Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सीमा सुरक्षा सकारको दायित्व ः प्रवक्ता
सीमा सुरक्षा सकारको दायित्व ः प्रवक्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २२, २०७६
Baskota
Hardik health
काठमाडौ– सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले सीमा रक्षा गर्नु सरकारको दायित्व भएको बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् । केही दिनअघि भारतले सार्वजनिक गरेको आफ्नो नयाँ राजनीति नक्सामा नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा राखेको भन्दै चौतर्फी विरोध भइरहेका बेला प्रवक्ता बास्कोटाले यस्तो बताएका हुन् । उनले भने, ‘सार्वभौमसत्तासँग जोडिएका कुरामा हामी स्पष्ट छौँ । सार्वभौमसत्ता वा सीमा रक्षा गर्ने सरकारको दायित्व, कर्तव्य हो ।’ उनले उक्त विषयलाई गम्भीरतापूर्वक पहल गर्ने र निर्णय गर्ने बताए । उनले भने, ‘यस्ता समस्या अन्यत्र पनि बाँकी छन् । बेलाबेला सिमानामा यस्ता कुराहरू उठ्ने गरेका छन् ।’ मन्त्री बास्कोटाले आफ्नो अधिकार रक्षाको विषयमा सरकारले यसअघि पनि दृष्टिकोण सार्वजनिक गरेको बताए । परराष्ट्र मन्त्रालयले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा त्यो कुरा उल्लेख भएको उनको भनाइ छ । ‘हाम्रो अधिकारको रक्षा, सुरक्षा गर्ने कुरामा हाम्रो दृष्टिकोण पहिलेदेखि रहिआएको छ’ उनले भने, ‘यसमा सरकारको धारणा परराष्ट्रले बक्तव्य जारी गरिसक्यो ।’ यस्तै, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कालापानी र लिपुलेकका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसको धारणा सार्वजनिक गरेका छन् । नेपाली भूमिमाथि भएको कुनैपनि अतिक्रमण कांग्रेसलाई अस्वीकार्य रहेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्यमा नेपाली कांग्रेस प्रष्ट छ र हाम्रा कुनैपनि भूमिमाथि हुने कुनैपनि ढंगको अतिक्रमण हाम्रा लागि अस्वीकार्य छ’, विज्ञप्तिमा भनिएको छ । बिहीबार नै कांग्रेस सभापति शेरबहादुर देउवाले भारतीय राजदूत मञ्जिवसिंह पुरीलाई टेलिफोनमार्फत् कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको स्मरण गराएको समेत विज्ञप्तिमा उल्लेख छ । जसमा भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा सोही दिनै पार्टी प्रवक्ताको ट्विटमार्फत् तत्कालै धारणा सार्वजनिक गरेको उल्लेख गर्दै ‘कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्यमा नेपाली कांग्रेस प्रष्ट रहेको र कुनैपनि भूमिमाथि हुने कुनैपनि ढंगको अतिक्रमण हाम्रा लागि अस्वीकार्य छ’ रहेको बताएको उल्लेख छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  ०८:०७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री डा तिमिल्सिना
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री डा तिमिल्सिना शनिबार, जेठ ९, २०८३
प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपा सहकार्य गर्दै
प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपा सहकार्य गर्दै शुक्रबार, जेठ ८, २०८३
एमाले सचिवालय बैठक बस्दै
एमाले सचिवालय बैठक बस्दै शुक्रबार, जेठ ८, २०८३
गगन थापाको ‘छटपटाहट’बारे मनिष मिश्रको टिप्पणी : समयअनुकूल निर्णय आवश्यक
गगन थापाको ‘छटपटाहट’बारे मनिष मिश्रको टिप्पणी : समयअनुकूल निर्णय आवश्यक बिहीबार, जेठ ७, २०८३
सचिवहरूलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिने  एमालेकाे तयारी
सचिवहरूलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिने एमालेकाे तयारी बिहीबार, जेठ ७, २०८३
प्रधानमन्त्री जवाफदेही नभएको  कांग्रेसका सांसद अर्जुननरसिंह केसीकाे भनाइ
प्रधानमन्त्री जवाफदेही नभएको कांग्रेसका सांसद अर्जुननरसिंह केसीकाे भनाइ बिहीबार, जेठ ७, २०८३
निश्कल राईले सभामुखकाे भूमिकामाथि उठाए प्रश्न
निश्कल राईले सभामुखकाे भूमिकामाथि उठाए प्रश्न बिहीबार, जेठ ७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP