Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मट्यांग्राे
  • #दक्षिण कोरिया
  • #लिपुलेक
  • #घुँगीफोर गरुड
  • #संसद
  • #विदेसिनेको संख्या
  • #दुर्घटना
  • #रेमिट्यान्समा रेकर्ड
  • #गाजा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अस्थिर देउवा क्याबिनेट, एक वर्षमा पाँचौँपटक मन्त्रीमण्डल हेरफेर
अस्थिर देउवा क्याबिनेट, एक वर्षमा पाँचौँपटक मन्त्रीमण्डल हेरफेर
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार १४, २०७९
Hardik health
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षको अवधिमा पाँचौँपटक मन्त्रीमण्डल हेरफेर गरेका छन् । गएको वर्ष असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले त्यसयता पाँचपटक मन्त्रीमण्डल पुनर्गठन गरेका हुन् । आइतबार मात्र उनले सत्तारूढ नेकपा एकीकृत समाजवादीका चार मन्त्रीलाई बिदा गर्दै नयाँ मन्त्री नियुक्त गरे । नवनियुक्त मन्त्रीहरूले सोमबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिए । थपिएका एक राज्यमन्त्रीले प्रधानमन्त्री देउवाबाट शपथ लिए । देउवाको क्याबिनेटमा थपिने मन्त्रीहरूमा जीवनराम श्रेष्ठ (संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री), भवानीप्रसाद खापुङ (स्वास्थ्य तथा जनसंख्यामन्त्री), मेटमणि चौधरी (सहरी विकासमन्त्री), शेरबहादुर कुँवर (श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री) र हिराचन्द्र केसी (स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री) रहेका छन् । नवनियुक्त मन्त्रीहरूले सोमबार नै पदभार ग्रहण गरिसकेका छन् । कुनै अप्रत्यासित घटना भएन भने उनीहरू अब करिब पाँच महिना मन्त्रीका रूपमा रहने छन् । संविधानअनुसार आउँदो मंसिरभित्र संघीय निर्वाचन गरिसक्नुपर्ने छ । मन्त्रीका रूपमा काम गर्ने समय छोटो भएकाले पनि नवनियुक्त मन्त्रीहरू दबाबमा छन् । अर्कोतिर, नेकपा एकीकृत समाजवादीभित्र आउँदो निर्वाचनमा प्रत्यक्ष्ँतर्फ चुनाव लड्ने र सम्भावित विजेतामध्ये पर्छन् उनीहरू । अघिल्लो निर्वाचनमा श्रेष्ठ, खापुङ, चौधरी र केसी प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनीहरू आउँदो निर्वाचनका सम्भावित उम्मेदवार पनि हुन् । यसैगरी, श्रममन्त्री कु“वर गत फागुनसम्म राष्ट्रियसभा सदस्यका रूपमा रहे पनि अहिले गैरसांसदका रूपमा मन्त्री भएका छन् । उनी पनि आउ“दो निर्वाचनमा एकीकृत समाजवादीबाट प्रत्यक्षतर्फका सम्भावित उम्मेदवार हुन् । समय छोटो भए पनि मन्त्रीहरूले गर्नुपर्ने काम भने धेरै छ । मन्त्रीका रूपमा आफूलाई प्रमाणित गर्नुछ । अर्को भनेको जनतालाई राहत हुने कार्यसम्पान गर्नु र चुनावी माहोल मिलाउनु पर्नेछ । सायद यही भाष्यलाई बुझेर होला नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरी भन्दै थिए– स्पोर्टस् बाइकको स्पिडमा काम गर्छु । सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा मन्त्री चौधरीले आफू मोटरसाइकलको गतिमा काम गर्न तयार रहेको बताएका हुन् । ‘मलाई यो ठाउँमा पुर्‍याउन जनताले अतुलनीय योगदान गर्नुभएको छ । सबैसँग मिलेर काम गर्न तयार छु । पाँच महिनापछि मैले छाड्नुपर्छ । यो सामान्य प्रक्रिया हो,’ मन्त्री चौधरीले भने, ‘म धेरै ठाउ“मा बोलिरहेको छु । हिरो होण्डा र स्पोट्र्स बाइकको गति एकै हुँदैन । हिरो होण्डाको गति सबैभन्दा कम हुन्छ भने स्पोट्र्सको स्पिड तीन/चार सय हुन्छ । त्यसैले म स्पोट्र्स बाइकको स्पिडमा इमानपूर्वक काम गर्छु ।’ सोमबार नै पदभार ग्रहण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री श्रेष्ठले कोभिड महामारीका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्ने गरी एक सातामै योजना ल्याउने बताए । ‘कोभिडले पर्यटन क्षेत्रलाई असर गरेको छ । यसलाई कसरी उठाउन सकिएला त्यसतर्फ ध्यान दिन्छौं । देशको पर्यटन क्षेत्रलाई अघि बढाउनेछौं । त्यसका लागि केही अध्ययन पनि भएका रहे छन् । तिनकै आधारमा हामी पर्यटन क्षेत्रलाई पुनःस्थापना गर्न सफल हुनेछौं,’ मन्त्री श्रेष्ठले भने । पदभार ग्रहणका क्रममा श्रममन्त्री कु“वरले मसिनो हिसाबले परिणामुखी काम गर्ने बताए । रोजगारी प्रवद्र्धन गर्ने विषय महत्वपूर्ण भएको भन्दै मन्त्रालयले प्राथमिकताका साथ काम गर्ने उनको प्रतिबद्धता छ । उनले आफ्नो कार्यकालभर सामाजिक सुरक्षा, रोजगारी प्रवद्र्धनलगायत श्रम क्षेत्रमा देखिएका समस्या समाधानमा केन्द्रित हुने पनि बताए । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री खापुङले दुर्गमका बिरामीलाई उपचार गर्न शिविर सञ्चालन गर्ने बताए । जनतालाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा पुर्‍याउन पहलकदमी गर्ने मन्त्री खापुङले बताए । दुर्गम क्षेत्रमा उपचार नपाएकाका लागि लक्ष्य गरेर गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने उनको भनाइ छ । सोमबार पदभार ग्रहण गरेका केही मन्त्रीले पहिलो निर्णयमा हस्ताक्षर गरे भने केहीले आफूले अब गर्ने कामबारे जानकारी दिए । सम्पदा मार्ग निर्माण गरिने पर्यटनमन्त्री श्रेष्ठले मन्त्रालयको पदभार ग्रहण गर्दै दुईवटा निर्णयमा हस्ताक्षर गरेका छन् । उनले कोभिड–१९ को महामारीले थला पारेको पर्यटन क्षेत्रलाई उकास्ने कार्ययोजना ल्याउन एक समिति गठनको निर्णय गरेका छन् । ‘कोभिड–१९ को महामारीले पर्यटन क्षेत्रमा पारेको असर र प्रभावबारे गरिएका अध्ययन प्रतिवेदनहरूलाई अध्ययन गरेर कार्यान्वयनमा ल्याउनका लागि कार्ययोजना बनाएर सात दिनभित्र बुझाउन एक समितिको गठन गरिएको छ । जसमा निजी क्षेत्रका विज्ञहरूको पनि प्रतिनिधित्व रहेको छ,’ मन्त्री श्रेष्ठले गरेको निर्णयमा भनिएको छ । त्यस्तै, साँस्कृतिक सम्पदा पदमार्गका लागि अध्ययन गर्ने तथा हनुमानढोकादेखि स्वयम्भूसम्मको सम्पदामार्ग निर्माण गर्ने निर्णयमा पनि मन्त्री श्रेष्ठले हस्ताक्षर गरेका छन् । काठमाडौं उपत्यकाका विभिन्न साँस्कृतिक सम्पदाहरूबीच साँस्कृतिक पदमार्ग निर्माण गरिने र पदमार्गबाट यो वर्ष हनुमानढोका र स्वयम्भू जोडिने उनले गरेको निर्णयमा उल्लेख छ । सहरी नीति संशोधन गरिने सहरी विकासमन्त्री चौधरीले ‘सहरी नीति २०६४’ लाई संशोधनका लागि तयार गरिएको नयाँ नीतिलाई अन्तिम रुप दिने पहिलो निर्णय गरेका छन् । संघीयतापछि यसको लक्ष्य, उद्देश्यमा थप व्याख्या र स्पष्ट हुनुपर्ने भएकोले उक्त नीति यथाशक्य मन्त्रिपरिषद्मा लैजाने मन्त्री चौधरीले बताए । निर्वतमान मन्त्री रामकुमारी झाँक्रीले गठन गरेको कार्यदलले उक्त नीतिको मस्यौदा निर्माण गरिरहेको छ । मन्त्री चौधरीले पूर्वमन्त्रीहरूसँगको सल्लाहमा आफूले काम गर्ने बताए । उनले गरेको पहिलो निर्णयमा भनिएको छ, ‘प्रस्तावित सहरी नीति–२०७९ लाई अन्तिम रुप दिएर १५ दिनभित्र मन्त्रिपरिषद्मा लाने गरी राष्ट्रिय सहरी नीति २०६४ लाई संशोधन गरी प्रस्तावित नीति २०७९ राखिएको छ । यसले केही दूरदृष्टिसहितका लक्ष्य राखेको छ । संशोधन गर्ने मुख्य लक्ष्य भनकोे संघीयताको कार्यान्वयनपछि विभिन्न स्रोतहरू परिचालन गर्नुपर्ने, सहकार्य बढाउनुपर्ने र अन्तर्राष्ट्रिय सहयोगमा सकारात्मक प्रतिबद्धतामा जनाउनुपर्नेलगायतका उद्देश्य रहेको मस्यौदा तयार हुँदै छ ।’ स्वास्थ्य सेवा प्रवाहका कमजोरी सच्याइने नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री खापुङले स्वास्थ्य क्षेत्रमा रहेका कमजोरीलाई सच्याएर अघि बढ्ने बताए । सोमबार पदभार ग्रहण गर्दै मन्त्री खापुङले स्वास्थ्य मन्त्रालयको संरचना ठूलो भएकाले चुस्त बनाउन आफूले पहिलो ध्यान दिने बताए । मन्त्रालयले राखेको निवर्तमान मन्त्री विरोध खतिवडाको बिदाइ तथा नयाँ मन्त्रीको स्वागत कार्यक्रममा बोल्दै मन्त्री खापुङले भने, ‘हामीले गर्ने सेवा प्रवाहमा रहेको कमिकमजोरी र त्रुटिलाई सच्याएर जानुपर्छ । जनताले सहजरुपमा सेवा पाउनुपर्छ ।’ नियतवश कसैले जनतालाई सेवा प्रवाह पु¥याउन ढिला गरेमा त्यसविरूद्ध एक ढिक्का भएर लाग्नुपर्ने पनि उनले बताए । उनले कोरोनाकालमा निकै समस्या भएको र महामारीबाट सहजता ल्याउन सफल भएको धारणा राखे । स्वास्थ्य क्षेत्रमा जनतालाई दिइने सुविधामा पनि पछिल्लो समय नेपालमा सुधार भएको उनको भनाइ छ । लक्ष्य पूरा गर्ने फाइल सदर नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कुँवरले पहिलो निर्णयका रूपमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएका लक्ष्य पूरा गर्नेसम्बन्धी फाइल सदर गरेका छन् । उनले मन्त्रालयको टिमसँग सहकार्य गरेर सामान्य नागरिकले भोगेका समस्या र अप्ठ्यारालाई सहजीकरण गर्ने बताए । ‘म के काम गर्ने भन्दा पनि मन्त्रालयको सबै टिमस“ग सहकार्य गरेर अघि बढ्नेछु । मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने आन्तरिक रोजगारी, वैदेशिक रोजगारीलाई कसरी व्यवस्थापन गर्न सकिन्छ र कसरी सम्बोधन गर्न सकिन्छ भनेर काम गर्नेछु । सामान्य नागरिकले भोगेका समस्या र अप्ठ्यारालाई सहजीकरण गर्ने काम गर्नेछु,’ मन्त्री कुँवरले भने । वैदेशिक रोजगारीमा जाँदा नागरिकले भोग्नुपरेका विभिन्न समस्या समाधान गर्नका लागि मन्त्रालयले गरेको अध्ययन अनुसन्धानलाई केलाएर अघि बढ्ने योजना रहेको मन्त्री कुँवरले सुनाए ।
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  ०८:०७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह सोमबार, भदौ ९, २०८२
चार सवालमा सर्वोच्चको प्रश्न
चार सवालमा सर्वोच्चको प्रश्न सोमबार, भदौ ९, २०८२
समाजवादी  आधार उत्पादन भएको अध्यक्ष दाहाल भनाई
समाजवादी  आधार उत्पादन भएको अध्यक्ष दाहाल भनाई आइतबार, भदौ ८, २०८२
टुंगिएन दाहाल–शर्मा विवाद
टुंगिएन दाहाल–शर्मा विवाद आइतबार, भदौ ८, २०८२
प्रतिपक्षीलाई विश्वासमा लिएर संसद् बैठक चलाउन माग
प्रतिपक्षीलाई विश्वासमा लिएर संसद् बैठक चलाउन माग शुक्रबार, भदौ ६, २०८२
सरकार र ठुला दलमाथि प्रश्नैप्रश्न
सरकार र ठुला दलमाथि प्रश्नैप्रश्न शुक्रबार, भदौ ६, २०८२
संसदमा सबै दल उभिए एकै ठाउँ
संसदमा सबै दल उभिए एकै ठाउँ शुक्रबार, भदौ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
म गएँ अब भाउजू ! 
म गएँ अब भाउजू ! 
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
कोरियन भाषा परीक्षाका लागि १९ गुना बढी आवेदन
कोरियन भाषा परीक्षाका लागि १९ गुना बढी आवेदन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP