Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
Search Here
राजनीति
  • Home
  • राजनीति
  • माओवादीमा महासचिवको ‘महासकस’
माओवादीमा महासचिवको ‘महासकस’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार २२, २०७९
Maoist Meeting
Hardik health
काठमाडौं– मंगलबार पनि निरन्तरता पाउने तय भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बुधबारका लागि स¥यो । आइतबारदेखि काठमाडौंमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा रिक्त रहेको पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो समिति निर्माण, केन्द्रीय समितिलाई पूर्णता दिनेलगायतका एजेण्डा अघि सारेका थिए ।
महासचिव पदमा वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, देव गुरुङ, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेललगायतले आकांक्षा राखेका छन् । उनीहरुमध्ये पुन र शर्माबीच तीव्र प्रतिस्पर्धा छ ।
आइतबार र सोमबार दाहालको प्रतिवेदनमाथि छलफल भयो । निर्वाचनको समीक्षा भयो । प्रदेश अध्यक्षहरूले ‘रिपोर्टिङ’ गरे ।मंगलबार अध्यक्ष दाहालले आइतबार र सोमबार बैठकमा केन्द्रीय सदस्यहरूबाट उठेका प्रश्नको जवाफ दिने र पदाधिकारी चयनको प्रक्रिया अघि बढाउने भनिएको थियो । तर, बैठक एकाएक सारियो । र, पूर्वस्थायी समितिका सदस्यहरूलाई खुमलटार बोलाइयो । मंगलबार बिहान ९ बजेबाट सुरु भएको बैठक दिउँसो झण्डै एक बजेसम्म चल्यो । बैठक आज बुधबार पदाधिकारी टुंग्याउने सहमतिसहित सकियो । र, पदाधिकारीको नाम टुंग्याउने जिम्मा अध्यक्ष दाहाललाई दिइयो । पदाधिकारी, स्थायी र पोलिटब्युरो सहमतिमै चयन गर्ने समझदारी पनि बन्यो ।वास्तवमा अहिले माओवादी भनेकै दाहाल र दाहाल भनेकै माओवादी भन्ने जस्तो स्थिति छ । महाधिवेसन सकिएको सात महिनासम्म पनि माओवादीले पदाधिकारी चयन गर्न सकेन । गत पुसमा काठमाडौंमा भएको आठौं महाधिवेसन २९९ सदस्यीय केन्द्रीय समिति घोषणा गर्दै सकिएको थियो । त्यतिबेला केन्द्रीय समितिले समेत पूर्णता पाएको थिएन । त्यसपछि १९ पुसमा बसेको केन्द्रीय समिति बैठकले दाहाललाई अध्यक्ष्ँ चयन गरेको थियो । लगत्तै पदाधिकारी चयन गर्ने भनिए पनि सात महिनासम्म त्यो काम हुन सकेको छैन । माओवादीमा अहिले केन्द्रीय सदस्यको संख्या बढाएर ३७३ पु¥याइएको छ । जसलाई यही १९ असारमा बसेको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरियो । माओवादीले ९४ जनालाई वैकल्पिक केन्द्रीय सदस्य पनि बनायो । तर, फेरि पदाधिकारी चयनमा माओवादीलाई सकस परेको छ । खासगरी महासचिवका लागि माओवादीभित्र महाभिडन्त छ । महासचिवको विषय सबैभन्दा पेचिलो बनेको छ । महासचिव हुने व्यक्ति अध्यक्ष दाहालको उत्तराधिकारी पनि भएकाले नेताहरू यसको दौडमा छन् । खासगरी, महासचिवमा वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, देव गुरुङ, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेललगायतले आकांक्षा राखेका छन् । उनीहरुमध्ये पुन र शर्माबीच नै तीव्र प्रतिस्पर्धा छ । उनीहरूले आठौं महाधिवेसन अघिदेखि नै महासचिवमा दाबी गरिरहेका थिए । यी दुवै जना माओवादीकालका ‘जनमुक्ति सेना’का कमाण्डर पनि हुन् । माओवादीभित्र भावी नेतृत्वका रूपमा यी दुई नेतालाई नै लिइन्छ । कार्यकर्ताहरूको भवना पनि त्यही रहेकाले अध्यक्ष दाहालले महासविचका लागि यिनै दुईमध्ये एक रोज्ने सम्भावना बलियो छ ।माओवादीमा शर्माभन्दा पुन वरिष्ठ मानिन्छन् । पुन शर्माभन्दा एक वर्ष अगाडि माओवादीको केन्द्रीय सदस्य बनेको थिए । पुन २०५५ मा केन्द्रीय सदस्य बन्दा शर्मा २०५६ मा केन्द्रीय सदस्य बनेका थिए । ३६ वर्षकै उम्मेरमा सांसद बनेका पुन ३९ वर्षको उमेरमा शान्तिमन्त्री भए । जनार्दनले हाल पाएको अर्थमन्त्रीको जिम्मेवारी पुनले ४० वर्षकै उमेरमा पाएका थिए ।माओवादी खुला राजनीतिमा आएपछि बनेको ११ सदस्यीय सचिवालय सदस्यमा पुन पर्दा शर्मा अटाएका थिएनन् । जनआन्दोलनपछि बनेको अन्तरिम संसद्मा माओवादी संसदीय दलका सचेतकका रुपमा शर्माले जिम्मेवारी पाए । पुन पहिलो संविधानसभा निर्वाचनमा ललितपुर–१ बाट निर्वाचित भए भने शर्मा रुकुमबाट निर्वाचित भए । २०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा पुन मोरङबाट उम्मेदवार बनेर पराजित भए भने शर्मा रूकुमबाट निर्वाचित भए । सांसद नभएका पुनले पार्टीमा फेरि बाजी मारे । २०७१ सालमा विराटनगरमा भएको राष्ट्रिय सम्मेलनले पुनलाई सचिव बनाउँदा शर्मा स्थायी समिति सदस्यमै सीमित रहे । २०७३ साउनमा दाहाल प्रधानमन्त्री बन्दा शर्मा ऊर्जामन्त्री भए । कुलमान घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गरेपछि लोडसेडिङ हट्यो । जसको राजनीतिक जस शर्माले पाए । त्यही प्रभावले २०७४ जेठमा शेरबहादुर देउवा नेतृत्वमा गठन भएको सरकारमा उनलाई गृहमन्त्री बनाइयो । २०७४ को निर्वाचनका लागि शर्मालाई एमालेसँग तालमेलका लागि वार्ता गर्न खटाइयो भने पुनलाई कांग्रेससँग । एमालेसँग पार्टी एकता गर्ने सहमतिसहित तालमेलको निर्णय भयो । राजनीतिकरूपमा शर्मा त्यतिबेला सफल भए ।तर, पछिल्लो समय शर्माको महोल बिग्रिँदै गएको छ । अर्थमन्त्रीका रूपमा विवादित काम गर्न थालेपछि पार्टीबाहिर मात्र होइन पार्टीभित्र पनि आलोचित बनिरहेका छन्, शर्मा । यसअघि स्वास्थ्य समस्या खेपिरहेका पुन तंग्रिरहेका छन् । उनी राजनीतिकरूपमा तंग्रिन चाहन्छन् । त्यसका लागि उपयुक्त पद भनेको महासचिव नै रहेको उनको बुझाइ छ । यद्यपि, मंगलबार दाहालनिवासमा भएको बैठकमा उनले सोझै दाबी गरेनन् । शर्माले आफू महासचिवको दाबेदार रहेको बतँइरहँदा पुनले पार्टीकाले आवश्यकता महसुस गर्छ भने म पनि तयार छु भनेका थिए ।जनार्दन विवादमा तानिँदै गएका र उनको जिम्मेवारी नै खोस्नुपर्ने आवाज उठेका बेला पुनको दाबेदारी महासचिवका लागि बलियो बन्दै गएको छ । यसअघि स्वास्थ्यका कारण उनी सक्रिय हुन सक्दैनन् कि भनेर उनलाई उपाध्यक्ष बनाएर शर्मालाई महासचिव बनाउनुपर्ने लबिइङमा लागेका माओवादी नेताहरू अहिले पुनको पक्षमा देखिन थालेका छन् । उसो त काठमाडौंमा महाधिवेसन चलिरहँदा पुन चीनमा उपचार गराइरहेका थिए । त्यतिबेला उनले आफू महासविचको आकांक्षी भएपनि पार्टीले दिएको जिम्मेवारी स्वीकार्ने बताएका थिए । तर, निर्णय आफ्नो उपस्थितिमा मात्र हुनुपर्ने भनेपछि महाधिवेसन पदाधिकारी चयन नगरेरै सकिएको थियो ।चीनमा लामो समय उपचार गरेर फर्केका पुनले स्वास्थ्यलाभ गरेका छन् । उनी पहिलेकै अवस्थामा फर्किंदै छन् । अस्वस्थताकै कारण महासचिवको दौडमा कमजोर बन्न पुगेका पुन पछिल्लो समय भने बलिया दाबेदारका रूपमा प्रस्तुत भएका छन् । महासचिवका लागि पुन र शर्माबीच ‘महाभिडन्त’ चलिरहेका बेला अध्यक्ष दाहाल भने तेस्रो व्यक्तिलाई जिम्मेवारी दिन सकिन्छ कि भनेर मन्थन गरिरहेका छन् । यद्यपि, उनले यस विषयमा कुनै निर्णय गरिनसकेको दाहालनिकट नेता बताउँछन् । तेस्रो विकल्पमा रूपमा यसअघि महासचिव भइसकेका कृष्णबहादुर महरालाई दोहो¥याउनसक्ने सम्भावना छ । अहिले प्रवक्ता रहेका उनलाई महासचिव बनाएर पुन र शर्मालाई उपमहासचिव बनाउने सम्भावनासमेत कायम रहेको माओवादीका नेताहरू बताउँछन् ।महासचिवकै विकल्पका रूपमा पम्फा भुसाल, देव गुरुङ र शक्ति बस्नेत पनि छन् । पूर्वकोषाध्यक्ष हरिबोल गजुरेल र नेता गिरिराजमणि पोखरेलसमेत महासचिवको लाइनमा छन् ।
प्रकाशित मिति: बुधबार, असार २२, २०७९  ०७:४७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP