Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
Search Here
राजनीति
  • Home
  • राजनीति
  • तत्काल वाम एकता चाहँदैनन् ओली
तत्काल वाम एकता चाहँदैनन् ओली
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार ८, २०७९
Hardik health
काठमाडौं - नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले १ असारमा एक कार्यक्रम आयोजना गरी वाम एकताको घोषणा गरेर ‘माफी सप्ताह’ मनाउने प्रस्ताव अघि सारे । आगामी निर्वाचनमा वामपन्थी दलहरू एक भएर जानका लागि यो बाटो अवलम्बन गर्न उनको प्रस्ताव थियो । ‘माफी सप्ताह आयोजना गर्ने कुरा सुन्दा हाँस उठ्दो तर भएको कुरा हो । सत्य निरुपण माफी मिनाहावाला हो । अस्ट्रेलियामा सरी डे मनाइन्छ । गोराका पुर्खाले काला पुर्खामाथि गरेको विभेदका लागि हो,’ भुसालले भनेका थिए ।
एमाले अध्यक्ष ओली वर्तमान गठबन्धन भत्कियोस् भन्ने त चाहन्छन् तर, यसका लागि उनी कुनै सम्झौता गर्न चाहँदैनन् । दाहाल र नेपाललाई प्रधानमन्त्रीको अफर दिने त झन् निकै परको कुरा रहेको एमाले उपमहासचिव ज्ञवालीले सार्वजनिक रूपमा बताइसकेका छन् ।
यो प्रस्ताव भुसालले त्यतिबेला ल्याए, जतिबेला एमालेभित्र उनलाई कारबाहीको कुरा उठिरहेको थियो । अनुशासन आयोगले कारबाहीका लागि सचिवालयलाई सिफारिस गरेको थियो । अर्कोतिर, एमालेबाटै फुटेर बनेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई बालकोटबाट प्रधानमन्त्रीको अफर आएको बताइरहेका थिए । स्थानीय निर्वाचनलाई लिएर सत्ता गठबन्धनभित्र असन्तुष्टि बढेको, एमालेभित्र आफू स्वयंलाई कारबाहीको कुरा चलिरहेको समयमा घनश्याम भुसालले वाम एकताको तुरुपमात्र फालेनन्, माफी सप्ताहको प्रस्ताव पनि अघि सारे । त्यतिमात्र होइन उनले संसद् विघटन गरेर गल्ती गरेको स्वीकार गर्नुपर्ने बताएका थिए । उनको भनाइ एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित थियो ।त्यसको केही दिन पहिले २० जेठमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि वाम एकता अहिलेको आवश्यकता रहेको बताएका थिए । संसद् बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै वाम एकता मुलुककै आवश्यकता रहेको बताएका थिए । त्यसको १२ दिनपछि कुनै बेलाका खनालकै अनुयायी भुसालबाट आएको वाम एकताको प्रस्तावले एमालेभित्र मात्र होइन अन्य वाम दलहरूमा पनि बहस सिर्जना गरेको छ । तर, तत्काल वाम एकता वा गठबन्धनको कुनै सम्भावना भने देखिँदैन । एमाले अध्यक्ष ओली नै तत्काल वाम एकताको पक्षमा छैनन् । उनी तयार नहुञ्जेल यसले सार्थकता पाउने कुरै छैन । भुसालले माफी सप्ताहको प्रस्ताव गरेकै भोलिपल्ट २ असारमा काठमाडौंमै आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले भुसाललाई लक्षित गर्दै भनेका थिए– समय आएपछि हिसाबकिताब हुन्छ ।‘पार्टी नेतृत्वलाई कसरी बदनाम गर्न सकिन्छ ? कसरी विस्थापित गर्न सकिन्छ ? दानवीकरण गर्न सकिन्छ, अलोकप्रिय बनाउन सकिन्छ । एकथरि मान्छेले ती कामहरू पार्टीभित्र बसेर गरिरहेका छन् । त्यसको समय आउँछ । हिसाबकिताब गरिन्छ,’ ओलीले भनेका थिए । ओली मात्र होइन, एमालेका शीर्ष तहका कुनै पनि नेता तत्काल वाम एकता/गठबन्धनको पक्षमा छैनन् । एमाले उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव प्रदीप ज्ञवालीले सार्वजनिक रूपमै वाम एकता तत्काल सम्भव नरहेको बताइरहेका छन् ।ओली आफैंले वाम एकताको पक्ष वा विपक्षमा बोलिसकेका छैनन् । तर, उनले पार्टीका अन्य शीर्ष नेताहरूलाई अहिले एकताको पक्षमा नबोल्न भनिरहेका छन् । उनले एमाले निर्माणमै ध्यान केन्द्रित गर्न, संघीय निर्वाचनसम्म वर्तमान सत्ता गठबन्धन कायमै रह्यो भने पनि एक्लै चुनाव लडेर पहिलो पार्टी बन्ने गरी लाग्न नेताहरूलाई निर्देशन दिएका छन् । यसकारण तयार छैनन् ओली ओली अहिल्यै तालमेल वा एकतामा रुचिकर नहुनुका पछाडि केही कारण छन् । त्यसमध्ये पहिलो कारण, तत्कालीन नेकपामा रहेको नेकपा माओवादी केन्द्र र माधवकुमार नेपाल समूह (हाल नेकपा एकीकृत समाजवादी)कै कारण आफू सरकारबाट बाहिरिनुपरेको ओलीको बुझाइ छ । आफू सत्तँबाट बाहिरिनुपरेको तुष ओलीले यति छिट्टै बिर्सिनसक्ने अवस्था छैन । माओवादी केन्द्र र माधव नेपाल समूहकै कारण देउवा प्रधानमन्त्री बनेकाले आफू नेतृत्वको वामपन्थी सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउन जानेहरूस“ग अहिले नै एकता गर्न नहुने ओलीको निचोड छ । अर्को भनेको, अघिल्लोपटकको तालमेल र एकता । अघिल्लो प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले–माओवादी संयुक्त घोषणापत्रसहित चुनावमा गएका थिए । चुनावपछि ३ फागुन २०७४ मा ओली नेतृत्वमा सरकार बन्यो । ३ जेठ २०७५ मा दुई पार्टीबीच एकता भयो । तीन महिनाभित्र एकता सक्ने घोषणा गरेका ओली–प्र्रचण्डले झण्डै तीन वर्षसम्म पनि एकतालाई पूर्णता दिन सकेनन् । बरु, नेकपा आन्तरिक विवादको चंगुलमा फस्यो । त्यही मौकामा नेकपा नाम विवादमा सर्वोच्च अदालतले २३ फागुन २०७७ एउटा फैसला सुनायो । जसले एमाले–माओवादीको एकता उल्टियो । दुई पार्टीको अस्तित्व ब्युँतियो । त्यसपछि दुवै पार्टी अलग–अलग बाटोमा लागे । तर, विवाद यतिमै सीमित रहेन । माधव नेपालले केही नेतासहित गत भदौमा नयाँ दल दर्ता गरेर एमालेस“ग सम्बन्धविच्छेद् गरे । जुन दल अहिले देउवा नेतृत्वको सरकारमा सामेल छ । अझ पनि नेपालसहित एकीकृत समाजवादीका नेताहरू ओलीलाई दुत्कार्नैमा व्यस्त छन् । ओली पनि नेपाल र प्रचण्डप्रति रुखो सुनिन्छन् । यस्तो अवस्थामा एकता वा गठबन्धन गर्नै नसकिने ओलीको ‘ब्रिफिङ’ छ । अहिले एकता/गठबन्धनको कुरा गर्दा कार्यकर्ता हतोत्साहित हुने ओलीको बुझाइ छ । ‘अहिले गठबन्धन वा एकताको पक्षमा बोल्दा कार्यकर्तामा नैराश्यता आउ“छ । उनीहरू डिमोटिभेट हुन्छन् । उत्साह हराउ“छ । तत्काल सम्भव नहुने कुरामा तपाईंहरू लाग्दै नलाग्नुस्,’ केही दिनअघिको राति ओलीनिवास बालकोट पुगेका नेताहरूलाई उनले भनेका थिए, ‘मैले पनि केही हेरिरहेको हुँला । विचार गरिरहेको हु“ला । त्यस विषयमा उपयुक्त समयमा बोलुँला । अहिले बोल्ने बेला भएकै छैन । यसका पछाडि कोही पनि नलाग्नुस् ।’ यद्यपि, एमाले र माओवादीका दोस्रो तहका नेताहरू भित्रभित्रै छलफलमा भने जुटेका छन् । उनीहरू आउँदो मंसिरभित्र हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा वाम तालमेल गरेर जानेगरी छलफल चलाइरहेका छन् । यो छलफलले सार्थकता पाउन भने सकेको छैन । वाम गठबन्धनका लागि माओवादी नेताहरूले संसद् विघटनप्रति ओलीले आत्मालोचना गर्नुपर्ने कुरा उठाउने गरेका छन् । तर, त्यसमा एमाले नेताहरू सकारात्मक छैनन् । ओलीले यसमा नमान्ने उनीहरूको भनँइ छ । एमाले नेताहरूले तत्कालीन नेकपामा हुँदा अध्यक्ष दाहालले ओलीलाई लगाएको १९ बुँदे आरोप फिर्ता लिनुपर्ने बताइरहेका छन् । ओलीको पहिलो सर्त पनि यही छ । तर, यसमा माओवादी नेताहरू सकारात्मक हुन सकेका छैनन् । स्थानीय निर्वाचनअघि वाम एकताका लागि एमाले–माओवादीका नेताहरू केहीपटक छलफलमा बसे पनि स्थानीय निर्वाचनपछि भने नबसेको एक नेताले दाबी गरे ।एमाले अध्यक्ष ओली वर्तमान गठबन्धन भत्कियोस् भन्ने त चाहन्छन् तर, यसका लागि उनी कुनै सम्झौता गर्न चाहँदैनन् । दाहाल र नेपाललाई प्रधानमन्त्रीको अफर दिने त झन् निकै परको कुरा रहेको एमाले उपमहासचिव ज्ञवालीले सार्वजनिक रूपमा बताइसकेका छन् । एमालेका तर्फबाट कसैलाई प्रधानमन्त्रीको अफर नगएको नेताहरूले प्रमुख सचेतक विशाल भट्टराईले पनि बताइरहेका छन् । तर, दाहाल र नेपालले यसको खण्डन गरेका छैनन् ।दाहाल र नेपालले ‘निहुँ’ खोजेकै कारण नेकपाको एकता जोगाउन नसकिएको, उनीहरूकै कारण सत्ताच्युत हुनुपरेको निश्कर्षसहित ओली एकताप्रति अरुचि देखँइरहेका छन् । तर, हालकै गठबन्धन कायम रहे आउँदो निर्वाचनमा कांग्रेस पहिलो दल बन्ने, आउँदो पाँच वर्षसम्म कम्युनिस्ट शक्ति क्षयीकरण हुने भन्दै केही नेताहरूले वाम घटकबीच तालमेल गरेर अघि जानुपर्ने आवाज उठाइरहेका छन् ।वाम एकताका लागि एकीकृत समाजवादीका अध्यक्ष नेपाल र माओवादी केन्द्रका अध्यक्ष दाहाल पनि सकारात्मक नै रहेको बुझिएको छ । नेपालले वाम एकताका लागि सार्वजनिक रूपमा नबोले पनि दाहालले भने एक/दुई वटा मञ्चमा यसको संकेत गरिसकेका छन् । उनले कांग्रेसले आफूहरूलाई ‘स्पेस’ नदिए एमालेसँग सहकार्य गर्ने धम्की दिएका थिए ।तर, उनको यो धम्की सत्ता गठबन्धनभित्रको ‘बार्गेनिङ’का लागि मात्र भएको एमाले नेताहरूको बुझाइ छ । आउँदो निर्वाचनमा कांग्रेसस“ग बढी सिट माग्नका लागि यसलाई हतियारको रूपमा प्रयोग गर्न खोजिएको एमाले नेताहरूको बुझाइ छ । कथं वाम एकताका लागि एकीकृत समाजवादी, माओवादी र एमालेकै दोस्रो–तेस्रो तहका नेता सहमत भए भने पनि ओलीको ‘ग्रिन सिग्नल’बिना कुनै हालतमा सम्भव छैन । र, ओली यसका लागि अहिल्यै तयार भइसकेका छैनन् ।
प्रकाशित मिति: बुधबार, असार ८, २०७९  ०७:३४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP