Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • हिमालयन भीगन महोत्सवले पर्यटन प्रवद्र्धन गर्ने आशा
हिमालयन भीगन महोत्सवले पर्यटन प्रवद्र्धन गर्ने आशा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार २४, २०७९
pokara
Hardik health
पाेखरा - हिमालय क्षेत्रका विशुद्ध शाकाहारी जीवनशैली र करुणामय जीवन अभ्यासको ज्ञान तथा सचेतनाबारे प्रसारप्रसार गर्न ‘हिमालयन भीगन महोत्सव २०२२’ हुने भएको छ । वल्र्ड भीगन अर्गनाइजेशनले यहाँ पत्रकार सम्मेलन गरेर महोत्सवका बारेमा जानकारी गराएको हो । नेपालमै पहिलोपल्ट गर्न लागिएको सो महोत्सव काठमाडौँ, लुम्बिनी र पोखरामा हुने अर्गनाइजेशनका अध्यक्ष सुरेशप्रसाद शर्माले जानकारी दिएका हुन् ।उनका अनुसार महोत्सवमा विश्वका विभिन्न देशका करिब २५० देखि ३०० ख्यातिप्राप्त व्यक्तिसहितका भेगन सदस्यको सहभागिता रहनेछ । तीन चरणमा हुन लागेको सो महोत्सवमा भदौ २८ देखि २९ गतेसम्म लुम्बिनी उद्यान महाचैत्यमा, भदौ ३० देखि असोज १ गतेसम्म काठमाडौँस्थित सोल्टी होटलमा र असोज २ देखि ४ गतेसम्म पोखरास्थित होटल ग्राण्ड बिरौटामा हुनेछ । शाकाहारी भोजन, शाकाहारी व्यक्तित्व र शाहाकाहारी जीवनशैली प्रवद्र्धनसँगै नेपाललाई ‘भेगन डेष्टिनेशन’को रुपमा समेत प्रचार गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको अर्गनाइजेशनका महासचिव अजित थापाले जानकारी दिए  । उनका अनुसार महोत्सवका आकर्षणमा एकसयभन्दा बढी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वक्ताका ज्ञान तथा अनुभव आदानप्रदान, भीगन खानाका कक्ष, जनावर अधिकारसम्बन्धी शिक्षा, म्याराथन, अन्तक्रिया, चलचित्र प्रदर्शनी, भीगन दूध, दही मासु, चिज, केक तथा मिठाई बनाउने कार्यशाला कक्षा, योग फिटनेश अभ्यास, भीगन च्यालेन्स र मनोरञ्जनात्मक गतिविधि महोत्सवको आर्कषकको रुपमा रहनेछन् । महोत्सव अवलोवकन निःशुल्क गर्न पाइने छ भने महोत्सवभित्रका खानपानलगायत सेवा सुविधा उपभोग गर्न भने रु १० हजार तिर्नुपर्ने उनले बताए  । भेगन अर्गनाइजेशनका प्रथम उपाध्यक्ष विष्णुप्रसाद न्यौपानले कुनै पनि जीवजन्तुबाट बनाइने खानेकुरा नखाने, वनस्पतिजन्य खानेकुरा खाने, सबैप्राणीप्रति दया माया र करुणामय व्यवहार अवलम्बन गर्ने, जीवनशैली र भीगनवादको बारेमा जानकारी गराएको थियो । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पछिल्लो समय मानिसको खानपान र जीवनशैलीले मानवीय जीवनमा चुनौती थपिँदै गएको जनाउँदै भेगन महोत्सवले मानवीय जीवनमा यसको महत्वलाई उजागार गर्ने र पोखरालाई भेगन गन्तव्यको रुपमा चिनाउन पनि थप मद्दत पुग्ने बताए । उनले पोखरा आसपासका कुनै एक गाउँको प्रवद्र्धनका लागि भेगन होमस्टे बनाएर विश्वका भेगनिस्मलाई आर्कषण गर्न सकिने उल्लेख गरे ।अध्यक्ष भटृराइले पोखरामा हुने भेगन महोत्सवलाई पोखरा पर्यटन परिषद् सहकार्य गरेर अघि जान तयार रहेको धारणा राखेका छन्  । कार्यक्रममा रेवानका पूर्वअध्यक्ष एवं अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखराको पर्यटन प्रवद्र्धनमा भेगन महोत्सवले थप टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । मानिसको स्वाभाव बदल्नलाई कुनै पनि विषयको बारेमा ज्ञान महत्वपूर्ण हुने जनाउँदै उहाँले स्वस्थ जीवनशैली, शाकाहारी, अहिंसाले करुणामय जीवन आत्मसात् गर्न सिकाउने भएकाले यो महोत्सव सहयोगी हुने धारणा व्यक्त गरे ।
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक सञ्चालन
हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक सञ्चालन शुक्रबार, माघ १६, २०८२
हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध
हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध बिहीबार, माघ १५, २०८२
खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’
खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’ बिहीबार, माघ १५, २०८२
हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी
हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी बिहीबार, माघ १५, २०८२
पर्यटन बोर्डद्वारा मनाङमा सातौँ आइस क्लाइम्बिङ तालिम सुरु
पर्यटन बोर्डद्वारा मनाङमा सातौँ आइस क्लाइम्बिङ तालिम सुरु बुधबार, माघ १४, २०८२
न्युयोर्कको ट्राभल एन्ड एडभेन्चर शोमा नेपालको प्रवर्द्धन
न्युयोर्कको ट्राभल एन्ड एडभेन्चर शोमा नेपालको प्रवर्द्धन मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय सुधारका लागि संसदीय समितिको १० बुँदे निर्देशन
यातायात कार्यालय सुधारका लागि संसदीय समितिको १० बुँदे निर्देशन मंगलबार, माघ १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP