काठमाडौं- डाबर वाटिका मिस नेपाल २०२२ को प्रतिष्ठित उपाधिका लागि प्रतिस्पर्धा गर्ने अन्तिम २४ प्रतियोगीहरु आज बनेपास्थित डाबर नेपाल नर्सरीमा पुगेका छन् ।
यस भ्रमणमा प्रतियोगीहरुले विभित्र वातावरणीय समसस्याहरु बुझ्नका साथै समस्यालाई सम्बोधन गर्न डाबर नेपालको संरक्षण प्रयासको बारे पनि बुझ्ने अवसर पाएका छन् । डाबर वाटिका मिस नेपालका सहभागीहरुले यहाँको विश्व स्तरीय हरितगृह सुविधाको पनि निरीक्षण गरको छ ।
द हिडन त्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले प्रतियोगीहरुलाई यो अवसर प्रदान गरेकोमा डाबर नेपाललाई धन्यवाद दिदै भने, “प्रतियोगीहरुले डाबर नेपालले समाजमा पु्याइरहेको संरक्षण र योगदानका बारेमा जात्र यो ठूलो अवसर पाएका छन् ।“
उपभोक्ताहरुलाई उत्कृष्ट प्राकृतिक कपाल हेरचाह समाधानहरु उपलब्ध गराउने डाबरको निरन्तर प्रतिबद्धताको परिणामस्वरुप, डाबर नेपालले हालै नेपालमा डाबर वाटिका नेचुरल्स स्याम्पु लन्च गरेको छ ।
डाबर वाटिका मिस नेपाल २०२२ को ग्राण्ड फिनाले जुन १८, २०२२ मा गोडावरी स्थीत सनराइज अडिटोरियममा हुन गैरहेको छ र कान्तिपुर टिभी एचडीमा प्रत्यक्ष प्रसारण हुने छ ।