Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
प्रवास
  • Home
  • प्रवास
  • सशक्त बन्दै वडा नागरिक मञ्च
सशक्त बन्दै वडा नागरिक मञ्च
admin123
admin123 सोमबार, कात्तिक ८, २०७३
download (5)
Hardik health
स्थानीय निकाय अन्य सरकारी निकाय जस्तो होईन, यो स्थानीय सरकार हो । यो आफैमा स्वायत्त हुन्छ । यसले थुप्रै निर्णयहरु आफै गरेर कार्यान्वयन गर्न सक्दछ । जनताले छानेर पठाएका प्रतिनिधिहरुले चलाउने हो –स्थानीय निकाय । तर बिडम्वना एक दशक भन्दा बढि समय देखि स्थानीय निकायको निर्वाचन हुन सकिरहेको छैन । स्थानीय निकायहरु जनप्रतिनिधि बिहिन छन् । जनप्रतिनिधिहरुले सञ्चालन गर्ने स्थानीय निकाय कर्मचारीहरुको भरमा चलिरहेका छन् । जसका कारण लोकतन्त्रको उचित अभ्यास हुन पाईरहेको छैन भने जनताका सबै चाहनाहरु परिपूर्ति हुन सकिरहेका छैनन् । यसका बावजुत नेपाल सरकारले स्थानीय निकायको रुपमा रहने जिविस, नगरपालिका, गाविसहरुलाई जनता प्रति जवाफदेहि बनाउन बिभिन्न ऐन, नियम, निर्देशिकाहरु बनाएर लागु गरेको छ । सरकारले २०७१ सालमा सामाजिक परिचालन कार्यबिधि जारी गरि स्थानीय निकायमा जनप्रतिनिधि नहुँदाको अभावलाई कम गर्न गाविसका सबै वडाहरुमा वडा नागरिक मञ्चको व्यवस्था गरेको छ । जसलाई योजना तर्जुमा गर्ने देखि वडा स्तरमा हुने सबै खाले कार्यक्रमहरुको अनुगमन गर्ने, बिभिन्न अभियानहरुमा सहयोग गर्ने, वडावासीहरुको अगुवाई गर्ने, सहजिकरण गर्र्ने र निगरानी गर्ने सम्मको जिम्मेवारी दिईएको छ । समग्रमा स्थानीय निकायको निर्वाचनबाट निर्वाचित हुने वडाका जनप्रतिनिधिहरुले गर्ने सबै कामको जिम्मेवारी वडा नागरिक मञ्चलाई छ । वडा नागरिक मञ्चको गठन देखि सक्रियता सम्मका लागि जिविस, गाविस र अन्य सँघ, सँस्थाहरुले पहल गरिरहेका छन् । तर बिविध कारणले वडा नागरिक मञ्चहरु आशा गरिए अनुरुप सक्रिय हुन सकिरहेका छैनन् । यहि सन्दर्भमा नेपालमा जवाफदेहिता कार्यक्रम (प्रान –२) अन्र्तगत बासले बाँकेका १० वटा गाविसहरुमा सार्वजनिक बित्त व्यवस्थापन परियोजना सञ्चालन गरिरहेको छ । जसले वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्रलाई सक्रिय बनाउन सहयोग गर्ने, क्षमता अभिबृद्धि गर्ने लगाएतका कार्यहरु गरिरहेको छ । जसबाट अनुभुत हुने खालका परिवर्तनहरु भईरहेका छन् । बासद्धारा सञ्चालित सार्वजनिक बित्त व्यवस्थापन परियोजना सञ्चालित १० वटा गाविसहरु मध्येको एक हो – बागेश्वरी गाविस । जुन गाविस अन्र्तगत रहेका वडा नागरिक मञ्चहरुलाई प्राविधिक सहयोग गर्ने र बिभिन्न बिषयहरुमा तालिम प्रदान गर्ने काम भएको थियो । जसको प्रभाव उनीहरुको सक्रियताबाट देखिएको छ । नियमित र व्यवस्थित बैठक बस्ने, बैठकमा व्यापक छलफल गर्ने, निर्णय गर्ने र कार्यान्वयन गर्ने गरेका छन् । यहि क्रममा २०७३ साउन १६ गते वडानम्वर ३ को वडा नागरिक मञ्चको नियमित बैठक बस्यो । बैठकमा सहभागि सदस्यहरुले वडाको विकास निर्माणका लागि गाविसबाट बिनियोजन गरिएको रकम बारे जिज्ञाशा राखे । वडा नागरिक मञ्चका सदस्य भरत परियारले वडा स्तरबाट योजना छनौट गरि गाउँ परिषदमा सिफारिस गरि पठाईएका योजनाहरु मध्ये बाटो ग्राभेलका लागि छुट्याईएको ४५ हजार रकम खर्च भएको र बाँकी अर्काे बाटोका लागि बिनियोजन गरिएको रकम रु. २ लाखका बारेमा बैठकमा जिज्ञाशा राखे । उक्त जिज्ञाशाको उत्तर सकैले पनि दिन नसकेपछि बैठकमा अन्यौलता छायो । परियोजना अन्र्तगत सम्पन्न भएका योजना तर्जुमा, लैंगिक, गरिवमूखि बजेट, सार्वजनिक खरिद लगाएतका तालिममा सहभागि भएका वडा नागरिक मञ्चका संयोजक खर्क बहादुर पुनले तत्काल जुक्ति निकाले–योजनाको बास्तविकताका बारेमा बुझ्न गाविस कार्यालयमा डेलिगेशन जाने । उनको प्रश्ताबमा सबै सहमत भए र गाविसमा डेलिगेशन जाने निर्णय भयो । बैठकको निर्णय बमोजिम बैठकद्धारा गठित डेलिगेशन समिति साउन १७ गते गाविस कार्यालय पूग्यो तर गाविस सचिव भेटिएनन् । साउन १८ गते पुनः ६ सदस्सिय डेलिगेशन समिति गाविस कार्यालय पूगेर छलफल गर्न सफल भए । डेलिगेशनमा वडा नागरिक मञ्चका संयोजक खर्क बहादुर पुन, सदस्यहरु भागिरथ सुनार, भरत बि.क., गणेश बहादुर क्षेत्री, केदार रिजाल र उवचन्द आचार्य सहभागि थिए । छलफलका क्रममा योजनासँग सम्वन्धित रजिष्टर, फाईलहरु हेर्ने काम भयो । हेर्दै, छलफल गर्दै जाँदा थाहा भयो –२०७२÷२०७३ का लागि बिनियोजन गरि खर्च भएको रकम रु. ४५ हजार मात्रै रहेछ, जुन बागेश्वरी गाविस वडानम्बर ३ बि गाउँको घरनम्वर १०५ देखि ९० नम्वर सम्मको बाटो मर्मतका लागि थियो । जुन काम सम्पन्न भईसकेको छ । अर्काे अन्यौल भएको २ लाख रकम २०७२÷२०७३ का लागि नभई २०७३÷२०७४ का लागि सोही वडाको क गाउँ बिहानी चौक देखि घननाथ योगीको घर सम्मको माटोपटान र ग्राभेलका लागि बिनियोजन भएको रहेछ, जुन काम हुन बाँकी छ । यसरी डेलिगेकशनका माध्यमबाट अन्यौलता हटाउने काम उक्त वडा नागरिक मञ्चबाट भएको थियो । योजनाका बारेमा अन्यौलता हुँदा छलफल हुनु र डेलिगेशन जाने निर्णय गर्न सक्ने क्षमता परियोजना अन्र्तगत सम्पन्न भएका बिभिन्न तालिमले अभिबृद्धि गरेको वडा नागरिक मञ्चका संयोजक खर्क बहादुर पुनले बताए । वडामा बिनियोजन भएका योजनाहरु बारे मलाई अन्यौलता भएपछि मैले बैठकमा राखे वडा नागरिक मञ्च, वडानम्बर ३ बागेश्वरीका भरत बि.क.ले भने – बैठकले डेलिगेशन जाने निर्णय भयो, जुन डेलिगेशनमा मलाई पनि सहभागि गराईयो, डेलिगेशनबाट म लगाएत सबैको अन्यौलता समाप्त भयो । वडा नागरिक मञ्चका संयोजक खर्क बहादुर पुन वडा नागरिक मञ्चको बैठकलाई व्यवस्थित गर्न जान्दा, पारदर्शिता र जवाफदेहिताका बारेमा थाहा पाउँदा समस्या समाधान गर्न सक्ने भएको बताउँछन् उनी थप्छन् जसको श्रेय बासलाई जान्छ, जसले सार्वजनिक बित्त व्यवथापन परियोजना सञ्चालन गरेर हामीलाई जगाएको छ । बागेश्वरी गाविसका सचिव उत्तम सिंह सोंढी वडा नागरिक मञ्चका सदस्यहरु योजनाका बारेमा चाँसो राख्दै दिनहुँ डेलिगेशन आईरहेको बताउँछन् । यसबाट गाविसको सेवा प्रवाहमा समेत सहज भएको छ । यस्तो जागरुकता बागेश्वरी गाविसमा सार्वजनिक बित्त व्यवस्थापन परियोजना सञ्चालन हुनु अघि थिएन –उनले भने ।
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७३  १६:२७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP