Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सामाजिक सुरक्षा योजनाको एक वर्ष घोषणामै सीमित
सामाजिक सुरक्षा योजनाको एक वर्ष घोषणामै सीमित
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १३, २०७६
Hardik health
काठमाडौं– सामाजिक सुरक्षा योजना घोषणा गरिएको एक वर्ष पुग्यो । तर, यहाँसम्म आउँदा घोषणा, घोषणामै समिति देखिएको छ । रोजगारदाता र श्रमिकको सूचीकरण अत्यन्त न्यून देखिएको छ । सामाजिक सुरक्षा कोषका अनुसार एक वर्षका अवधिमा करिब साढे १० हजार रोजगारदाता र एक लाख १५ हजार श्रमिक मात्र सूचीकरण प्रक्रियामा सामेल भएका छन् । अझैपनि ठूलो संख्यामा रोजगारदाता र श्रमिक प्रक्रियाबाट बाहिरै छन् । केन्द्रीय तथ्यांक विभागको गत वर्ष गरेको अध्ययनअनुसार मुलुकभर करिब ९ लाख २२ हजार प्रतिष्ठान सञ्चालनमा छन् । तर, त्यसको आधाभन्दा बढी निकायमा दर्ता नभइकन सञ्चालित भएको अनुमान गरिएको छ । ती प्रतिष्ठानमा ३० लाख बढी जनशक्ति क्रियाशील रहेका छन् । कति उद्योग प्रतिष्ठानले श्रमिक राखेरै सञ्चालनमा आएका छन् भन्ने यकिन समेत सरकारसँग छैन । दुई लाख बढी प्रतिष्ठान कुनै न कुनै प्रकारका कर्मचारी राखेर सञ्चालनमा रहेका अनुमान गरिएको छ । गत वर्ष ११ मंसिरमा योजना घोषणाको क्रममा रोजगारदाताले सबै प्रतिष्ठान र श्रमिकलाई योजनामा सहभागी गराउने प्रतिबद्धता गरिएको थियो । तर, सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने रोजगारदाता र श्रमिकको संख्या हेर्दा उनीहरूको प्रतिबद्धता ‘घोषणा’मै सीमित देखिएको छ । सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएसँगै श्रमिकको सुरक्षाको असीमित दायित्व कोष र सरकारले लिने भन्दै उत्साहित बनेका रोजगारदाता पछिल्लो समय ‘श्रमिकनै योजनाप्रति सन्तुष्ट नभएको जनाउ’ दिँदै सूचीकरण प्रक्रियामा विलम्ब गर्न थालेका छन् । सरकारले निजी क्षेत्रलाई ‘पेल्ने’ रणनीति लिएको भन्दै उनीहरूले सामाजिक सुरक्षा योजनामा सहभागी नभएर सरकारलाई गलाउने मनस्थितिमा देखिएका छन् । दोस्रो सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा रोजगारदाताले योजनामा सहभागी हुने पुनः प्रतिबद्धता व्यक्त गरेका छन् । युग परिवर्तन गर्ने घोषणा कार्यान्वयनमा समय लाग्ने भन्दै ढिलो चाँडो सबै रोजगारदाता योजनामा सहभागी हुने नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग महासंघलगायत उद्योगी, व्यवसायीका छाता संगठनका पदाधिकारीको भनाइ छ । रोजगारदाताको पुनः प्रतिबद्धताबाट सन्तुष्ट हुने आधार नदेखिएको मजदूर संगठनका नेतृत्वको भनाइ छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष विनोद केसी रोजगारदाताको सहभागिता अन्यन्त कम देखिनुले योजनाको कार्यान्वयनमा जटिलता पैदा गरेको बताउ“छन् । सरकार, रोजगारदाता र ट्रेड युनियनको त्रिपक्षीय समझदारीका आधारमा श्रमसँग सम्बन्धित ऐन कानून निर्माण हुँदै आएको छ । श्रम ऐन, सामाजिक सुरक्षा ऐन तीनै पक्षको समझदारीमा निर्माण गरिएको थियो । ऐनमा व्यवस्था गरिएको सेवा सुविधा दिन रोजगारदाता तयार भएरै श्रम ऐन तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन जारी भएको हो । तर, रोजगारदाता आफैँले हस्ताक्षर गरेको समझदारी पालना नगर्ने हो भने संघर्ष गर्ने श्रमिक नेताको भनाइले असल श्रम सम्बन्धमा दरार पैदा हुने देखिन्छ । सरकारले सामाजिक सुरक्षा योजना कार्यान्वयनको प्रारम्भिक चरण र रोजगारदाता तथा श्रमिकलाई बुझाउने क्रममा रहेको भन्दै सूचीकरणको अवधि थप गर्दै आएको छ । योजनाको घोषणासँगै सरकारले सूचीकरणका लागि तीन पटक म्याद थप गरिसकेको छ । अन्तिमपटक थप भएको अवधि यही १४ मंसिरमा सकिँदै छ । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्य रोजगारदाताको सक्रियता नदेखिँदा कतै सामाजिक सुरक्षा योजना असफल हुने त होइन भन्ने आशंका जन्माएको बताउ“छन् । निजी क्षेत्र र सरकारबीचको टवरावले सामाजिक सुरक्षा योजना कतै अलपत्र त पर्ने होइन भन्दै श्रमिकले चिन्ता व्यक्त गर्न थालेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६  ०६:१३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP