Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विचार
  • Home
  • विचार
  • काम नगर्ने ठेकेदारलाई संरक्षण किन ?
काम नगर्ने ठेकेदारलाई संरक्षण किन ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ ८, २०७९
Ncell
Hardik health
नेपालको सडकहरुको स्थिति एकदमै कहालीलाग्दो छ । सडकभरि खाल्डाखुल्डीबाहेक अरु केही देखिँदैन । जता पनि खाल्डैखाल्डा र भ्वाङ नै भ्वाङ भेटिन्छ । सडकमा सवारीसाधन गुडाउन र सर्वसाधारण ओहोरदोहोर गर्न निकै सकस पर्छ । सडकको यो दुर्गति देखेर सर्वसाधारण आजित भइसकेका छन् । तर राज्यको ध्यान जाँदैन । सरकार नै कमिसनमा लुटपुट हुँदा कालोपत्रे गरेको महिना दिन नपुग्दै सडकहरु भत्किन्छन् । अझ हाम्रो मुलुकमा असारे विकास गर्ने प्रवृत्ति हावी छ । असारमा गरेको विकासको फल साउन नलाग्दै पाइन्छ । जनताको आँखामा छारो हाल्न गरिएको विकास बालुवामा पानी हालेसरह बनेको छ । जनताले तिरेको कर र विकासको नाममा छुट्याइएको बजेट अनावश्यक खेर गइरहेको छ । निर्माण व्यवसायीहरुले जनताले विकास गर्ने भनेर बजेट झ्वाम्म पार्ने काम मात्र गरिरहेका छन् । पर्याप्त मात्रामा बजेट दिइए पनि कमसल काम गर्छन् । गुणस्तरहीन सामानको प्रयोग गरी गरिएको निर्माण दुई महिना पनि राम्रोसँग टिक्दैन । बनाउँदाबनाउँदै पुल भत्किनु, कालोपत्र गरेकै दिन उप्किनु यो नेपालीको लागि नौलो कुरा रहेन । ‘थर्ड क्लास’ सामानको प्रयोग गर्छन् र सरकारी कर्मचारीको मिलोमतोमा पास गर्दछन् । जति तलब र सेवासुविधा दिए पनि नपुग्ने सरकारी कर्मचारीहरु सधैँ भ्रष्टाचार गर्न तम्सिछन् । यस्ता घुसखोरी कर्मचारीका कारण विकासको नाममा विनास भइरहेको छ । जस्तो काम गरे पनि सरकारले अनुगमन गर्दैन । सरकारले नै निर्माण व्यवसायीलाई छाडा छोडेको बुझिन्छ । सरकारले यिनीहरुलाई निर्माण व्यवसायी भने पनि जनताले चिन्ने त दलाली भनेरै हो । अर्कोतिर जनताले ठेकेदारको पनि संज्ञा दिन्छन् । दलालको काम जहाँ गए पनि दलाली गर्ने हो । चाहे त्यो सरकार नै किन नहोस् । यस्ता ‘कामचोर’ ठेकेदारबाट राज्यलाई केही फाइदा छैन ।राजनीतिक पार्टीको झोले भएपछि दलालहरुलाई कसैले छुने हिम्मत राख्छ ? उसको समर्थनमा राजनीतिक दल आफैं छन् । पहिलो कुरा राजनीतिक दल आफैं पनि दलाल हुन् । विभिन्न देशका दलाल । अनि एउटा दलाल अर्कोसँग नमिल्ने कुरा पनि रहेन । पार्टीलाई चन्दा दिएर, सरकारी कर्मचारीलाई घुस खुवाएर ठेक्का आफ्नो हातमा पार्छन्, निर्माण व्यवसायी । काम सुरु गर्नुअघि नै ३० प्रतिशत रकम खोज्छन् । अनि त्यो रकम व्यापार, व्यवसायमा लगानी गर्दछन् । तर, दिएको काम गर्नचाहि“ आलटाल गर्छन् । पाँच वर्षमा सकिने भनेको काम १५ वर्षसम्म पनि सकाउँदैनन् । तर, पनि सरकारले कारबाही गर्न चासो देखाएको पाइँदैन । अनि वर्षैपिच्छे बजेट थप्न लगाउँछन्, व्यवसायीहरु । तीन करोडमा भएको सम्झौता काम सकाउँदासम्म त्यसको तेब्बर सकिन्छ । ठेकेदारहरुले मुलुकमा लुटतन्त्र चलाएका छन् । तैपनि सरकार यिनीहरुको सामु ‘चु’ पनि गर्न सक्दैन । देशमा यिनीहरुको के योगदान छ ? सरकार यस्ता व्यवसायीहरुकै अघिपछि गर्छ । सरकार ठूलो कि निर्माण व्यवसायी ? त्यस्तै, हो भने सरकार नै यिनीहरुलाई सुम्पिए भइहाल्यो नि † ठेकेदारहरुको पावर यति छ कि उनीहरुले चाहे भने सडक विभागकै कर्मचारी सरुवा गरिदिन्छन् । सजिलै ठेक्का पाए भने ठिकै हो होइन भने नखाएको आरोप पनि लगाइदिन्छन् । जुन ठेकेदारले बढी कमिसन दिन्छ त्यसैलाई ठेक्का पार्ने प्रवृत्ति हामीमा छ । त्यसैले त जस्तो काम गरे पनि ठेकेदारलाई केही भनिँदैन । निर्माण क्षेत्रमा पनि सिण्डिकेट छ । नया“ व्यवसायी आउनमा बन्देज लगाइएको छ । यो क्रमलाई रोक्न जरुरी छ । -अनुप राई, टोखा
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १२:०९
#अनुप_राई
प्रतिक्रिया दिनुहोस्
थप विचार
एसियाली खेलकुदमा स्वर्ण पदकको प्रतीक्षा
एसियाली खेलकुदमा स्वर्ण पदकको प्रतीक्षा शनिबार, असोज ३, २०८३
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार ! शुक्रबार, असोज २, २०८३
बदलिँदो विश्व व्यापारमा नेपालको रणनीति
बदलिँदो विश्व व्यापारमा नेपालको रणनीति शुक्रबार, असोज २, २०८३
पर्यटन उद्योग विकासको मार्गचित्र
पर्यटन उद्योग विकासको मार्गचित्र बिहीबार, असोज १, २०८३
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश बुधबार, भदौ ३१, २०८३
घर बगेकालाई मात्र होइन, आधार गुमाएकालाई पनि राहत
घर बगेकालाई मात्र होइन, आधार गुमाएकालाई पनि राहत मंगलबार, भदौ ३०, २०८३
नेपालले पाउनुपर्ने जलवायु न्याय
नेपालले पाउनुपर्ने जलवायु न्याय आइतबार, भदौ २८, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP