Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विचार
  • Home
  • विचार
  • संकटमा ऐतिहासिक किताबी ढुंगे पर्खाल
संकटमा ऐतिहासिक किताबी ढुंगे पर्खाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ १६, २०७९
dhunge
Energy Drink Energy Drink
Ncell
Hardik health
 
प्राचीन स्मारक संरक्षण ऐन २०१३ (संशोधित २०७४) अनुसार सय वर्षभन्दा माथि पुगेका यस्ता धरोहरहरू संरक्षण गर्न सम्बन्धित व्यक्तिगत भए व्यक्ति तथा सार्वजनिक भए स्थानीय सरकार तथा पुरातत्व विभाग जिम्मेवार हुनुपर्ने देखिन्छ । त्यसकारण यी किताबी ढुंगे पर्खाल सय वर्ष पुग्न लागेको हुँदा यसको संरक्षणमा सम्बन्धित निकायले तत्काल कदम चाल्न आवश्यक छ ।
प्रयोगात्मक नेपाली शब्दकोशअनुसार कुनै पनि घर, भवन आदिको हाता वा परिसरलाई घेर्न इँट, ढुंगा आदिले बनाइएको घेरो, गारो, दिवाललाई पर्खाल भनिन्छ । वास्तवमा पर्खाल घर, भवनमात्रै नभएर पाटीपौवा, मठमन्दिर, गुम्बा, छ्योर्तेन, चैत्य, चौतारा, कुवा, धारा, पधेँरो, खेतबारी, आदिमा लगाइएको इँट वा ढुंगाको घेरो वा गारोलाई पनि पर्खाल नै भनेर चिनिने गरेको पाइन्छ । यी यस्ता पर्खाल लगाइने प्रचलन गाउँ, ठाउँ, क्षेत्र, आदिमा परापूर्वकालदेखि नै चलिआएको पाइन्छ । विभिन्न प्रयोजनमध्ये आफन्तको स्मृतिमा चौतारो लगाइने र त्यहाँ केही कुरा लेखेर राख्ने चलन पनि स्थापित भएको पाइन्छ । तत्कालीन समयमा जे जस्तो प्रयोजनका लागि यस्ता धरोहर निर्माण गरिएको भए पनि यस्ता धरोहरको मुख्य उद्देश्य भनेको बटुवा तथा प्राणीजगतले विश्राम लिन पाओस् भनी सेवा वा परोपकारको भावना हुन्थ्यो भने यस्तो कार्य गर्दा धर्म हुने विश्वास पनि गरिन्थ्यो । त्यस्ता कार्यलाई हामी ग्रमीण विकास सूचकको रूपमा लिने गर्दछौँ । वास्तवमा त्यस समयमा विकासको खुट्किलो वा जग नै यस्ता पाटीपौवा, मठमन्दिर, चौतारो, धारा, कुवा, देउराली, आदि सार्वजनिक सरोकारका क्षेत्रहरूको निर्माण तथा पुनर्निर्माणलाई मान्न सकिन्छ । हुन त हिजोआज विकासको अर्थमा समयसापेक्ष ढंगले परिवर्तन हुँदै आएको आभास हुन्छ । विकास शब्दको अर्थ समयसापेक्ष फरक–फरक हुने हुँदा मानिसको विभिन्न पिढी वा पुस्ताअनुसार कार्य पनि फरक पर्दै जाने गर्दछ । त्यसै कारण हाम्रा पुर्खाले निर्माण गरेका विकासका यस्ता संरचनाहरू हिजोआजका पिढीको लागि महत्वहीन तथा सरोकारविहीनको विषय बन्दै गइरहेको पाइन्छ । यसरी वास्तविक धरातललाई बिर्संदै र हाम्रा नयाँ विकासे क्रियाकलापहरूले ती पुर्खाले आर्जेका पाटीपौवा, चौतारा, आदि धरोहरहरू भत्काउँदै लैजाने हो भने त्यस्ता धरोहरहरूको अस्तित्वसँगै हामी र हाम्रो समाजको अस्तित्व र पहिचानसमेत भोलिको दिनमा कता जाला त्यो भन्न सक्ने अवस्था छैन । यसको ज्वलन्त उदाहरण हुन् संकटमा परेका पाटीपौवा, चौतारो, देउराली आदि धरोहरहरू र यी धरोहरहरूमा कुँदिएका तत्कालीन समयको लिपि र त्यसमा लेखिएका विषयवस्तुहरू वा ऐतिहासिक दस्तावेजहरू । जसलाई हिजोआज हामी ‘किताबी ढुंगे पर्खाल’ भनेर चिन्ने गर्दछौँ । मुलुकी ऐन १९१० को पहिलो महल ‘दत्त गुठी’ शीर्षकमै प्रस्ट रूपमा यस्ता पाटीपौवा, धारा, चौतारा, आदि निर्माण गर्दा आफ्नै देशको सीप विकास हुने, रकम पैसा स्वेदशमै रहने र काम गर्ने अवसर मिल्ने कुराको साथसाथै सम्वद्र्धन र संरक्षण गर्ने भाव उल्लेख गरिएको पाइन्छ । उक्त ऐन यस प्रकार रहेको पाइन्छ। आफ्नु देशमा किर्ति वंदा सोभा हुन्या आफ्ना देशका कारिगढ सिपालु हुन्या ज्याला मजुरि पाउनाले गरिब कंगालको पालना हुन्छ । आफ्ना मुलुकको धन विराना मुलुकमा जाँदैन (मुलुकी ऐन १९१०) ।यसरी तत्कालीन समयको कानुनले यस्ता परम्पराबाट सिक्दै र अभ्यास गर्दै आएको कार्यलाई संरक्षण र सम्वद्र्धनमा जोड दिएको देखिन्छ भने उक्त कार्यले कुनै न कुनै प्रकारबाट सभ्यताको विकास पनि गर्दै आएको पाइन्छ । यसरी धारा, कुवा, पाटीपौवा, चौतारा आदि बनाउने क्रममा तत्कालीन समयमा महत्वपूर्ण कुराको अभिलेखीकरण गर्न अहिलेको जस्तो विभिन्न आधुनिक माध्यमको विकास भइसकेको नहुँदा चट्टान वा ढुंगाको सहारा लिनुपर्ने बाध्यता थियो । वास्तवमा हाम्रोे शिक्षाको विकास पनि यही शिलालेख कार्यहरूबाटै लिपिबद्ध हुँदै आएको पाइन्छ । किनकि, तत्कालीन समयमा विभिन्न भाषाअन्तर्गतका लिपिहरू ढुंगा वा ढुंगाको पर्खाल वा दिवालहरूमा हाम्रा पुर्खाहरूले लिपिबद्ध गरेकै कारण आज हाम्रो इतिहास र पहिचान जीवित पाइएको हो । यस्ता शिलालेखहरूकै प्रतिफलस्वरूप आज हाम्रो नेपाल बहुलभाषी, बहुलसंस्कार, बहुलजाति, बहुलधार्मिक मुलुक भएको हो भन्न सकिन्छ । यसरी ढुंगाको स्लेटमा लेखेर बनाइएको ऐतिहासिक ढुंगे पर्खाल जसलाई हामी ‘किताबी ढुंगे पर्खाल’ भनेर पनि बुझ्न सक्छौ“, जुन अझै पनि आम ग्रामीण ठाउँहरूमा कतै संरक्षणमा रहेको पाइन्छ भने कतै संरक्षणविहीन अवस्थामा नष्ट हुँदै गइरहेको पाइन्छ । यसको ज्वलन्त उदाहरण हो भोजपुर जिल्ला पौवादुङमा गाउँपालिका वडा नं. १ श्यामसिला ढुंगेधारा खाल्डेमा अवस्थित किताबी ढुंगे पर्खाल (स्थानीय रूपमा मणिपर्खाल भनेर पनि चिनिने गरेको पाइन्छ) जहाँ बौद्ध मन्त्रअन्तर्गत ‘दिग्स्याग वा दिक्पास’ (पाप मोचन मन्त्र) पुस्तकको सम्पूर्ण भाग वा अंंश ढुंगाको स्लेटमा खोपेर पर्खाल लगाइ राखिएको पाइन्छ । पूरै पुस्तक ढुंगाको स्लेटमा लेखेर राख्ने कार्य त्यति सहज पक्कै थिएन । उक्त लेख लेख्ने समयमा अहिलेको जस्तो कापी, कलम, टाइपराइटर आदिको विस्तार ग्रामीण भेगमा भइसकेको थिएन । उपत्यकाभित्र मात्र सीमित थियो । उक्त शिलालेख वि.सं. १९९६ साल फागुनतिर लामा छविलाल स्याङ्बोले स्थानीय लाक्पा शेर्पाको प्रायोजनमा जिल्ला सदरमुकाम आउने जाने पूर्वी मूलबाटोमा लेखी पर्खाल लगाई चौतारो निर्माण गरेको कुरा उनकै नाति लामा राजेन्द्र स्याङ्बोले बताएका छन् । तर, निर्माण समयको यथार्थ तिथि मिति पत्ता लगाउनचाँहि उक्त शिलालेखमै गएर भोट भाषाविज्ञको सहयोग लिनुपर्ने देखिन्छ । उक्त शिलालेखमा भएको एक अंशको नेपाली अनुवाद यसप्रकार छ । जुन अनुवाद भोट भाषाविज्ञ लोचावा पुण्यप्रसाद पराजुुलीले गरेका हुन् । साङ् ग्ये शाक्या थुव् पा स्ये झ्या वा श्या ताग् झ्ये वा ठाग् सुम् च्यु ज्युङ् वा ला छ्याग् छाल् लो । दिई छेन् लेन् च्यीग् ज्यो पे क्ये वा ङा मी दिग् पा थाम् च्ये झ्याङ् पार् सुङ् सो । (नेपालीमाः शाक्यमुनि बुद्ध नामक तीन करोडजतिलाई वन्दना गर्दछु । यो नाम एकपल्ट पढ्नाले पहिलेको जन्मका सम्पूर्ण पापहरूको शोधन हुन्छ ।) उनले दोस्रो विश्वयुद्धको समयमा थुम र मौजाको जिम्मावालले खटाए मुताविक इस्ट इण्डियाअन्तर्गत अंग्रेज सेनामा भर्ती भई युद्ध लडेका पनि थिए । यसैकारण उनको अंग्रेजीलगायत हिन्दी भाषामा पनि निकै दख्खल रहेको पाइन्थ्यो भने पाली, नेपाली तथा सम्भोटा भाषा आफ्नै पुर्खाबाट सिकेका हुनाले निकै राम्रो थियो । सेनाबाट फिर्ता भएपश्चात् उनले पुनः पुख्र्यौर्ली बौद्ध शिक्षामा नै तल्लीन भई भोट–नेपाली हस्तलिखित शब्दकोश निकालेको पाइन्छ । नेपालमा सायद नेपाल सरकारपछि व्यक्तिगत रूपमा लेखिएको पहिलो शब्दकोशको रूपमा यसलाई लिन सकिन्छ । उनले यो मात्र नभई भोजपुर जिल्लाको भोजपुर नगरपालिका धापखर्क (नेपालको पहिलो सम्भोटा भाषाको पाठशालादेखि अलि माथि) सुन्तले बीचको सल्लाघारी मुलबाटोमा, हालको षडानन्द नगरपालिकाअन्तर्गत फाली दोबाटोमा तथा बैदारभञ्ज्याङ झर्ने पुरानो मुलबाटोको निकै ठूलो ढुंगामा पनि सम्भोटा लिपिमा विभिन्न बौद्ध शिक्षाको मन्त्र, तथा दर्शनहरू लिपिबद्ध गरेको पाइन्छ । यसका साथसाथै उनले ज्योतिषसम्बन्धी हस्तलिखित पुस्तक तथा भिक्षुणी कमलाको महायान ङ्युङ्ने व्रत पद्धतिको पुस्तक नेपालीमा अनुवाद गरी प्रकाशन गरेको पाइन्छ ।उनी खाइबा (मूर्तिकार) लामाको रूपमा पनि परिचित थिए । उनले भोजपुर तथा सुनसरी जिल्लाका विभिन्न गुम्बाहरूको नामकरण तथा बुद्ध, गुरु रिम्पोछे, चेङरेसी आदिको मूर्ति बनाई गुम्बामा राखेको पाइन्छ, जुन अझै पनि ती गुम्बाहरूमा देख्न पाइन्छ । आफ्नो उमेरको उत्तराद्र्धमा १० वर्षजति भिक्षु भई स्वयम्भूमा बसेको तथ्य पाइएको हु“दा उनी लामा मात्र नभएर इस्तवीर तथा लामा छविलाल स्याङ्बो भनेर पनि चिनिएको पाइन्छ । वास्तवमा प्राचीन स्मारक संरक्षण ऐन २०१३ (संशोधित २०७४) अनुसार सय वर्षभन्दा माथि पुगेका यस्ता धरोहरहरू संरक्षण गर्न सम्बन्धित व्यक्तिगत भए व्यक्ति तथा सार्वजनिक भए स्थानीय सरकार तथा पुरातŒव विभाग जिम्मेवार हुनुपर्ने देखिन्छ । त्यसकारण यी किताबी ढुंगे पर्खाल सय वर्ष पुग्न लागेको हुँदा यसको संरक्षणमा सम्बन्धित निकायले तत्काल कदम चाल्न आवश्यक छ । त्यसैगरी अभिलेख संरक्षण ऐन २०४६ संशोधित २०७५ अनुसार २५ वर्ष वा सोभन्दा पुरानो कुनै पनि ग्रन्थ वा हस्तलिखित ग्रन्थ, पुस्तक, प्रतिवेदन, पत्रपत्रिका, शिलापत्र, ताम्रपत्र, भोजपत्र आदि राष्ट्रिय दृष्टिले महत्वपूर्ण अभिलेखहरू राष्ट्रिय अभिलेखालयले दर्ता गरी सुरक्षित तवरले राख्नुपर्दछ । तर, विडम्बना हिजोआज सम्भोटा लिपिको ज्ञान आमजनसमुदायमा कमी हुनु र उक्त धरोहरहरूको महत्व नबुझ्नु, यस विषयमा अध्ययन अनुसन्धान गर्ने व्यक्तित्वको कमी हुनु तथा यस्ता धरोहरहरूको लेखाजोखा नहुनुले यस्ता अभिलेखहरू निकै संकटमा पर्दै गइरहेको देखिन्छ । भोजपुर श्यामसिलामा अवस्थित उक्त पर्खालभन्दा ३०–५० मिटर तल मध्यपहाडी राजमार्ग निर्माण गर्दा मेसिन औजार र स्काभेटरहरूको प्रयोगले उक्त चौतारो र मुलबाटो संकटमा परेको पाइन्छ भने उक्त राजमार्ग निर्माण गर्नुभन्दा पहिलेदेखि नै विभिन्न राजनीतिक दलको नारा लेख्ने उपयुक्त स्थान भएकै कारण पनि उक्त पर्खाल संकटमा पर्दै आइरहेको देखिन्छ । त्यसैले यसको संरक्षण र सम्वद्र्धन गर्ने जिम्मा हामी सम्पूर्ण नागरिक समाज, स्थानीय सरकार, पुरातत्व विभाग, राष्ट्रिय अभिलेखालय तथा यसस“ग सरोकार रहने सम्पूर्ण संघसंस्थाको रहेको देखिन्छ ।-सन्तोषकुमार वैद्य तामाङ
प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  १०:५५
प्रतिक्रिया दिनुहोस्
थप विचार
एसियाली खेलकुदमा स्वर्ण पदकको प्रतीक्षा
एसियाली खेलकुदमा स्वर्ण पदकको प्रतीक्षा शनिबार, असोज ३, २०८३
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार ! शुक्रबार, असोज २, २०८३
बदलिँदो विश्व व्यापारमा नेपालको रणनीति
बदलिँदो विश्व व्यापारमा नेपालको रणनीति शुक्रबार, असोज २, २०८३
पर्यटन उद्योग विकासको मार्गचित्र
पर्यटन उद्योग विकासको मार्गचित्र बिहीबार, असोज १, २०८३
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश बुधबार, भदौ ३१, २०८३
घर बगेकालाई मात्र होइन, आधार गुमाएकालाई पनि राहत
घर बगेकालाई मात्र होइन, आधार गुमाएकालाई पनि राहत मंगलबार, भदौ ३०, २०८३
नेपालले पाउनुपर्ने जलवायु न्याय
नेपालले पाउनुपर्ने जलवायु न्याय आइतबार, भदौ २८, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP