Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पालिका प्रमुखमा बढ्यो महिला प्रतिनिधित्व
पालिका प्रमुखमा बढ्यो महिला प्रतिनिधित्व
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ ८, २०७९
Ncell
Hardik health
काठमाडौं- २०७२ मा संविधान जारी भएपछि देशमा दोस्रोपटक स्थानीय तहको निर्वाचन भएको छ । अधिकांश तहको अन्तिम परिणाम आएपनि पाँच महानरपालिका, सात उपहानगरपालिका र केही नगरपालिकाको अन्तिम परिणाम आउन बाँकी छ । राजनीतिक दलले उम्मेदवारी दि“दा प्रमुख या उप्रमुखमध्ये एक पदमा महिला उम्मेदवार अनिवार्य गर्नुपर्ने संवैधानिक व्यवस्था छ । पालिकाको नेतृत्व तहमा महिलाको सहभागिता बढाउन यस्तो व्यवस्था गरिएको हो । तर, पनि यसमा दलहरू अनुदार देखिए । २०७४ मा भएको स्थानीय निर्वाचनमा ७५३ स्थानीय तहमध्ये केही सीमित तहमा मात्र महिलालाई प्रमुखको उम्मेदवार बनाइयो । त्यसमा पनि जम्मा १८ जना महिला पालिका प्रमुखमा निर्वाचित भए । बाँकी ७३५ पालिकाको प्रमुखमा पुरुष चुनिए । अघिल्लो चुनावको तुलनामा पालिका प्रमुखमा महिलाको संख्या केही बढेपनि सन्तोषजनक भने छैन । दलहरूको बीचको तालमेलका कारण प्रमुख पदमा महिलालाई उम्मेदवारी पाउनै सकस भयो । पाएको ठाउ“मा पनि पार्टीभित्रकै असहयोगले हार ब्यहोर्नु पर्‍यो । पछिल्लो मतपरिणाम अनुसार २२ जना महिला पालिका प्रमुखमा निर्वाचित भएका छन् । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिइरहेका छन् । उनले जिते यो संख्या बढ्ने छ । भरतपुरमा मतगणना जारी छ । निर्वाचन आयोगको तथ्यांक अनुसार प्रदेश १ मा पाँच, मधेश प्रदेशमा तीन, बामगती प्रदेशमा पाँच, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा दुई, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा दुईवटा पालिकाको प्रमुखमा महिला उम्मेदवार निर्वाचित भएका छन् । खोटाङको जन्तेढुंगा गाउँपालिकाको अध्यक्ष नेकपा माओवादी केन्द्रबाट अरुणदेवी राई निर्वाचित भइन् । उनले २ हजार ८८१ मत ल्याइन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका शंखरबहादुर राईले २ हजार ५७५ मत ल्याए । खोटाङकै हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी विमला राई विजयी बनिन् । उनले छ हजार ३१७ मत ल्याउ“दा उनका प्रतिस्पर्धी नेकपा एमालेका खडेन्द्र राईले पाँच हजार ९६६ मत ल्याए । मोरङको कानेपोखरी गाउँपालिकाले पनि महिला प्रमुख पाएको छ । गाउँपालिकाको अध्यक्ष्ँमा राजमति इङनाम निर्वाचित भइन् । एमालेकी राजमतिले राजमतिले ८ हजार ९७५ मत ल्याइन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका सञ्जय भट्टराईले पाँच हजार ८४६ मत ल्याए ।अध्यक्षमा निर्वाचित राजमति अघिल्लो निर्वाचनमा उपाध्यक्ष चुनिएकी थिइन् । यस्तै, सोलुखुम्बुको लिखु पिके गाउ“पालिका अध्यक्षमा कांग्रेसकी मिनादेवी कार्की निर्वाचित भइन् । उनी एक हजार २६० मत ल्याइ निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका डम्बरबहादुर बस्नेतले एक हजार ११३ मत ल्याए । उपाध्यक्ष भने नेपाली कांग्रेसकै ङावाङ लाक्पा शेर्पा विजयी भएका छन् । झापाको विर्तामोड नगरपालिकाको मेयरमा नेकपा एमालेकी पवित्रादेवी महतारा निर्वाचित भएकी छन् । उनले १६ हजार ५२० मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भोजराज सिटौलाले १२ हजार ७६२ मत ल्याएका निर्वाचन आयोगले जनाएको छ । उपमेयरमा भने एमालेकै नगेन्द्र प्रसाद संग्रौला निर्वाचित भएका छन् ।१३७ स्थानीय तह रहेको प्रदेश १ मा पाँच पालिकाको नेतृत्वमा महिला आएको देखिन्छ । यस्तै, १३६ स्थानीय तह रहेको मधेश प्रदेशमा तीन पालिकाको प्रमुख मात्र महिला चुनिएका छन् । निर्वाचन आयोगका अनुसार सप्तरीको सुरूङगा नगरपालिका, रौतहटको मौलापुर नगरपालिका र रौतहटकै ईशनाथ नगरपालिकाको मेयरमा महिला निर्वाचित भएका हुन् । सुरूङगामा नेपाली कांग्रेसकी गीता चौधरी सात हजार २९२ मतसहित निर्वाचित भइन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका राम नारायण चौँधरीले चार हजार २१७ मत पाए। उपमेयरमा नेपाली कांग्रेसका रुद्रबहादुर कार्की विजयी भएका छन् । मौलापुरको मेयरमा नेकपा एमालेकी रीना कुमारी साह विजयी बनिन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् । उनले पा“ हजार ५६४ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रामप्रवेश राय यादवले तीन हजार ६२ मत ल्याए । उपमेयरमा एमालेकै नागेन्द्र प्रसाद यादव विजयी बनेका छन् । ईशनाथ नगरपालिकाको मेयरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की कौशल्या देवी निर्वाचित भइन् । उनले छ हजार २८२ मत ल्याइन् । उनका प्रतिस्पर्धी एमालेका सतोष कुमार मेहताले पा“च हजार ३०७ मत ल्याएको आयोगको तथ्यांका उल्लेख छ । उपमेयरमा भने लोसपाकै मो. परवेज विजयी बनेका छन् । ११९ स्थानीय तह रहेको बागमती प्रदेशमा पनि पाँच पालिकाको नेतृत्वमा महिला चुनिएका छन् । यसमा एक उपमहानगरपालिका पनि छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामाले बाजी मारिन् । लामाले २३ हजार ८० मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका अनन्त प्रसाद पौडेलले २० हजार ९०८ मत ल्याए।हेटौंडाको उपमेयरमा नेपाली कांग्रेसका राजेश बानिया“ निर्वाचित भए ।मीना अघिल्लो निर्वाचनमा उपमेयर निर्वाचित भएकी थिइन् । यस्तै, चितवनको माडी नगरपालिकामा एमालेकी तारा कुमारी काजी महतो नौ हजार ९०१ मतसहति प्रमुख निर्वाचित भइन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका ऋषिराम काफ्ले सात हजार ७२९ मतमा समेटिए । माडीको उपप्रमुखमा भने नेपाली कांग्रेसका खेमप्राद महतोले निर्वाचित भए । बागमती प्रदेश अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रकी दीपा बोहरा (दाहाल) निर्वाचित भइन् । उनले पाँच हजार ३७३ मत ल्याइन् । उनका प्रतिस्पर्धी एमालेका रोमनराज गिरीले पाँच हजार ९८ मत पाए । उपाध्यक्षमा नेपाली कांग्रेसका कपिल कुमार कोइराला विजयी भएका छन् । दीपा दोस्रो कार्यकालका लागि निर्वाचि भएकी हुन् । सिन्धुलीकै फिक्कल गाउँपालिका अध्यक्षमा नेकपा एमालेकी उम्मेदवार पार्वती सुनुवार चार हजार ६२ मतसहित निर्वाचित भइन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नृपबहादुर भुजेलले चार हजार १७ मत ल्याए । उपाध्यक्षमा एमालेका राजु बराल विजयी बनेका छन् । पार्वती अघिल्लो स्थानीय निर्वाचनमा उपाध्यक्ष निर्वाचत भएकी थिइन् । काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिकाले पनि प्रमुखमा महिलालाई पाएको छ । चौंरीदेउरालीको प्रमुखमा नेकपा माओवादी केन्द्रकी रेणुका चौलागाईं निर्वाचित भइन् । उनले छ हजार २२८ मत पाइन् । उनका प्रस्पिर्धी एमालेका जित राम लामाले पा“च हजार ४६३ मत ल्याएका छन् । उपाध्यक्षमा भने नेपाली कांग्रेसका शेरबहादुर लामा विजयी भएका छन् । ८५ स्थानीय तह रहेको गण्डकी प्रदेशको मात्र तीन स्थानीय तह प्रमुखमा महिला निर्वाचित भएका छन् । बागलुङको बडिगाड गाउँपालिका, पर्वतको मोदी गाउ“पालिका र पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको अध्यक्ष्ँमा महिला निर्वाचित भएका छन् । बडिगाडको अध्यक्षमा नेपाली कांग्रेसकी गण्डकी थापा अधिकारी निर्वाचित भइन् । उनले सात हजार २७३ मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी एमालेका राजन कुमार पाईजाले पाँच हजार ८१४ मत पाए । उपाध्यक्षमा नेपाली कांग्रेसका भीमसेन वन निर्वाचित भए । मोदी गाउँपालिका प्रमुखमा एमालेकी हिरादेवी शर्मा विजयी भइन् । उनले छ हजार १९ मत ल्याइन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका गुप्त बहादुर ठकुरीले चार हजार ६८० मत ल्याए । उपाध्यक्षमा एमालेकै विमल लामिछाने विजयी बनेका छन् । त्यस्तै, पूर्वी नवलपरासीको हुप्सेकोट गाउ“पालिकामा नेपाली कांग्रेसकी लक्ष्मीदेवी पाण्डे विजयी भइन् । उनले छ हजार ४५५ मत ल्याउ“दा उनका प्रतिस्पर्धी एमालेका चेतबहादुर रानाले पाँच हजार ७४१ मत पाए ।१०९ स्थानीय तह रहेको लुम्बिनी प्रदेशमा दुई पालिकामात्र महिला प्रमुख निर्वाचित भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिकाको अध्यक्षमा एमालेकी सरस्वती दर्लामी (चिदी) निर्वाचित भइन् । उनले छ हजार ४६६ मत ल्याउ“दा उनकी प्रतिस्पर्धी कांग्रेसकी सुनिता अधिकारीले पा“च हजार ६३३ मत ल्याइन् । गाउ“पालिकाको उपाध्यक्षमा एमालेकै हरि प्रसाद पाठक विजयी भए । यस्तै, पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा एमालेकी विमला अर्याल निर्वाचित भइन् । उनले १४ हजार ८३८ मत ल्याउँदा निकटमत प्रतिस्पर्धी कांग्रेसका अर्जुन कुमार पोखरेलले ११ हजार ६२० मत ल्याए। उप्रमुखमा एमालेकै सूर्य प्रसाद दुवे निर्वाचित भएका छन् ।७९ स्थानीय तह रहेको कर्णाली प्रदेशमा पनि दुई पालिकाको नेतृत्वमा मात्र महिला पुगेका छन् । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुख एमालेकी मोहनमाया ढकाल निर्वाचित भइन् । अघिल्लो कार्यकालमा उनी उपमेयर निर्वाचित भएकी थिइन् ।ढकालले १६ हजार ३८ मत ल्याउ“दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्र खड्काले १५ हजार ४८४ मत पाए । उपमेयरमा एमालेकै नीलकण्ठ खनाल निर्वाचित भएका छन् । यस्तै, दैलेखको भैरवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रिता कुमारी शाही निर्वाचित भइन् । उनले तीन ९७६ मत पाइन् । उनका प्रतिस्पर्धी एमालेका सर्वराज महताराले तीन हजार ९६० मत पाए । उपाध्यक्षमा पनि कांग्रेसकै देवी भण्डारी विजयी भएकी छन् ।८८ स्थानीय तह रहेको सुदूरपश्चिम प्रदेशबाट दुई वटा मात्र पालिकाको नेतृत्व महिलाको हातमा गएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका र कैलालीको लम्की चुहा नगरपालिको प्रमुखमा महिला निर्वँचित भएका हुन् । पञ्चदेवल विनायकमा कांग्रेसकी अम्बिका कुमारी चलाउने निर्वाचित भइन् । उनले तीन हजार ६५३ मत ल्याइन् । उनकी प्रतिस्पर्धी माओवादी केन्द्रका राम बहादुर विकले तीन हजार १७२ मत पाए । उपमेयरमा कांग्रेसकै हर्कबहादुर रावल निर्वाचित भएका छन् । लम्की चुहा नगरपालिकाको प्रमुखमा पनि नेपाली कांग्रेसकै सुशीला शाही विजयी भएकी छन् । उनले १२ हजार ७१३ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका महादेव बजगाईंले १० हजार ४३५ मत पाए । उपप्रमुखमा एमालेकी जुना चौधरी विजयी भइन् ।
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताको भेट
प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताको भेट सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशनः ९१ प्रतिशत वडामा टुंगियो
कांग्रेसको वडा अधिवेशनः ९१ प्रतिशत वडामा टुंगियो सोमबार, असोज ५, २०८३
एमालेमा किचलोः ओलीले स्वीकारेनन् उमेर हद र दुई कार्यकालको प्रस्ताव
एमालेमा किचलोः ओलीले स्वीकारेनन् उमेर हद र दुई कार्यकालको प्रस्ताव सोमबार, असोज ५, २०८३
नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि
नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि सोमबार, असोज ५, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै सोमबार, असोज ५, २०८३
कांग्रेस महाधिवेशनः ७३ जिल्लाका ६१३२ वडामा सकियो अधिवेशन
कांग्रेस महाधिवेशनः ७३ जिल्लाका ६१३२ वडामा सकियो अधिवेशन आइतबार, असोज ४, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP