Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रधानमन्त्री देउवाले भने-‘जनमतको कदर गर्नुको विकल्प छैन’
प्रधानमन्त्री देउवाले भने-‘जनमतको कदर गर्नुको विकल्प छैन’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ १५, २०७९
Hardik health
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वभौम जनता नै निर्णायक शक्ति भएकाले जनमतको कदर गर्नुको विकल्प नभएको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा सांसदका जिज्ञासाको जवाफ दिँदै उनले साधन र स्रोतको सीमितताका बीच पनि स्थानीय तहको निर्वाचन समग्रतामा शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताए । उनले शनिबार प्रतिनिधिसभाको बैठकमा सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सम्बन्धमा भएको छलफलमा सांसदहरूले राखेका धारणा, सरोकार, जिज्ञासा तथा सुझावहरूका विषयमा स्पष्ट पारेका हुन् । राष्ट्रपतिबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई यही जेठ १० गते सम्बोधन गरेकी थिइन् । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको अवरोध हटेर संसदीय प्रक्रिया पुनः सञ्चालन गराएकामा प्रमुख प्रतिपक्ष दललाई धन्यवाद दिँदै रचनात्मक स्वस्थ र मर्यादित बहसबाट संसद्को गरिमा कायम राख्न सकिने उल्लेख गरे । ‘नागरिकले संसद्भित्रका हाम्रा गतिविधिलाई नजिकबाट नियालिरहेका छन् । संसदीय मूल्य र मान्यतालाई थप परिष्कृत बनाउँदै हाम्रो लोकतान्त्रिक अभ्यासलाई सुसंस्कृत बनाउनेतर्फ हामी सबैको ध्यान जान जरुरी छ,’ उनले भने । सांसदहरूबाट छलफलको क्रममा उठाएका विषय र प्रस्तुत गरिएका संशोधन प्रस्तावप्रति सरकारको ध्यानाकर्षण भएको बताउँदै उनले कार्यान्वयन हुनसक्ने विषयको सान्दर्भिकता र उपयुक्तता हेरेर सरकारले आगामी दिनमा सम्बोधन गर्दै जाने बताए । प्रधानमन्त्री देउवाले दोस्रो कार्यकालका लागि भर्खरै सबै स्थानीय तहको निर्वाचन सम्पन्न भएको बताउ“दै पहिलोपटक एकैसाथ सबै स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको उल्लेख गरे । ‘निर्वाचनको निष्पक्षताका बारेमा केही माननीय सदस्यले चासो राख्नुभएको छ । यससम्बन्धमा सरकारको धारणा स्पष्ट पार्न चाहन्छु । देशभरि एकैपटक एकैसाथ निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण विषय थियो । साधन र स्रोतको सीमितताका बीच पनि निर्वाचन समग्रतामा शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको छ । छिटपुट घटनालाई लिएर निर्वाचनको समग्र प्रक्रिया र परिणाममा संशय व्यक्त गर्नु उपयुक्त हुँदैन । सार्वभौम जनता नै यसको निर्णायक शक्ति भएकाले जनमतको कदर गर्नुको विकल्प छैन,’ प्रधानमन्त्री देउवाले भने । नीति तथा कार्यक्रमले हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्दै ऊर्जा, पर्यटन, यातायात, कृषि र सूचना प्रविधिलाई विकासको मुख्य संवाहक क्षेत्रका रूपमा अघि बढाएको उनले बताए । उत्पादन, उत्पादकत्व, रोजगारी र आय वृद्धि, पूर्वाधार निर्माण, मानवपुँजी निर्माण, आय असमानता र बहुआयामिक गरिबीको दरमा कमी, दिगो विकास र पर्यावरणीय सन्तुलन, संघीयताको सुदृढीकरण र सुशासनलाई प्राथमिकतामा राखेको उनले स्पष्ट पारे । यस नीतिमा वित्तीय एवं मौद्रिक नीतिबीच संयोजन कायम गरी अर्थतन्त्रलाई बाह्य जोखिमबाट मुक्त गर्न र तरलता व्यवस्थापन गर्न विशेष ध्यान दिइएको उनको भनाइ थियो । नेपालले असंलग्न स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपाल सरकार राष्ट्रिय हितलाई सर्वोपरि राखी सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा छिमेकीलगायत सबै मित्रराष्ट्रस“गको सम्बन्धलाई थप प्रगाढ बनाउन प्रतिबद्ध रहेको बताए । यसैबीच सरकारको नीति तथा कार्यक्रम शनिबार प्रतिनिधिसभाबाट पारित भएको छ । शनिबारको बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको प्रधानमन्त्रीले जवाफ दिएपछि प्रतिनिधिसभा बैठकमा उपस्थित सांसदहरुको बहुमतबाट नीति तथा कार्यक्रम पारित भएको हो । सरकारले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छ ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १०:२९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP