Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
Search Here
राजनीति
  • Home
  • राजनीति
  • २६३ दिनपछि बाहिरिए मन्त्री झाँक्री ,आले ,खतिवडा र श्रेष्ठ
२६३ दिनपछि बाहिरिए मन्त्री झाँक्री ,आले ,खतिवडा र श्रेष्ठ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार १३, २०७९
nawaniyukta
Hardik health
काठमाडौं- लामो समयको संघर्षपछि अन्ततः आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल हेरफेर गरेका छन् । सत्तारूढ दल नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी चारजना मन्त्री बाहिरिएका छन् भने उनीहरूको ठाउँमा नयाँ मन्त्री नियुक्त भएका छन् । एक जना राज्यमन्त्री मन्त्रीमा बढुवा भएका छन् ।
म यहाँबाट बिदा भएर सिंहदरबारबाहिर सांसदको भूमिकामा रहिरहने नै छु । विकृतिविरुद्ध मेरो खबरदारी निरन्तर रहिरहने छ । समयले मागेमा म सुधारका लागि नेतृत्वमा पुनः फर्किनेछु । -प्रेमबहादुर आले
समाजवादीको गत २२ जेठमा बसेको सचिवालय बैठकले पार्टीको तर्फबाट सरकारमा सहभागी चारै जना मन्त्रीलाई २४ घण्टाभित्र फिर्ता बोलाउने र एक राज्यमन्त्रीलाई मन्त्रीमा बढुवा गर्ने निर्णय गरेको थियो । समाजवादीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने तथा स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङलाई स्वास्थ्यमन्त्री बनाउने निर्णय गरेको थियो । उनीहरू २०७८ असोज २२ मा मन्त्री भएका थिए ।

मन्त्रालयले ल्याएको कार्यक्रमका विषयमा सदनमा बोल्ने रहर थियो । बजेटमाथि उठेका प्रश्नको जवाफ दिने रहर थियो । त्यही कारण पार्टीले निर्णय गरे पनि केही समय रोकियौं ।-रामकुमारी झाँक्री

  एकीकृत समाजवादीले जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कु“वरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हिरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीका लागि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गरेको थियो । सोहीअनुसार प्रधानमन्त्री देउवाले आइतबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । तर, समाजवादीको मन्त्री फेर्ने निर्णय कम सकसपूर्ण भने भएन । मन्त्रीबाट हटाउने निर्णय भइसकेका मन्त्रीको आनाकानी, पार्टीभित्रको लफडा र प्रधामन्त्री देउवाको अरुचिले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले केही समय राजनीतिक तनाव झेल्न पुगे ।कतिसम्म भने मन्त्रीबाट हटाउने निर्णयविरुद्ध चार मन्त्रीसहितका १० सांसदले ज्ञापनपत्र नै बुझाएका थिए । अध्यक्ष नेपालको घर कोटेश्वरमा केही दिन पहिले मन्त्री र नेपालबीच चर्चाचर्की नै भएको थियो । तर, शनिबार सम्पन्न केन्द्रीय कमिटी बैठकले मन्त्री फिर्ता बोलाउने सचिवालयको निर्णय अनुमोदन ग¥यो । त्यसअघि ज्ञापनपत्र बुझाउनेमध्ये मन्त्री प्रेम आलेसहित छ जनाले हस्ताक्षर फिर्ता लिए । केन्द्रीय कमिटीको अनुमोदन र हस्ताक्षर फिर्तापछि राहत महसुस गरेका अध्यक्ष नेपालले आइतबार बिहान पार्टीनिकट अखिल नेपाल महिला संघको कार्यक्रममा भनेका थिए– मन्त्रीहरूले राजीनामा बुझाइसकेका छन् । पत्र कुनै पनि बेला सार्वजनिक हुन सक्छ । उसो त मन्त्री फेर्ने पार्टीको निर्णयमा प्रधानमन्त्री देउवाले बेवास्ता गरेपछि नेपालले अपमान महसुस गरे । सत्तँ साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समेत देउवालाई साथ दिएपछि समाजवादीका शीर्ष नेताहरू असन्तुष्ट बनेका थिए । उनीहरूले सार्वजनिक रुपमै देउवा र दाहालको आलोचना गर्न थालेका थिए । तर, मन्त्री फेर्ने आफ्नो निर्णय देउवाले आइतबार कार्यान्वयन गरेपछि नेपालले तत्कालका लागि केही राहत महसुस गरेका छन् । यद्यपि, यसपछि आउने सम्भावित राजनीतिक संकटले भने उनी त्रसित देखिन्छन् । झाँक्री रुँदै बाहिरिइन्, आले बिन्दास ! जम्माजम्मी २६३ दिन मन्त्री भएका झाँक्री, खतिवडा, आले र श्रेष्ठको आइतबारदेखि मन्त्रीका रूपमा सिंहदरबारको यात्रा यसपालिलाई टुंगियो । मन्त्रीबाट राजीनामा दिएपछि झाँक्री र आलेले आ–आफ्नो मन्त्रालयमा पत्रकार सम्मेलन गरे भने खतिवडा र श्रेष्ठले पत्रकार सम्मेलनमा रुचि देखाएनन् । अँइतबार दिउँसो प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा संसद् भवनबाहिर श्रममन्त्री श्रेष्ठले पत्रकार सम्मेलन नगर्ने बताएका थिए । झाँक्री र आलेको राजीनामाको विषय बाहिर आए पनि श्रेष्ठले भने आफूले राजीनामा दिए, नदिएको केही बताएनन् । पार्टीले फिर्ता बोलाइसकेपछि राजीनामा दिनुको खास अर्थ पनि रहँदैन । मन्त्रीका रूपमा आफूले राम्रो काम गरेको, पार्टीको निर्णयले मन्त्री भएको र पार्टीकै निर्णयले फिर्ता हुने बताएका श्रेष्ठले पत्रकार सम्मेलनप्रति अनिच्छा देखाए । ‘जहिले छाड भन्छन्, त्यही बेला छाड्ने हो । मन्त्रिपरिषद् पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्रीलाई छ । उहाँले पुनर्गठन गरेपछि हामी स्वतः छाडिहाल्छौं नि !,’ मन्त्री श्रेष्ठले भनेका थिए, ‘किन पत्रकार सम्मेलन गर्नुपर्‍यो ? पार्टीले मन्त्री बनाएको हो । पार्टीले फिर्ता बोलाउँछ । पुनर्गठन प्रधानमन्त्रीले गर्ने हो । पत्रकार सम्मेलनले केही गर्दैन ।’ कडा मिजासका स्वास्थ्यमन्त्री खतिवडा पनि पत्रकार सम्मेलन नगरी बाहिरिए । पत्रकार सम्मेलन गरेकी झाँक्री भने रुँदै बिदा भइन् । मन्त्री हुँदा हाँस्दै मन्त्रालय छिरेकी झा“क्री बाहिरि“दा भने निकै भावुक देखिइन् । तर, अर्का मन्त्री आले भने बिन्दास देखिए । आइतबार साँझ सहरी विकास मन्त्रालयमा पत्रकार सम्मेलन गरेकी झा“क्री पटक–पटक रोइन्, पटक–पटक भावुक बनिन् । बोल्न खोज्दा गला रोकियो । तर, बीचमा ठट्टा मिसाउँदै आफूलाई सामान्य बनाउने कोसिस गरिरहिन् । बिदाइ नभई ‘फेरि भेटौंला’ कार्यक्रम उपमा दिएकी उनी भावुक भएर आँशु झार्न थालेपछि बोल्ने कार्यक्रमसमेत पछि सारिएको थियो । मन्त्री झाँक्रीले आफूलाई गाह्रो भएको बताउँदै उनले बोल्ने कार्यक्रम पछाडि धकेलेपछि मन्त्रालयले बिदाइको चिनो दिने कार्यक्रम पहिले गर्‍यो । झाँक्रीले बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिने रहर आफूलाई भएको र आफूले ल्याएका कार्यक्रमबारे जवाफ दिन केही दिन मन्त्रीमा रहेको बताइन् । उनले बजेटमाथिको जवाफ दिनुअघि नै नयाँ नाम सिफारिस गरेको कुरामा पार्टीले आफूहरुस“ग छलफल नगरेको भन्दै चित्त दुखाइन् । ‘पार्टीले स्थानीय तह निर्वाचनको समीक्षा बैठक भनेर बोलाएको थियो । त्यसमा मन्त्री फेर्ने निर्णय पार्टीले गरेछ । मैले त पछिमात्र थाहा पाएँ,’ एकीकृत समाजवादीकी सचिवसमेत रहेकी झाँक्रीले भनिन्, ‘मन्त्री फेर्नुअघि हामीसँग छलफल हुन्छ होला भन्ने लागेको थियो ।’ झा“क्रीभन्दा अघि पत्रकार सम्मेलन गरेका पर्यटनमन्त्री आले भने बिन्दास देखिए । उनी आफ्नै शैलीमा प्रस्तुत भए । आफूले आफैंलाई नम्बर दिँदा ९० प्रतिशत दिने उनले बताए । ‘म यहाँबाट बिदा भएर सिंहदरबारबाहिर सांसदको भूमिकामा रहिरहने नै छु । विकृतिविरुद्ध मेरो खबरदारी निरन्तर रहिरहने छ । समयले मागेमा म सुधारका लागि नेतृत्वमा पुनः फर्किने नै छुु,’ पत्रकार सम्मेलनमा उनले भने, ‘मलाई पत्रकार साथीहरुले आफ्नो कामबाट कति सन्तुष्ट हुनुहुन्छ भनेर सोध्यो भने मेरो उत्तर हुनेछ– ९० प्रतिशत ।’ उनले आफूले काम गर्दा शक्ति केन्द्रबाट दबाब र प्रभाव आएको भए पनि आफूले त्यसअनुसार काम नगरेको दाबी गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मनत्रालयमा २६३ दिन बितेको पत्तै नपाएको उनले सुनाए । थपिए अर्का गैरसांसद मन्त्री प्रधानमन्त्री देउवाले आइतबार गरेको मन्त्रिपरिषद पुनर्गठनमा एक गैरसांसद परेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारी पाएका शेरबहादुर कुँवर गैरसांसद हुन् । यसअघि देउवाको क्याबिनेटमा गैरसांसद गोविन्द बन्दी (गोविन्द शर्मा कोइराला) कानुनमन्त्रीका रूपमा छन् । यी दुवैजना एकीकृत समाजवादीका हुन् । कुँवर एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा अछाम जिल्ला अध्यक्ष हुन् । बन्दीचाहिँ एकीकृत समाजवादीको सिफारिसमा मन्त्री भए पनि पार्टीको कुनै जिम्मेवारीमा छैनन् । कु“वर यसअघि राष्ट्रिय सभा सदस्य थिए । गत फागुनमा राष्ट्रिय सभाको चार वर्षे कार्यकाल पूरा गरेर उनी सांसदबाट हटेका थिए । नेपालको संविधानले सांसद नभएको व्यक्तिलाई प्रतिनिधिसभाको एक कार्यकालमा छ महिनाभन्दा बढी समय मन्त्री बन्न नपाउने व्यवस्था गरेको छ ।
प्रकाशित मिति: सोमबार, असार १३, २०७९  ०७:३२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP