्यक्ष केपी शर्मा ओलीले मातहतका कमिटीलाई दिइएको निर्देशनमा भनिएको छ, ‘आपसी अन्तरविरोधका कारण कारबाहीको दायरा अनावश्यकरूपमा फराकिलो नहोस् भन्ने कुरामा विशेष सजगता अपनाउने । प्रमाणित र पुष्टि भएका अन्तर्घातका सीमित घटनामा विधि पु¥याएर विनामोलाहिजा नगर्ने ।’ एमालेको सो अपानि–४ मा सत्ता गठबन्धन, पार्टीभित्रका समस्या र अन्तर्घातकाबीच स्थानीय निर्वाचनमा लोकप्रिय मतमा एमाले अगाडि रहे पनि निर्वाचित पदमा दोस्रो हुन पुगेको स्वीकार गरिएको छ । एमालेको केन्द्रीय सचिवालयको नवौं बैठक (२०७९ जेठ ३०) र दशौं बैठक (यही असार १९) गतेका निर्णय पार्टीका तल्ला कमिटीलाई जानकारी गराउन जारी निर्देशनमा निर्वाचनको मूल सन्देश र शिक्षालाई स्थापित गर्ने तथा प्रतिरक्षात्मक मनोविज्ञानलाई अन्त्य गर्ने भनिएको छ । त्यसका लागि यही असार मसान्तभित्र सबै पालिकाको निर्वाचन समीक्षा सम्पन्न गरी त्यसको प्रतिवेदन केन्द्रमा पठाइसक्ने, निर्वाचनको तयारी, परिचालन र मत रक्षामा कहाँ–कहाँ कमी रह्यो भन्ने निर्वाचन समीक्षाबाट निकालिएका निष्कर्षको सूची बनाएर विगतको कमी कमजोरीलाई नदोहो¥याउने सुनिश्चित गर्ने र स्थानीय निर्वाचनको परिणामलाई आधार बनाएर प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको अलग–अलग विश्लेषणसहित शक्ति सन्तुलनको अद्यावधिक समीक्षा गर्ने निर्देशनमा उल्लेख छ । यस्तै, पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्न स्थानीय निर्वाचनका क्रममा र त्यसभन्दा पहिले पनि रहेका असमझदारी रहेको भए खुलस्त छलफल, आलोचना–आत्मालोचना र अन्य विधिमार्फत समाधान गर्ने र पार्टी एकतालाई बलियो बनाउने, पार्टीभित्र उत्पन्न समस्यामध्ये कुनचाहिँ असमझदारी हो, कुन असहयोग हो र कुनचाहिँ अन्तर्घात हो भन्ने कुराको वस्तुनिष्ठ, निष्पक्ष र सन्तुलित पहिचान गर्ने एमालेको निर्णय रहेको छ । एमालेले स्थानीय तहको निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो भने आमनिर्वाचनलाई ध्यानमा राखेर सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्न जिम्मेवारी दिएको छ ।गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले ३२९, एमालेले २०६, नेकपा माओवादी केन्द्रले १२१, जनता समाजवादी पार्टी जसपाले ३०, नेकपा एकीकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादी पार्टीले १६ र अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवारले ३१ पालिकामा प्रमुख÷अध्यक्ष जितेका छन् । देशभर कूल निर्वाचित जनप्रतिनिधि संख्यामध्ये कांगे्रसले ४०, एमालेले ३४ र माओवादी केन्द्रले १४ प्रतिशत पदमा जित हासिल गरेका छन् । अघिल्लो निर्वाचनमा पहिलो स्थानमा रहेको एमालेले पालिकाका प्रमुख÷अध्यक्षले प्राप्त गरेको समग्र मतको विश्लेषण गर्दा यस निर्वाचनमा पनि एमाले पहिलो स्थानमा कायमै रहेको सो पार्टीको बुझाइ रहेको छ । एमालेले अघिल्लो निर्वाचनमा सदर कूल मतको एकतिहाइ मत (३३ प्रशित) हासिल गरेको थियो भने यस निर्वाचनमा लोकप्रिय मतमा एक प्रतिशत (३४ प्रतिशत) वृद्धि गरेको छ । एमालेबाट चोइटिएर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी)ले चार प्रतिशत मात्र मत प्राप्त गरेको छ । एमालेले जनसरोकारका विषयमा सबै स्थानीय पार्टी कमिटी र जनसंगठनले विरोध कार्यक्रम सञ्चालन र जनदबाब सिर्जना गर्ने नीति पनि तय गरेको छ । एमालेले केन्द्रीय सल्लाहकार परिषद्लाई पूर्णता दिँदै विभिन्न केन्द्रीय विभागका सचिव पनि तोकेको छ ।
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  ०९:११
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP