Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नजिकिँदै वाम दल
नजिकिँदै वाम दल
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार २०, २०७९
Bam Dal
Hardik health
काठमाडौं - आइतबारदेखि काठमाडौंमा सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने- वाम गठबन्धन र एकताको विकल्प छैन । उनले त्यतिमात्र भनेनन् गएको स्थानीय निर्वाचनमा गठबन्धनको प्रमुख घटक सत्ता साझेदार नेपाली कांग्रेसबाट धोका भएको पनि ‘ब्रिफिङ’ गरे । दाहालले एमालेसँग फेरि एकता र सहकार्यको सम्भावना नसकिएको पनि उल्लेख गरे । ‘एमालेभित्र पनि अहिले जस्तो बहस प्रभावित गर्न खोजिएको छ । वाम ध्रुवीकरणका क्रममा मिलेर जान नसकिने होइन । तर, एमालेका पनि दुई/चार जनामा समस्या भएकाले मात्रै कुरो अघि नबढेको हो,’ दाहालले भने । नेपाली कांग्रेससँग गठबन्धन र सत्ता साझेदारी गरिरहेको माओवादी केन्द्रका अध्यक्ष दाहालबाट आएको यो भनाइलाई धेरैले अर्थपूर्णरूपमा लिएका छन् । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा नेपालका वाम दल फेरि सहकार्यतर्फ अघि बढेका त होइनन् ? भन्ने प्रश्नमा दाहालको अभिव्यक्तिले बल पुर्‍याएको छ । र, दाहालको अभिव्यक्तिलाई बल पुग्ने गरी नै नेपालको ठूलो वामपन्थी दल नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले चुनावी तालमेल वा गठबन्धनका लागि नेताहरूबीच व्यक्तिगतरूपमा छलफल, संवाद भइरहेको खुलासा गरे । आइतबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकपछि सञ्चारर्मीसँग कुरा गर्ने क्रममा उनले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूसँग संवाद भइरहेको र त्यो संवाद ‘नेगेटिभ’ नरहेको गुरुङले खुलाए । यद्यपि, संस्थागत कुरा भने भइसकेको छैन ।‘अहिलेसम्म घोषितरुपमा कसैसँग वार्ता भएको छैन । माओवादी र एकीकृत समाजवादीसँग पनि संस्थागतरुपमा कुरा भएको छैन,’ उनले भने, ‘हामी प्रतिस्पर्धाको राजनीतिमा छौं । यस्तोमा यी दुवै दलका नेताहरुस“ग व्यक्तिगतरुपमा कुराकानी भइरहेको छ । हामीबीचको कुरा नेगेटिभ पनि छैन ।’ आइतबार नै तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरूबीच भेटवार्ता भयो । पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धन आदि विषयमा छलफल भएको दाहालको सचिवालयले जानकारी दिएको छ । नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको दाहालको सचिवालयले बताएको छ ।पछिल्लो समय गौतमले नेकपा एकता राष्ट्रिय अभियान नामक पार्टी निर्माण गरी सक्रियता बढाएका छन् । यसअघि उनले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष दाहाललगायतका नेताहरूलाई छुट्टाछुट्टै भेटेका थिए । दोस्रो तहका नेताको सक्रियता यतिबेला नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताहरू वाम एकता, तालमेल र गठबन्धनका लागि आन्तरिक छलफलमा छन् । यद्यपि, छलफलले मूर्तरूप लिन सकेको छैन ।गत जेठ ३० गते एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका माओवादी नेता नारायणकाजी श्रेष्ठले उनीसँग झण्डै दुई घण्टा छलफल गरे । जुन छलफलमा वाम एकताका विषयमा पनि कुराकानी भएको थियो । माओवादीभित्र श्रेष्ठसहित वर्षमान पुनलगायतका प्रभावशाली नेताहरू वाम गठबन्धनको पक्षमा छन् । यस्तै, एमालेभित्र पनि पृथ्वी सुब्बा गुरुङ, घनश्याम भुसाललगायतका नेताहरू वाम तालमेल वा गठबन्धन गरेर जाने पक्षमा छन् । आइतबारको गुरुङको अभिव्यक्तिले पनि यही संकेत गर्छ । उनले वर्तमान सत्ता गठबन्धन आउँदो प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म नरहने दाबीसमेत गरे ।केही समय पहिले एमाले नेता भुसालले एक कार्यक्रम गरी नेकपा एकताका लागि क्षमा सप्ताह गर्नुपर्ने बताएका थिए । उनले वाम दल मिल्नुको विकल्प नभएको भन्दै हिजोका गल्तीका लागि क्षमा सप्ताह गरेर अघि बढ्नुपर्ने बताएका थिए । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि एमालेस“गको एकता, सहकार्यका लागि सकारात्मक नै छन् । उनले त्यसका लागि पहल गरिरहेको पनि बताइन्छ । एमालेका एक नेताका अनुसार खनाल समूह एकीकृत समाजवादीबाट अलग्गिएर आउ“दो चुनावअघि नै एमालेमा समाहित हुने सम्भावना छ । यसरी हेर्दा यसअघिको एकता जोगाउन नसकेका नेताहरूले फेरि एकताको सारंगी बजाउन थालेका देखिन्छ । तत्कालीन एमाले र माओवादीबीच ३ जेठ २०७५ मा एकता घोषणा भएको थियो । तीन महिनामा एकताका सम्पूर्ण काम सक्ने घोषणा गरिएकोमा त्यसले पूर्णता नपाउँदै नेकपाभित्र किचलो सुरु भयो । एकअर्काप्रति कारबाहीका शृंखला चले । नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेका बेला २३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसलाले यी दुई पार्टीको एकता बदर गरिदियो । नेकपा नाम विवादमा ऋषि कट्टेलले दायर गरेको मुद्दामा फैसला सुनाउँदै सर्वोच्चले एमाले र माओवादीलाई पूर्ववत् अवस्थामै पुर्‍याइदियो । त्यसपछि यी दुई पार्टी आ–आफ्नो बाटो लागे । पूर्वमाओवादीका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहलगगायतका नेताहरू एमालेमै बसे । साविक नेकपामा अन्तरसंघर्षको एउटा हिस्सा बनेको माधवकुमार नेपालले राजेन्द्र पाण्डे, रामकुमार झाँक्री, विरोध खतिवडा, मेटमणि चौधरीलगायतका केही नेताहरूलाई लिएर अर्को पार्टी गठन गरे । तत्कालीन एमालेभित्र माधव नेपाल समूहमा रहेका र साविक नेकपामा दाहाल–नेपाल समूहमा रहेका भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, अमृत बोहरा, निरज आचार्यलगायतका नेताहरू एमालेमै बसे । त्यसपछि नेपाली कांग्रेसस“ग गठबन्धन गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएका माओवादी केन्द्र र एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा पनि तालमेल गरे । तर, निर्वाचनको नतिजालाई लिएर सत्तारूढ दलभित्र असन्तुष्टि बढ्दै गएको देखिन्छ । जसले पनि वाम दललाई एक ठाउँमा उभिन सक्ने वातावरण बनाउन सक्ने देखिन्छ । खासगरी, माओवादी र एकीकृत समाजवादीले कांग्रेसले आफूहरूलाई धोका दिएको निष्कर्ष निकाल्ने गरेका छन् ।आइतबार सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा पनि माओवादी अध्यक्ष दाहालले यो कुरालाई उल्लेख गरे । ‘कांग्रेसबाट धोका भएको महसुस भएको छ । आगामी दिनमा शिक्षा लिनुपर्नेछ । गठबन्धनलाई कसरी अगाडि लाने भन्नेमा छलफल जरुरी छ,’ दाहालले भने, ‘धेरै ठाउँमा उम्मेदवारी दिन नसक्दा पनि पार्टी पछि पर्‍यो । पहिलेको निर्वाचन र अहिलेको तुलनात्मक अध्ययन गरेर कमी कमजोरी विश्लेषण गर्नुछ ।’ चीनको दबाब नेपालमा वाम दल खासगरी एमाले र माओवादी मिलाउन चीनले दबाब बढाएको छ । केही समय पहिले नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले एमाले र माओवादीको नेतृत्वलाई भेटेर यस विषयमा कुरा गरेको बुझिएको छ । एमालेका एक केन्द्रीय सदस्यका अनुसार चीनले वाम एकताका लागि पहल गरिरहे पनि नेपालमा ठोस पहल भइसकेको छैन । ‘चीनको चाहना वाम दल मिल्नुपर्छ भन्ने नै छ । यसका लागि उसले विभिन्न दबाब बढाइरहेको छ । तर, यहाँ कुनै (एमाले र माओवादीबीच) औपचारिक कुराकानी हुन सकेको छैन । चीनको रुचि भनेको जसरी पनि एमाले–माओवादी एक ठाउँ गराउने नै देखिन्छ,’ ती केन्द्रीय सदस्यले भने । यसअघि चीनकै सक्रियतामा दुई दलको एकता भएको थियो । चीनले नचाहँदा नचाहँदै यी दल विभाजित हुने अवस्था अँइपुगेको थियो । त्यसकारण पनि चीन फेरि वाम एकताका लागि उपयुक्त समय पर्खिरहेको बताइन्छ । माओवादीलाई रोक्ने कांग्रेसको रणनीति सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस भने माओवादीलाई अहिले नै एमालेसँग मिल्न दिने पक्षमा छैन । अघिल्लोपटक आफूसँग सत्ता साझेदारी गरिरहेकै बेला माओवादी एमालेसँग मिल्न पुग्दा आफूले क्षति व्यहोरेको भन्दै कांग्रेस यसपटक माओवादीलाई कुनै हालतमा एमालेस“ग मिल्न नदिने पक्षमा छ । बरु, माओवादीका ‘डिमाण्ड’ पूरा गर्ने तर, एमालेसँग मिलापका लागि वातावरण बन्न नदिने कांग्रेसको रणनीति छ । यसैका लागि कांग्रेसले स्थानीय निर्वाचनमा माओवादीलाई धैरै ‘स्पेस’ दिएको थियो । आउँदो प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि ‘उचित स्थान’ दिएरै भए पनि माओवादीलाई एमालेसँगको सहयात्राका लागि रोक्ने कांग्रेसको तयारी छ । बरु, जसपा र एकीकृत समाजवादीलाई ‘स्पेस’ नदिने तर, माओवादीलाई कुनै हालतमा गठबन्धनबाट बाहिरिन नदिने योजनामा कांग्रेस छ ।  
प्रकाशित मिति: सोमबार, असार २०, २०७९  ०९:००
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP