Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पक्राउ परेका चिनियाँको राहदानी रद्द, बुधबार फर्काइँदै
पक्राउ परेका चिनियाँको राहदानी रद्द, बुधबार फर्काइँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २१, २०७६
Hardik health
काठमाडौं– केही समयअघि काठमाडौंबाट पक्राउ परेका १२२ जना चिनियाँ नागरिकको राहदानी रद्द हुने भएको छ । उनीहरूलाई बुधबार चार्टर विमानबाट चीन डिपोर्ट गरिँदै छ । चिनियाा दूतावासले उनीहरूको राहदानी रद्द गर्ने जनाएको छ । प्रवेशाज्ञा दुरूपयोग गरी शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरू काठमाडौंबाट पक्राउ परेका थिए । उनीहरूको राहदानी एकमुष्ठ रद्द गरी नयाँ ट्राभल डकुमेन्ट जारी गर्ने तयारी दूतावासले गरेको छ । कतिपय चिनियाँ नगारिकसँग राहदानी भएर पनि व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ९६ जनाको राहदानी छैन । बाँकी २६ जनाको राहदानी प्रहरीसँग छ । राहदानी हराए दूतावासले नयाँ उपलब्ध गराउँदै आएको थियो । राहदानीबेगर पक्राउ परेकालाई ट्राभल डकुमेन्टका आधारमा चीन फर्काउने तयारी रहेको जनाइएको छ । त्यसका लागि प्ररहीले दूतावाससँग समन्वय गरिरहेको बताइएको छ । ट्राभल डकुमेन्टमा भिसा नियमित गरी पक्राउ परेकाहरूलाई बुधबार चीन डिपोर्ट गरिँदै छ । उनीहरूलाई लिन बुधबार बिहान र बेलुका दुई सिफ्टमा चीनबाट दुईवटा जहाज काठमाडौं आउँदै छ । चीन सरकारले काठमाडौंमा पक्राउ परेका आफ्ना नागरिकलाई चार्टर विमान गरेर फिर्ता लैजाने लागेको हो । त्यसका लागि चीनले चाइना साउदन र चाइना वेस्टर्न नामका दुई विमान नेपाल पठाउन लागेको स्रोतले जनाएको छ । ती जहाज अवतरण गराउन दूतावासले नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिइसकेको छ । प्रहरीले हिरासतमा रहेका ती चिनियाँ नागरिकको कागजपत्र बुझाएपछि अध्यागमन विभागले निष्काशन प्रक्रिया थाल्ने भएको छ । विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार पक्राउ परेका शंकास्पद सबै चिनियाँलाई निष्काशन गरिँदै छ । उनले भने, ‘उनीहरूले व्यापारिक र पर्यटक भिसा दुरूपयोग गरेका छन् । सोहीबमोजिम कारबाही गरी निष्काशन गछौँ ।’ उनका अनुसार पक्राउ परेकामध्ये एक जनास“ग मात्रै व्यापारिक भिसा छ । हु चेङगुईले व्यापारिक भिसा लिएका छन् । उनले आईटी कम्पनी खोल्न व्यापारिक भिसा लिएको पाइएको जनाइएको छ । उनीसँगै कम्पनीका नामबाट व्यापारिक भिसा लिएका अन्य चिनियाँ फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई फिर्ता लैजान चीनको पब्लिक सेक्युरिटी मन्त्रालयअन्तर्गतको अपराध अनुसन्धान विभागका उपनिर्देशक बाङ हुवा अहिले नेपाल आएका छन् । उनले गृह मन्त्रालय, अध्यागमन विभाग र प्रहरीसँग समन्वय गरिरहेका छन् । कम्बोडिया, फिलिपिन्स, लाओसलगायत पूर्वी एसियाली मुलुकमा अवैध चिनियाँविरुद्ध अप्रेसन थालिएपछि त्यहाँबाट हजारौँ चिनियाँ नेपाल प्रवेश गरेको पाइएको छ । चीन सरकारको सूचनाका आधारमा प्रहरीले ७ पुसमा एकैदिन १ उनीहरूलाई पक्राउ गरेको थियो । यसअघि ७ चिनियाँ पक्राउ परेका थिए । अध्यामगनले भिसा नियमित नगर्नेलाई विलम्ब शुल्क लिएर भिसा नियमित गरी निष्काशन गर्दै आएको छ । भिसा भएका चिनियाँलाई कसरी निष्काशन गर्ने भन्नेबारे गृह मन्त्रालय परामर्श गरिरहेको जनाइएको छ । पहिलो चरणमा करिब १ हजार जना चिनियाँ पक्राउ गर्ने चीन सरकारको योजना थियो । तर, सूचना चुहिएपछि त्यो पूरा नसकेको हो । यस्तै, साइबर अपराधमा संलग्न पक्राउ परेकालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनही १ हजार रूपैयाँ जरिवाना गरेको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले आइतबार उनीहरूको कसुरका आधारमा जरिवाना तोकेको हो ।
प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  ०५:१९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP