Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
प्रवास
  • Home
  • प्रवास
  • जहाँ छोरीलाई सन्तानको रुपमा हेरिदैन
जहाँ छोरीलाई सन्तानको रुपमा हेरिदैन
admin123
admin123 मंगलबार, कात्तिक ९, २०७३
download
Hardik health
- लक्ष्मी बि.सी.- बाँके साईगाउँकी समा हल्वाईका ४ सन्तान छन् । तर कति सन्तान छन् भनि सोध्यो भने उनले २ सन्तान मात्र भन्ने गर्छिन् । किनभने उनका २ वटा मात्र छोरा छन् । सोही ठाउँकी बउरी नाउँका पनि ३ सन्तानमा १ मात्र छोरा छ । उनले पनि आफ्नो सन्तान एक मात्र भएको बताउँछिन् । लड्का लड्की कित्ने हे भनेर सोध्यो भनेमात्र २ छोरी एक छोरा भन्ने गर्छिन् । समाजमा छोरीलाई अझै पनि सन्तानको रुपमा हेरिदैन् । विशेष गरि मधेशी तथा मुस्लिम समुदायमा त झनै यस्तो विभेद हुने गरेको छ । छोरा नहुदा सम्म सन्तान जन्माइरहने र परिवार नियोजनका साधनहरु पनि प्रयोग नगर्ने मुस्लिम समुदायमा परम्परा नै रहेको छ । छोरीलाई सन्तानको रुपमा नहेर्ने समुदायमा छोरी जन्मदा सुत्केरी आमालाई समेत त्यती वास्ता गरिदैन् । भ्रुण हत्या गर्न नपाइने कानुनी प्रवाधान रहेपनि समाजमा लिङ्ग पहिचान गरि गर्भपतन गर्ने प्रचलन रहेको छ । छोरी भएकै कारण गर्भ तुहाउने हाम्रो समाजमा छोरा जन्मे आमा र बच्चा दुबैलाई बढि माया हेरचाह र स्याहार सुसार गरिन्छ भने छोरी जन्मे परिवारमा निरासा छाउने गर्दछ । मेरी स्टोप सेन्टरमा गर्भ जाँच गर्न आएकी खजुराकी रिमा थापा पेटमा छोरी भएको थाहाँ पाएर निराश अवस्थामा थिइन् । घरमा २ वटा छोरी भएकाले फेरि पनि छोरी नपाउने भन्दै गर्भपतन गर्ने सोच रहेको उनले बताइन् । रनियापुरकी सीता रानाले पनि छोरी भएकै कारण गर्भपतन गरेको अनुभव सुनाइन् । काखमा छोरी बर्षदिन पुग्दा नपुग्दै गर्भ रहन गएछ । गर्भ जाँचमा छोरी नै भन्ने थाहाँ भएपछि श्रीमानकै सल्लाहमा गर्भपतन गरेको उनले बताइन् । उनले भनिन् ‘ब्यथा लागेर सन्तान जन्माउनु र गर्भ तुहाउनुको पिडा त आकास पातालको फरक हुन्छ’ । ब्यथा लागेर सन्तान जन्माउनु भन्दा गर्भ तुहाउनुको पिडा धेरै हुने उनको अनुभव छ । बाँके खजुराकी लालमति क्षेत्रीका ७ वटा छोरी छन् । एक मात्र छोरा भएकाले अर्का छोरा पाउने आशमा फेरि पनि गर्भवति भएकी उनि अब भने छोरा हुने आश रहेको बताइन् । एउटै छोराको भर नहुृने भएकाले अर्का छोरा जन्माउने आश गर्दा गर्दै ७ वटी छोरी भएको उनले सुनाइन् । आमाले भाई पाउनुहुन्छ भन्दै उनका छोरीहरु पनि खुसी देखिन्थे । यदि उनले फेरि पनि छोरी नै जन्माइन भने उनको परिवारको त्यो खुसी कसरी हराउला ? यसरी छोरा जन्माउने आशमा परिवारमा धेरै सन्तान जन्मिने गरेका छन् भने गर्भपतन गर्नेहरुको संख्यामा वृद्धि समेत भइरहेको छ । छोरी भएकै कारण भ्रुण हत्या हुदा बालिकाको बाँच्न पाउने अधिकार हनन् भएको छ भने अर्का अर्कातिर गर्भपतन गराइरहदा आमाको स्वास्थ्यमा प्रतिकुल अषर पर्ने गरेको छ । सन्तान ईश्वरका बरदान सम्झने मुस्लिम समुदायमा परिवार नियोजनका साधनहरु प्रयोग नगर्ने र छोरीलाई सन्तानका रुपमा नहेर्ने चलन रहेको छ । छोरी भएकै कारण लिङ्ग पहिचान गरि भ्रुण हत्या गर्ने र छोराकै आशमा दोस्रो विहे गर्ने चलन नेपाली समाजमा विद्यमान रहेको छ । छोरा र छोरी जन्मनुमा पुरुषको दोष नहुने चिकित्साशास्त्रले जनाउँदछ । तर छोरी जन्मनुमा महिलाको दोष देखाई महिला माथी अनेक प्रकारका हिंसाहरु हुने गर्दछन् । घरमा छोरा जन्माउँदा र छोरी जन्माउँदा घरपरिवारकै सदस्यहरु बाट फरक ब्यवहार भोगेको कोहलपुरकी शान्ति वलीको अनुभव छ । ३ वटी छोरी पछि छोरा जन्मदा घरमा खुसियाली छाएको र घरका सबै परिवारले धेरै माया गरेको उनले बताइन् । ‘श्रीमाले सधै छोरा पाइन भनेर सुनाउने गर्नुहुथ्यो छोरा जन्मेपछि धेरै माया पाइयो उनले भनिन्’ । जुन समाजमा छोरीलाई सन्तानको रुपमा हेरिदैन् । त्यस्तो समुदायमा जन्मेका छोरीहरुको समग्र विकास कसरी हुन्छ ? अनि कसरी पाउँछन छोरीले गुुणस्तरिय शिक्षा ? सोही कारणले पनि छोरीहरु पछि परिरहेका छन् भने स्वास्थ्यको हिसाबले पनि महिलाहरु बढि रोगी हुने गरेको चिकित्सकहरु बताउँछन् । मधेसी तथा मुस्लिम समुदायमा महिलाहरु रहर भन्दा पनि बाध्यताले बर्षनी सन्तान जन्माउने गर्दछन् । परम्परागत रुढीवादी समाजमा चल्दै आएका धार्मीक मुल्य र मान्यतालाई अपनाउदै जानुपर्ने , नत्र घरपरिवार र समाजमा बाट नै तिरस्कार हुने डरका कारण महिलाहरुले आफ्नो स्वास्थ्यको प्रभाव नगरि सन्तान जन्माइरहनुपर्ने बाध्यता बनेको छ । घर परिवार र समाजले तिरस्कार गर्ने डरका कारण मधेसी तथा मुस्लिम समुदायका महिलाहरु लुकीछिपी परिवार नियोजनका साधनहरु प्रयोग गर्न आउने गरेको साईगाउँ स्वाथ्य चौकीका अनमी कुमारी रानाले बताइन् । कतिपय महिलाहरु श्रीमानलाई थाहै नदिएर डिपो सुई लगाउन आउने गरेको र कोही कोही श्रीमानलाई थाहाँ भए पनि परिवारका अन्य कसैलाई थाहाँ नदिई परिवार नियोजनका अस्थाही साधनहरु प्रयोग गर्न स्वास्थ्य चौकी आउने गरेको अनमी रानाले बताइन् । मुस्लिम समुदायमा परिवार नियोजनका साधनहरु प्रयोग नगर्ने र सकेजति सन्तान जन्माइरहने प्रचलनले आमा तथा शिशुको स्वास्थ्यमा अषर पर्ने गरेको छ । लिङ्ग पहिचान गरि छोरी भएमा गर्भपतन गर्ने चलनले पनि आमाको स्वास्थ्य कमजोर बन्ने गरेको छ । छोरा पाउनकै लागि स्वास्थ्यमा जोखिम मोलेर गर्भपतन गराउनुपर्ने नेपाली महिलाहरुका लागि बाध्यता छ । महिलालाई बच्चा जन्माउने मेशिनका रुपमा हेर्ने नेपाली समाजमा असुरक्षित तरिकाले गर्भपतन र सुत्केरी भएकै कारण आमा र बच्चाको ज्यान समेत जाने गरेको तितो यर्थात विद्यमान छ । के साच्चीकै छोरी भएकै कारण जन्मन नै नपाइने हो त ? के छोरीले साच्चीकै वंश धान्नै नसक्ने हो र ? अनि छोरीले आर्थिक आय आर्जन गर्न नसक्ने हो र ? विश्वमा छोराले गर्ने सबै काम छोरीले गरेर देखाएका छन् । देश चलाएका छन् । आर्थिक आय आर्जन गरेका छन् । तर पनि किन गरिन्छ त छोरी भएकै कारण भ्रुण हत्या ? किन छोरीलाई सन्तानको रुपमा हेरिदैन ? यस बिषयमा सबैले गम्भिर भएर सोच्नुपर्ने भएको छ । मेरी स्टोप सेन्टरमा दैनिक ७ , ८ जना महिलाहरुले गर्भपतन गर्ने गरेका छन् भने परिवार नियोजन संघमा दैनिक १, २ जनाले गर्भपतन गराउन आउने गरेका छन् । चेतनाको अभावका कारण अुसरक्षित तरिका बाट गर्भपतन गर्ने महिलाहरु पनि धेरै छन् । जसले गर्दा आमाको स्वास्थ्यमा दिर्घकालिन असर समेत पर्ने गरेको छ । परम्परागत सोचले गर्दा श्रीमान र घरपरिवारका सदस्यहरुले नै नबुझ्ने हुदा सन्तान बढि जन्माउनु परिहेको महिलाहरु बताउछन् । ‘सन्तान ईश्वरका बरदान’ भन्ने चलनले महिलाहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरेको छ । चेतनाको कमीले मधेसी तथा मुस्लिम समुदायमा छोरीलाई सन्तानको रुपमा नहेर्ने र बर्षनी बच्चा पाइरहदा आमा र बच्चा दुबैको स्वास्थ्य स्थितीमा अषर पर्ने र कतिपय अवस्थामा मृत्यु समेत हुने गरेको हेल्थ फर लाइफमा कार्यरत पवित्रा केसीको भनाई छ । धार्मिक र परम्परागत मान्यताले मधेसी तथा मुस्लिम समुदायका महिलाहरु खुलेर आउन नसक्ने र समस्या लुकाएर बस्ने गरेको उनले बताइन् । मुलुकी ऐनको २८ नम्बरमा लिङ्ग पहिचान गरि गर्भपतन गराउनेलाई ६ महिना देखी २ बर्ष सम्म कैद गरिनेछ भनेर उल्लेख गरिएको छ । तर कानुनमा भएको कुराहरु ब्यवहारमा आउन नसकेको एड्भोकसी फोरमका क्षेत्रिय संयोजक बसन्त गौतले बताउनुभयो । घरपरिवारको दबाबमा महिलाहरु आफै आएर गर्भपतन गराउने हुदाँ पारिवारिक सम्बन्धमा आँच आउन नदिन पनि यस्ता घटनाहरु सार्वजनिक हुन नसकेको उहाँले बताउनुभयो । उजुरी परे पनि गम्भीर रुपमा नलिने हुदा ऐन कानुन र नितिनियममा भएका कुराहरु कार्यान्वयन हुन नसकेको गौतमको भनाई छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७३  १६:२८
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP