Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • कर्णाली चलचित्र कार्यशाला सुर्खेतमा
कर्णाली चलचित्र कार्यशाला सुर्खेतमा
आइतबार, असार १२, २०७९
Nada Auto Show 2026
Hardik health
काठमाडौं- केबी फिल्म्सको आयोजनामा १४ देखि १९ असारसम्म कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली चलचित्र कार्यशाला २०७९’ आयोजना गरिने भएको छ । कर्णाली प्रदेशमा हुन लागेको कार्यशाला यो नै पहिलो हो । आयोजक संस्थाका अध्यक्ष भुपेन्द्रकुमार खड्काका अनुसार कार्यशालाको सम्पूर्ण तयारी पूरा भएको छ । यसपटक कार्यशालामा फिल्म निर्देशक एवं अभिनेता नीर शाहको विशेष कक्षा हुनेछ । यस्तै चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष एवं अग्रज फिल्म निर्देशक दयाराम दाहालले पनि कार्यशालामा विशेष कक्षा लिने भएका छन् । ‘कर्णाली प्रदेशको भौगोलिक सुन्दरता, त्यहाँको सांस्कृतिक विविधता, जनजीवनको कथालाई चलचित्रमा ल्याउन सो प्रदेशमै दक्ष चलचित्रकर्मी जन्माउन यो कार्यशाला आयोजना गर्न लागिएको हो । विविध साधन र स्रोत भएर पनि कर्णाली प्रदेश चलचित्र निर्माणमा निकै पछाडि छ,’ खड्काले भने, ‘कर्णाली प्रदेशको भौगोलिक अनेकता, सांस्कृतिक विविधता यहाँका जनजीवनको कथालाई काठमाडौंका सिनेकर्मीभन्दा यहीँका सिनेकर्मीले राम्ररी बुझेर सिनेमामा उतार्न सक्नेछन् भन्ने विश्वासका साथ कर्णाली प्रदेशमै दक्ष चलचित्रकर्मी जन्माएर उनीहरुमार्फत कर्णालीको जनजीवनका कथालाई नेपालसहित विश्वमा पुर्याउन यो चलचित्र कार्यशाला आयोजना गरिएको हो ।’ दूरसञ्चार प्राधिकरणको सहआयोजना तथा चलचित्र विकास बोर्ड, नेपाल टेलिकम, कर्णाली प्रदेश सामाजिक विकाश मन्त्रालय, वीरेन्द्रनगर नगरपालिका सुर्खेत, उद्योग वाणिज्य संघ सुर्खेतको सहकार्यमा कार्यशाला सम्पन्न हुने खड्काले बताए । कार्यशालामा चलचित्र निर्देशक गीतकार एवं पत्रकार डब्बु क्षत्रीले चलचित्र लेखन निर्देशन, छायाकार विष्णु कल्पितले छायांकन, अभिनेता भोलाराज सापकोटाले अभिनय, सम्पादक प्रितम पाण्डेले सम्पादन, लेखक शिवम अधिकारीले लेखनसम्बन्धी कक्षा लिनेछन् । कार्यशालामा चलचित्र निर्देशक राजु केसीले कार्यशालाको संयोजन तथा गीतकार कलाकार हरि बिष्टले स्थानीय व्यवस्थापन एवं सरिता भारतीले कार्यशालाको मिडिया संयोजन र विश्व सापकोटाले पब्लिसिटी व्यवस्थापन गर्दैछन् । एक साता लामो यो कार्यशालामा चलचित्र प्रोडक्सनलाई बढी महत्व दिइने संयोजक राजु केसीले बताएका छन् । प्रि–प्रोडक्सन, प्रोडक्सन र पोस्ट प्रोडक्सनअन्तर्गत चलचित्रबारे अनुसन्धान, लेखन, निर्देशन, निर्माण, छायांकन, सम्पादन र अभिनय जस्ता विधामा प्रशिक्षण दिइने छ । जसका लागि नेपाली चलचित्र उद्योगका दक्ष चलचित्रकर्मीले कर्णाली चलचित्र कार्यशालामा प्रशिक्षण दिनेछन् । यो कार्यशालामा सकेसम्म कर्णाली प्रदेशका सबै जिल्लामा कम्तीमा एक–एकजना मात्र भए पनि प्रशिक्षार्थी समेट्ने हाम्रो प्रयास हुनेछ । चलचित्र कार्यशालामा सहभागी विधार्थीहरूले एक सातासम्म चलचित्र सिकेर प्रयोगात्मक रूपमा चलचित्र पनि निर्माण गर्नेछन् । ती चलचित्रलाई महोत्सवमा पनि पठाउने आयोजक पक्षको कथन छ ।
प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १३:१८
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश
‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश बुधबार, भदौ ३, २०८३
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP