Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
विचार
  • Home
  • विचार
  • मन्त्रालयमा मेरो २६२ दिन उपलब्धिपूर्ण रह्यो : निवर्तमान श्रममन्त्री
मन्त्रालयमा मेरो २६२ दिन उपलब्धिपूर्ण रह्यो : निवर्तमान श्रममन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार १३, २०७९
krishna kumar shrestha labour minister
Hardik health
कृष्णकुमार श्रेष्ठ ,निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री - मैले २०७८ असोज २२ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको रुपमा जिम्मेवारी सम्हाली २०७९ असार १३ गते आज २६२ दिन कार्यकाल सफलतापूर्वक पूरा गरी बिदा हुँदैछु । सर्वप्रथम, मन्त्रालयको कामका सिलसिलामा मन्त्रालयका सचिवज्यूसहित कर्मचारीहरु, पार्टीका नेता/कार्यकर्ता तथा सम्बद्ध सरोकारवाला सबैबाट सहयोग पाएँ । यसबीचमा मलाई साथ सहयोग गर्ने सबैप्रति आभारी छु । मेरो नेतृत्वमा यस क्षेत्रमा सुधार गर्न, सुशासन कायम गर्न र भावी योजनाको मार्गचित्रको प्रारुप अघि बढाउन प्रत्यक्ष र परोक्षरुपमा सहयोग पुर्‍याउनुहुने सबैमा हार्दिक धन्यवाद भन्न चाहन्छु । १) श्रम, रोजगार तथा सामाजिक सुरक्षाको क्षेत्रमा मेरो नेतृत्वमा छोटो समयमा चालिएका कतिपय कदमहरु युगान्तकारी छन् । म आउँदा यो क्षेत्रमा धेरै समस्या थिए । वैदेशिक रोजगार कार्यालयमा सेवाग्राहीका गुनासा धेरै थिए । वैदेशिक रोजगारीमा जाने श्रमिकहरु सेवा लिन लाइन बस्नुपर्ने बाध्यता रहेकोमा छोटो अवधिमै पूर्णरुपमा अनलाइन सेवा प्रवाहको प्रभावकारी कार्यान्वयन हुनु ऐतिहासिक उपलब्धि हो । वैदेशिक रोजगारसम्बन्धी सेवाहरुलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन सूचना प्रविधिमार्फत सेवा प्रवाह गरिएको छ । २) वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण कामलाई वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणालीमार्फत गर्ने व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीमा श्रमिक पठाउने मुलुकहरुमध्ये महामारीपछि पुरानै लयमा फर्केको देशमा नेपाल अग्रस्थानमा छ । कोरोना भाइरस महामारीले बिथोलिएको वैदेशिक रोजगारी र श्रम बजार पुरानै लयमा फर्काउन सफल भएका छौं । ३) यस अवधिमा श्रम क्षेत्रका समस्या समाधान गर्ने, वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने र आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न नीतिगत, कानुनी, संरचनागत आधार तयार गरिएको छ । वैदेशिक रोजगारीमा व्याप्त बेथिति धेरै हदसम्म हटेको छ । ४) प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना, रोजगार प्रवद्र्धन कार्यक्रम र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको पुनःएकीकरण परियोजना प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयनको तयारी अघि बढाइएको थियो । ५) वैदेशिक रोजगारीबाट फर्किएका कामदारहरूको सीप तथा दक्षता मुलुकमै प्रयोग गर्न सामाजिक तथा आर्थिक पुनःएकीकरणका कार्यक्रमममार्फत स्वरोजगार हुने वातावरण तयार पार्ने पुनःएकीकरणसम्बन्धी निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृतिको चरणमा छ । ६) विभिन्न मन्त्रालयबाट सञ्चालन हुने रोजगारीसम्बन्धी कार्यक्रमको एकीकृत तथ्यांक व्यवस्थापनका लागि राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणाली विकास गर्ने र रोजगारीको एकीकृत राष्ट्रिय प्रणालीको ढाँचा तयारी अघि बढाइएको छ । ७) मन्त्रालयबाट सम्पादन हुने क्रियाकलापको मार्गदर्शन गर्न र कामलाई नतिजामूलक बनाउन यहीबीचमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलोपटक पा“च वर्षे रणनीतिक योजना तयार गरेको छ । ८) वर्षाैं पुरानो वैदेशिक रोजगार नीति परिमार्जन गरी समयानुकूल बनाउनका लागि गृहकार्य अघि बढाइएको छ । ९) प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन ज्यालादर वृद्धि, दुर्घटना बिमाको व्यवस्था, स्वास्थ्य र शिक्षा क्षेत्र समेट्नेगरी कार्यक्षेत्र थप गरिएको छ । स्थानीय रोजगार संयोजकलाई अभिमुखीकरण गरिएको छ भने पहिलोपटक वार्षिक समीक्षा गरिएको छ । १०) वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विनाझण्झट सहज र सरल तरिकाबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । गुनासाहरु तत्काल सम्बोधनको व्यवस्था मिलाइएको छ । श्रम स्वीकृति नवीकरणलाई सरल बनाइएको छ । सेवाग्राहीका समस्या समाधान गर्न, जानकारी एवं सूचना प्रवाह गर्न ‘हेल्प डेस्क’ स्थापना गरिएको छ । ११) वैदेशिक रोजगारसम्बन्धी समस्या हेर्ने गरी छुट्टै प्रहरी एकाइ गठन गर्ने तयारी भएको छ भने हाल वैदेशिक रोजगार विभागमा प्रहरी नायव उपरीक्षकको नेतृत्वमा प्रहरी युनिट स्थापना गरिएको छ । १२) वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका साथै राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन, गुनासोलाई तत्काल निराकरण गर्न तथा क्षतिपूर्तिको सिफारिस गर्न तथा अन्तरनिकाय समन्वयका लागि ‘¥यापिड रेस्पोन्स टिम’ बनाइएको छ । १३) म मन्त्रीको रुपमा आइसकेपछि २०७८ कात्तिक २६ गते नेपाल–बेलायत श्रम सम्झौताका लागि बेलायत सरकारको सम्बन्धित निकायस“ग वार्ता गर्न कार्यदल गठन गरिएकोमा बेलायतस“ग श्रम समझदारीको लागि मस्यौदा तयार भइसकेको छ । १४) इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका श्रमिकहरुलाई निजी क्षेत्र तथा बिचौलीयारहित सरकार–सरकार (जिटुजी) प्रक्रियामार्फत पहिलोपटक इजरायल पठाउन सुरु गरिएको छ । १५) श्रमिकहरुको हक हितलाई ध्यानमा राखी नयाँ श्रम गन्तव्य मुलुकको खोजी र श्रम सम्झौताको नवीकरण गर्ने कार्यलाई अगाडि बढाउने क्रममा साउदी अरेबिया तथा सेसेल्ससँग नयाँ श्रम सम्झौता एवं संयुक्त अरब इमिरेट्स, मलेसिया र कतारस“ग भएका श्रम सम्झौतालाई समसामयिक परिमार्जन गर्ने तथा माल्दिभ्स, सिसेल्स र इजरायलको निर्माण क्षेत्रमा श्रमिक लैजानेसम्बन्धी श्रम सम्झौताको पनि तयारी भइरहेको छ । १६) यही बीचमा नेपाल–कतार संयुक्त समितिको चौथो बैठक काठमाडौंमा सम्पन्न भयो भने नेपाल–युएईको दोस्रो बैठक संयुक्त अरब इमिरेट्सको आबुधाबिमा सम्पन्न भयो । १७) नेपाली कामदारको व्यावसायिक सुरक्षा सुनिश्चित गर्न, करार सम्झौताका व्यवस्थालाई प्रभावकारीरुपमा लागू गराउन तथा विदेशमा कार्यरत नेपाली श्रमिकको समस्या समाधानबारे विभिन्न १६ देशका राजदूत तथा अन्तर्राष्ट्रिय संगठनका नेपालस्थित प्रतिनिधिस“ग परामर्श भएको छ । १८) गन्तव्य मुलुकहरुको सहयोगमा सातवटै प्रदेशमा सीप विकास तालिम सञ्चालन गर्नका लागि प्रस्ताव अघि बढाइएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको मागबमोजिमका तालिमहरु सञ्चालन गर्न आवासीय सुविधासहितको व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको स्थापना गर्न बनेको गठन आदेश स्वीकृतिको चरणमा रहेको छ । अधिकार सम्पन्न स्वायत्त तालिम प्रतिष्ठानमार्फत ठूलो संख्यामा श्रमशक्तिलाई सीपयुक्त बनाउने, एकीकृत तथ्यांक प्रणाली विकास गर्ने र स्वदेशी तथा विदेशी रोजगारदातास“ग समन्वय गरी युवाहरुलाई रोजगारीमा आबद्ध गराउने योजना अघि बढाइएको छ । १९) वैदेशिक रोजगारीमा गई अंगभंग वा मृत्यु भएका कामदार र निजका परिवारलाई उपलब्ध गराउने आर्थिक सहायता र छात्रवृत्तिसम्बन्धी सेवालाई समेत अनलाइनमार्फत प्रदान गर्ने व्यवस्था गरिएको छ । २०) वैदेशिक रोजगार सूचना प्रणालीमा सबैको पहुँच अभिवृद्धि गर्ने कार्यलाई उच्च महŒव दिई गन्तव्य मुलुकसम्म विस्तार गर्ने नीतिअनुसार स्तरोन्नतिको काम अघि बढाइएको छ । २१) विदेशमा अलपत्र परेका नेपाली कामदारहरुलाई उद्धार गरी तत्काल आश्रय प्रदान गर्न ओमन, कुवेत, युएई, साउदी अरब र बहराइनमा सेल्टरको व्यवस्था गरिएको छ । २२) सातवटै प्रदेशबाट वैदेशिक रोजगारीको लागि पुनः श्रम स्वीकृति प्रदान गरिएको छ । श्रम स्वीकृतिका सबै सेवाहरु प्रदेशबाटै प्रदान गर्ने गरी तयारी अघि बढाइएको छ । २३) वैदेशिक रोजगारीको क्रममा भएका व्यक्तिगत ठगीको उजुरी प्रमुख जिल्ला अधिकारीसमक्ष गर्न सकिने र प्रमुख जिल्ला अधिकारीले कानुनबमोजिम उजुरीउपर कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिलाउने व्यवस्था गरिएको छ । २४) लामो समयदेखि रोकिएको दक्षिण कोरिया र इजरायलमा श्रमिक पठाउने कार्य मैले कार्यभार सम्हालेपछि सुरु गरिएको छ । दक्षिण कोरियामा हालसम्म चार हजारभन्दा बढी गइसकेका छन् । इपिएस नवीकरण प्रक्रिया पनि अघि बढिसकेको छ । २५) सुरक्षित वैदेशिक आप्रवासनसम्बन्धी परियोजना आगामी आर्थिक वर्षदेखि थप दुई वर्ष सञ्चालन गर्ने निर्णय गरिएको छ । २६) युएई, साउदी अरेबिया तथा भारतमा अलपत्र परेका कैयौं श्रमिकहरुलाई उद्धार गरिएको छ । २७) ‘भिजिट भिसा’मा युएई पु¥याएर अलपत्र पार्ने काममा संलग्न व्यक्ति वा कम्पनीलाई पीडितको उद्धार तथा दोषीलाई कारबाहीको दायरामा ल्याइएको छ । विभिन्न प्रलोभन र कानुनले तोकेबमोजिमबाहेक अन्यत्रबाट विदेशमा श्रमिक पठाइ अलपत्र पार्ने व्यक्ति र संस्थालाई कारबाहीको दायरामा ल्याइएको छ । २८) वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरुलाई नेपालको इतिहासमै पहिलोपटक नेपाल प्रहरीको सहयोगमा ‘रेड कर्नर नोटिस’ जारी गरी नेपाल ल्याई कारबाहीको दायरामा ल्याउने प्रक्रिया अघि बढाइएको छ । २९) विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिलालाई स्वदेश आएर पुनः फर्कन पाउने व्यवस्था गरिएको छ । ३०) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको श्रम डेस्क हटाइएको छ । विमानस्थलमा श्रमिकहरु निश्चित द्वारबाट मात्र प्रवेश गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । ३१) नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसिया जान करिब दुई वर्षदेखि रोकिएकोमा पुनः सुरु गरिएको छ । ३२) एकपटक वैदेशिक रोजगारीमा गई फर्केका र उही काममा जाने श्रमिकलाई अनिवार्य अभिमुखीकरण तालिम लिनुपर्ने यसअघिको व्यवस्था हटाइएको छ । ३३) वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहजरुपमा सेवा दिने उद्देश्यका साथ भैरहवामा सञ्चालित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलनजिक वैदेशिक रोजगार व्यवस्थापन शाखा कार्यालय स्थापना गरिएको छ । निकट भविष्यमा सञ्चालन हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिक पनि सोहीअनुसारको व्यवस्था गर्ने प्रबन्ध अघि बढाइएको छ । ३४) वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक क्षेत्र र स्वरोजगारमा रहेका व्यक्तिहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याउन आवश्यक कार्यविधि कानुन तर्जुमा गरिएको छ । ३५) सामाजिक सुरक्षा कोषका शाखा सातवटै प्रदेशस्तरमा लैजाने योजना अघि बढेको छ । यससम्बन्धमा कानुन, ऐन, नियमहरु संशोधन तथा परिमार्जनका लागि तयारी गरिएको छ । ३६) श्रमिक अस्पताल निर्माणका लागि डिपिआर तयारीको बजेट विनियोजन भएको छ । ३७) वैदेशिक रोजगार विभागबाट सञ्चालन हुने सेवाहरुलाई सरलीकरण गर्न कार्यसञ्चालन कार्यविधि तर्जुमा गरी कार्यान्वयन गरिएको छ । ३८) वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने निर्णय गरिएको छ । वैदेशिक रोजगार तथा विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको नियमित योगदान रकम सञ्चित गर्ने, सञ्चित रकमको लगानीको प्रतिफल सञ्चयकर्ताले प्राप्त गर्न सक्ने गरी कार्यविधि बनाउन लागिएको छ । ३९) जेठ मसान्तसम्ममा मन्त्रालयमा आएका १७ हजार ३४७ गुनासो तथा समस्यालाई समाधान गरिएको छ । विभिन्न मुलुकमा अलपत्र परेका एक हजार १२ जनाको उद्धार गरिएको छ । ४०) चालु आर्थिक वर्षको हालसम्म १५ करोड ३३ लाख रुपैया“ वैदेशिक रोजगारीका क्रममा पीडितको ठगी रकम असुली गरिएको छ । अदालतमा ७२ वटा मुद्दा दायर भएका छन् भने १९ करोड ५७ लाख रकम बिगो दाबी गरिएको छ । ४१) वैदेशिक रोजगार विभागमा रहेको प्रहरी युनिटले २०७८ फागुनदेखि २०७९ जेठ ३१ सम्म प्रहरी शाखामा २९१ उजुरी प्राप्त भएकोमा दोषीलाई कारबाहीको दायरामा ल्याई पीडितलाई क्षतिपूर्ति प्रदान गरिएको छ । ४२) श्रमको सम्मान गर्दै स्वदेशमा नै रोजगारी गर्न उत्प्रेरित गर्ने उद्देश्यले ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ सञ्चालन गरिएको छ । विदेशमा काम गरी फर्केका उद्यमीहरुलाई उत्प्रेरणा जागृत गराउन राष्ट्रिय सम्मान तथा पुरस्कारबाट विभिन्न क्षेत्रका उद्यमीहरुलाई सम्मान गरिएको छ । ४३) वैदेशिक रोजगार विभागका निर्देशक संयोजक रहने गरी शीघ्र प्रत्युत्तर टोली (आरआरटी) गठन गरी निरन्तर परिचालनको व्यवस्था गरिएको छ । ४४) संयुक्त अरब इमिरेट्स (युएई) मा कात्तिक दोस्रो साता भएको छैटौं श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’मा सहभागी भई महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका श्रमिकको सामाजिक र आर्थिक जीवनलाई सुधार गर्न गन्तव्य देशबाट आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने प्रस्ताव गरिएको छ । ४५) वैदेशिक रोजगारीमा जाने नेपालीलाई सहजरुपमा कोभिडविरुद्धको खोपको व्यवस्था मिलाइएको थियो । ४६) गत मंसिर १७ गते नेपाल–कतार संयुक्त समितिको चौथो बैठक काठमाडौंमा भएको र सो क्रममा नेपाल र कतारबीच श्रम सम्झौता पुनरवलोकन गर्ने सहमति भएअनुसार प्रक्रिया अघि बढाइएको छ । ४७) कोरोना भाइरस महामारी अघि प्राप्त भएका डिमाण्ड पुनः प्रमाणीकरण गर्न खर्चिलो, झण्झटिलो र असम्भव प्रायः भएकोले रोजगारदाता मुलुकबाट २०७६ फागुनअघि वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन प्राप्त भएका मागपत्र कार्यान्वयनका लागि छ महिनाको म्याद थप गरिएको थियो । ४८) वैदेशिक रोजगारीका विद्यमान समस्या र चुनौतीहरूको उचित सम्बोधन र व्यवस्थापनका लागि कार्यदलस्तरमा अध्ययन गरी समस्या निदान गरी समाधानका लागि प्रक्रिया अघि बढाइएको छ । ४९) नेपाली महिलालाई घरेलु श्रमिकका रुपमा वैदेशिक रोजगारीमा पठाउने कार्यलाई व्यवस्थापन तथा नियमन गर्न नीतिगत, कानुनी, संरचनागत व्यवस्था तथा अन्तर्राष्ट्रिय अभ्याससमेतको कार्यदलस्तरमा अध्ययन गरी समस्या समाधानका लागि प्रयास गरिएको छ । ५०) स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि सञ्चार रणनीति र कार्ययोजना तयार गरी बजेट बा“डफाड गरिएको छ । ५१) स्थानीय तहमा सूचीकृत वेरोजगारहरुलाई कार्यस्थलमा तालिम दिन छ वटा सीपको क्षेत्रमा पाठ्यक्रम बनाइएको छ । ५२) कार्यस्थलमा हुने व्यवसायजन्य सुरक्षाका लागि सबै श्रम कार्यालयलाई श्रमिकको अधिकतम सुरक्षा प्रत्याभूत हुने गरी काम गर्ने व्यवस्था मिलाइएको छ । ५३) वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लाग्ने अधिकतम शुल्क र सो प्रक्रियामा सहजीकरण गर्दा लाग्ने अधिकतम सेवा शुल्कलगायत सम्बन्धमा अध्ययन गरी यसलाई व्यवस्थित बनाउने प्रयास गरिएको छ । ५४) वैदेशिक रोजगारीमा रहेका श्रमिकका परिवारका सदस्यहरुलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउने योजना अघि बढाइएको छ । ५५) संयुक्त अरब इमिरेट्स (युएई), सेसेल्स, कतार र मलेसियाको भ्रमण गरी नेपाली श्रमिकहरूको हित र सुरक्षाबारे त्यहा“का मन्त्री र सरकारी अधिकारीहरुस“ग छलफल गरिएको छ । ५६) वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने आर्थिक सहायतालगायतका अन्य सेवाहरू अनलाइन सफ्टवेयर प्रणालीबाट प्रवाह गर्ने व्यवस्था गरिएको छ । यसरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्वमा रहेर यस क्षेत्रलाई व्यवस्थित गर्न विभिन्न योजनाहरुसहित अघि बढिरहेको यहा“हरुलाई अवगत नै छ । यो बीचमा महामारीले प्रभावित वैदेशिक रोजगारको क्षेत्रलाई पुनःस्थापित गराउन सफलता मिलेको छ । सेवा प्रवाहहरुलाई अनलाइन प्रणालीमा रुपान्तरण गरिएको छ । नया“ श्रम गन्तव्यको खोजी गरिएको छ । ठगी नियन्त्रण गरिएको छ । सातवटै प्रदेशमा सीप विकास तालिम प्रतिष्ठान स्थापनाका लागि तयारी अघि बढेको छ । श्रमिक अस्पतालको योजना अघि बढिसकेको छ । र, यस क्षेत्रमा आशाको सञ्चार भएको छ । जति दिन म मन्त्रीको रुपमा रहेँ । निष्ठापूर्वक आफ्नो काममा प्रतिबद्ध र दृढ रहे“ । जनताले मप्रति देखाएको विश्वास अक्षूण राख्न निरन्तर प्रयास गरिरहे“ । अब आउने नेतृत्वले मैले गरेका सुधारका प्रयासहरुलाई निरन्तरता दिने विश्वास लिएको छु । मन्त्रालयमा मेरो २६२ दिन उपलब्धिपूर्ण रह्यो, र सफलतापूर्वक सम्पन्न भएको छ । (निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठको बिदाइ सम्बोधनबाट । नेकपा एकीकृत समाजवादीको तर्फबाट मन्त्री बनेका श्रेष्ठ आइतबार मन्त्रीमण्डल पुनर्गठन हुँदा मन्त्रीमण्डलबाट बाहिरिएका हुन् ।)
प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १७:४३
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP