काठमाडौं- कृषि बिमाको ८० प्रतिशत प्रिमियम सरकारले व्यहोर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी बर्षको बजेट सार्वजनिक गर्दै कृषि बीमाको प्रिमियम सरकारले ८० प्रतिशत ब्योहोर्ने जानकारी दिएका हुन् ।
यसअघि ७५ प्रतिशत सरकारले ब्योहोर्ने गरेको थियो। सरकारले कृषि क्षेत्रको बजेट ५५ अर्ब ९७ करोड रुपैयाँ छुट्याएको छ ।
सरकारले कृषि उत्पादन बढाउन प्रधानमन्त्री र विभागीय मन्त्रीसहितको संयन्त्र बनाउने भएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९ १७:१६