Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
प्रवास
  • Home
  • प्रवास
  • खोलामा सुन खोज्दै बोटेहरु
खोलामा सुन खोज्दै बोटेहरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, कात्तिक १६, २०७६
Capture-48
Hardik health
तनहुँ, १६ कातिक । चाडपर्व मनाउँदा लागेको साहुको ऋण तिर्न तनहुँको व्यास नगरपालिका–१० स्थित कुमालटारीका बोटेहरु सुन खोज्न नदी किनारातर्फ लागेका छन् । नेपालीहरुको चाडपर्व दशैँ र तिहार मनाएपश्चात् साहुको ऋण तिर्न करीब एक दर्जन बोटेहरु विभिन्न नदी किनारामा सुन खोज्न लागेका हुन् । आर्थिक अवस्था कमजोर रहेका यहाँका अधिकांश बोटेहरु साहुसँग ऋण काँढेर चाडपर्व मनाउने गर्छन् । त्यसपछि सुन खोजेर ल्याई साहुको ऋण तिर्ने गरेको स्थानीय हर्कबहादुर बोटेले बताए । साहुसँग ऋण लिएर दशँै र तिहार त मनाइयो तर चाडपर्व मनाउँदा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ । उनले भने, ‘ऋण तिर्नको लागि नदी किनारामा सुन खोज्न विभिन्न नदीमा जाने गरेका छौँ ।’ विशेषगरी कालीगण्डकी, बूढीगण्डकी, मस्र्याङ्दी र त्रिशूलीको बालुवामा सुनका कण भेटिने हुँदा उक्त नदी किनारामा सुन खोज्न यहाँका बोटे जाने गरेको जीतबहादुर बोटेले जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका कारण कतिपय बोटेको बिहान बेलुका ज्याला मजदूरी नगरी छाक टार्नसमेत गाह्रो छ । उनले भने, ‘त्यसैले चाडपर्वमा ऋण लिएर मनाउने र चाडपर्व मनाइसकिएपछि सुन खोज्नको लागि नदी किनारा धाउन बाध्य भएका छौँ ।’ प्रशस्त मात्रामा खेती गर्ने आफ्नो जमीन नभएपछि जीविकोपार्जनको लागि माछा मार्ने र सुन खोज्नेतर्फ उनीहरु आकर्षित हुँदै गएका छन् । हिउँद महिना शुरुशातसँगै नदीमा पानीको बहाव कमी हुँदा बालुवामा सुन खोज्न सजिलो हुने उनीहरु बताउँछन् । नदीमा सुन खोज्नको लागि आवश्यक पर्ने डुँड, पाटी तथा चनौटजस्ता विभिन्न सामग्री घरबाट नै लिएर जाने गरेको जीतबहादुरले बताए । सुन चाल्ने पेशाले जीविकोपार्जनमा सहज भएको उनको भनाइ थियो । परम्परागत रुपमा उनीहरु नदी किनारमा सुन खोज्ने काम गर्दै आएका छन् । सुन चाल्न जाँदा उनीहरु नदी किनारामा नै पाल टाँगेर बस्ने र खाना खाने गर्दछन् । सुन चालेर एक महिनामा रु बीस पच्चीस हजारसम्मको सुन संकलन गर्ने गरेको उनीहरु बताउँछन् । पहिला पहिला नदी किनारामा सुन सजिलै पाउने गरेपनि पछिल्लो समय नदीमा सुन पाउन छाडेको जीतबहादुरले बताए । कुमालटारीमा अहिले बोटे समुदायका २६ घर रहेकोमा करीब आधाजसो परिवार अझै पनि सुन खोज्नको लागि अन्यत्रै नदीमा जाने गरेका छन् । नदीमा करेन्ट लगाउने, विष हाल्नेलगायतका कार्यले नदीमा माछा पाउन छाडेपछि उनीहरुको पुख्यौली पेशासमेत संकटमा पर्दै गएको छ । पछिल्लो समय नदीमा अवैध गिट्टी बालुवा उत्खनन गर्दा माछासमेत भेटिन छोडेकोले वैकल्पिक पेशाको रुपमा सुन खोज्नेतर्फ लागिएको उनीहरु बताउँछन् । धेरै पहिले मादी नदीमा पनि सुनका कण भेटिने गरेको भए पनि पछिल्लो समय भेटिन छाडेपछि यहाँका बोटे टाढाटाढाका नदीमा जान बाध्य भएका छन् ।सुन खोज्न हिँडेका बोटेहरु करीब तीन÷चार महिना पछि मात्रै आफ्नो घरमा फर्कने र सङ्कलन गरी ल्याएको सुन बिक्री गरेर साहुको ऋण तिर्ने गरेको बताइएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १६, २०७६  ०७:२६
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम मंगलबार, जेठ २३, २०८०
विश्‍वले गुमायाे किर्तिमानी लामो नाक हुने मेहमेत
विश्‍वले गुमायाे किर्तिमानी लामो नाक हुने मेहमेत बुधबार, जेठ १०, २०८०
कुकुरको ३१ औँ जन्मदिन धुमधामसँग मनाइयो
कुकुरको ३१ औँ जन्मदिन धुमधामसँग मनाइयो बुधबार, जेठ १०, २०८०
कम्प्युटरका ६५ ओटा शर्टकट की
कम्प्युटरका ६५ ओटा शर्टकट की मंगलबार, जेठ ९, २०८०
स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, जेठ ८, २०८०
तीन व्यक्तिको डीएनए प्रयोग गरिएकाे बच्चा जन्मियाे
तीन व्यक्तिको डीएनए प्रयोग गरिएकाे बच्चा जन्मियाे शुक्रबार, वैशाख २९, २०८०
चैते धान खेती घट्दो
चैते धान खेती घट्दो बिहीबार, वैशाख ७, २०८०
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP