Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रधानमन्त्रीको स्वास्थ्यमा ‘उल्लेखनीय सुधार’ सघन कक्षमै आराम
प्रधानमन्त्रीको स्वास्थ्यमा ‘उल्लेखनीय सुधार’ सघन कक्षमै आराम
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर १२, २०७६
anfa
Hardik health
  – अझै केही दिन अस्पतालमै आराम गर्न चिकित्सकको सुझाव काठमाडौं– प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बुधबार साँझ सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको जनाइएको हो । विज्ञप्तिमा भनिएको छ, ‘मंगलबार शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको र हाल सम्माननीयज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको व्यहोरा जानकारी गराइन्छ ।’ प्रधानमन्त्री ओलीको मंगलबार एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएप्छि स्वास्थ्यमा सुधार हुँदै गएको हो । ‘ब्याकअप’ का रूपमा राखिएको भेन्टिलेटर बुधबार बिहान हटाइएपछि दिनभर प्रधानमन्त्री ओलीले सघनकक्षमै आराम गरे । बुधबार बिहानदेखि ओली सहज महसुस गर्दै सामान्य उठबस गर्न थालेका थिए । उनले कालो चिया पिउने र आफन्त एवं चिकित्सकसँग सामान्य कुराकानी पनि गर्ने गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री पत्नी राधिका शाक्यले ओलीसँग भेटेकी थिइन् । दिनभर राधिका पतिको हेरचाहमा व्यस्त रहिन् । मंगलबार दिनभर भेन्टिलेटरमा राखिए पनि बुधबार बिहानदेखि भेन्टिलेटर हटाइएको छ । प्रधानमन्त्री ओलीको उपचार टोलीका संयोजक रहेका डा. अरुण सायमीले ओलीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यूले कालो चिया पिउनुभयो, कुर्सीमा बसेर सामान्य कुरानकानी गर्न थाल्नुभएको छ । अहिले उहाँ आराममा हुनुहुन्छ ।’ सोमबार राति पेट दुस्खेपछि प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा एपेन्डिसाइटिस देखिएपछि मंगलबार नै त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा सफल शल्यक्रिया भएको हो । एपेन्डिसाइटिस फुटेर संक्रमण भएकोले मंगलबार स्वास्थ्यमा केही जटिलता देखिए पनि बुधबार सुधारोन्मुख भएको चिकित्सकले बताएका छन् । प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्यमा अहिले कुनै जटिलता नदेखिएको बताएकी छन् । ‘अहिले सामान्य छ । उहाँको हेल्थ प्यारामिटर सन्तुलित छ’ उनले भनिन् । त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारी, सर्जन डा पलेश्वाँ जोशी लाखे, डा.दीलीप शर्मासहितको विशेषज्ञ टोली ओलीको उपचारमा संलग्न छ ।् उच्च चिकित्सकीय निगरानीसहित सघनकक्षमा राखेर ओलीको उपचार भइरहेको छ । सम्भावित संक्रमणको जोखिमलाई ध्यानमा राखेर उपचार टिमको सल्लाहमा बाहिरी भेटघाट तत्कालका लागि रोकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि प्रधानमन्त्री ओलीले चारपटक हेमोडायलासिस गराइसकेका छन् । उनले ग्रान्डी इन्टरनेसनल अस्पतालमा हेमोडायलासिस गराउँदै आएका छन् । चिकित्सकले दीर्घकालीन समस्या समाधानका लागि पुनः मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सुझाव दिएका छन् । १२ वर्षअघि मिर्गौला फेल भएपछि २०६४ सालमा उनको भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणपछि उनले इम्युनोसप्रेसिभ औषधि सेवन गर्दै आएका छन् । गत भदौं पहिलो साता प्रधानमन्त्री ओलीको सिंगापुरमा प्लाज्माफेरेसिस गराइएको थियो । केही दिन ओलीलाई अस्पतालमै बसेर आराम गर्न चिकित्सकहरूले सुझाव दिएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६  ०७:४५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP