Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राष्ट्रपति सी काठमाडौंमा
राष्ट्रपति सी काठमाडौंमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज २६, २०७६
Hardik health
काठमाडौं– दुईदिने राजकीय भ्रमणका क्रममा चिनिया“ राष्ट्रपति सी चिनफिङ काठमाडौं आइपुगेका छन् । शनिबार अपराह्न राष्ट्रपति सी भारतको चेन्नईबाट सी एयर चाइनाको विषेश विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् । छिमेकी मात्र नभएर विश्वकै शक्तिशाली व्यक्तिŒवमा पर्ने हुनाले उनको नेपाल भ्रमणलाई नेपालले अत्यन्तै उच्च प्राथमिकता दिएको छ । त्यसो त छिमेकी मुलुक भए पनि दुई दशकसम्ममा पनि चीनका उच्च तहबाट भ्रमण भएको थिएन । यो भने २३ वर्षपछिको चिनिया उच्चतहको भ्रमण हो । पछिल्लो २३ वर्षमा नेपालको राजकीय भ्रमण गर्ने सी पहिलो चिनिया“ राष्ट्रपति भएका छन् । यसअघि सन् १९९६ मा चिनिया“ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गरेका थिए । त्यसयता चिनिया“ उच्च तहबाट भ्रमण भएको थिएन । राष्ट्रपति सीलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली र सरकार विभिन्न मन्त्री र उच्च पदस्थ अधिकारी विमानस्थल पुगेका थिए । विमानस्थलमा नेपाली सेनाको विशेष टुकुडीले राष्ट्रपति सीलाई सम्मान गारत (गार्डअफ अनर) दिएको छ । त्रिभुवन विमानस्थलदेखि सोल्टी होटलसम्म उनी सवार हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले उनको स्वागत गरेका थिए । राष्ट्रपति सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनको स्वागतका लागि कर्मचारी र सर्वसाधारण ४ बजेदेखि नै सडकमा दुवै देशको झन्डा लिएर स्वागतका लागि प्रतिक्षारत थिए । राष्ट्रपति सी विमानस्थलबाट सोल्टी होटेलमा जा“दा सडकका दुवै किनारामा रहेका कर्मचारी, युवा, विद्यार्थी, बालबालिका र सर्वसाधारणले उनलाई नेपाल र चीनको झन्डा हल्लाएर स्वागत गरेका थिए । उनलाई विभिन्न जातजातिको पहिचान झल्कने झा“की, पञ्चैबाजा र नाचले समेत स्वागत गरिएको थियो । तीनकुने, नया“ बानेश्वर र बबरमहल, माइतीघर मण्डल, थापाथली, त्रिपुरेश्वर, कालीमाटी र सोल्टीमोडसम्म उनको स्वागतका लागि सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियोे । राष्ट्रपति सीलाई स्वागतका लागि बनाइएका स्वागतद्वार, परम्परागत संस्कृति झल्कने ब्यानर, सडकको दुवैतर्फ राखिएका फूलसमेत राखिएको थियो । उनी त्रिभुवन विमानस्थलमा ओर्लिएस“गै सवारी मार्गलाई खाली गरिएको थियो । चिनिया“ विशिष्ट पाहुनाको आवागमन हुने सडकमा ठाउ“ठाउ“मा ‘सर्वोच्च शिखर सगरमाथाजस्तै उ“चो नेपाल चीन मैत्री’, ‘नेपाल चीन मित्रता विशाल, गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ’ लेखिएका ब्यानर र स्वागतद्वार बनाइएका थिए । सलामीपिछ राष्ट्रपित सी त्रिभुवन विमानस्थलबाट कालीमाटीस्थित होटल सोल्टी पुगेका छन् । राष्ट्रपति भण्डारीले समकक्षी सीको सम्मानमा आज सा“झ रात्रिभोज आयोजना गरेकी छन् । होटल सोल्टीमा हुने रात्रिभोजभन्दा अघि सी र नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भेट भएको थियो । उक्त भेट सोल्टी होटलमा वान टु वान भएको छ । सीले आइतबार बिहान नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालस“ग भेटवार्ता गर्ने कार्यक्रम छ । आइतबार नै प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच दुई पक्षीय औपचारिक वार्ता हुने कार्यक्रम छ । दुई नेताको उपस्थितिमा नेपाल–चीनबीच केही सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । राष्ट्रपति सी आइतबार दिउ“सो १ बजे स्वदेश फर्कनेछन् । सुरक्षामा २५ हजार प्रहरी राष्ट्रपति सीको नेपाल भ्रमणमा २५ हजार प्रहरी परिचालन गरिएको छ । उनको सुरक्षाका पहिलो लहरमा नेपाली सेनाले सुरक्षा दिएका छन् । राष्ट्रपति सीको सुरक्षाका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुुसन्धान विभागका कर्मचारी तैनाथ रहनेछन् । गृह मन्त्रालयले तयार पारेको सुरक्षा योजनाअनुसार भिभिआइपी सुरक्षाको पहिलो घेरामा नेपाली सेना रहनेछ । दोस्रो घेरामा प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरीको सुरक्षा घेरा रहेका छन् । राष्ट्रपति सीको नेपाल भ्रमणका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित हुने भएको छ । भिभिआइपी उडानका कारण शनिबारका दर्जनौ“ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान डिले भएका थिए भने अब आइतबार पनि दर्जनौ“ अन्तर्राष्ट्रिय उडान घन्टौ“ डिले हुने भएका छन् । त्रिभुवन अन्र्रा्ष्ट्रिय विमानस्थल स्रोतका अनुसार राष्ट्रपति सी सवार जेट विमान आउने र जाने बेला दुई घन्टा कुनै पनि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुने छैनन् । राष्ट्रपति सीको भ्रमण दलमा चिनिया“ कम्युनिस्ट पार्टी केन्द्रीय राजनीतिक ब्युरोका सदस्य, केन्द्रीय सचिवालयका सचिव, चिनिया“ कम्युनिस्ट पार्टी केन्द्रीय समिति कार्यालयका प्रमुख तिङ स्युए स्याङ, चिनिया“ कम्युनिस्ट पार्टी केन्द्रीय राजनीतिक ब्युरोका सदस्य, केन्द्रीय वैदेशिक मामिला समिति कार्यालयका प्रमुख याङ च्ये छ, राज्य परिषद्का सदस्य एवं परराष्ट्रमन्त्री वाङ यी, राष्ट्रिय राजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष एवं् राष्ट्रिय विकास तथा सुधार समितिका प्रमुख ह ली फङलगायत सहभागी छन् । ३० किलोमिटर सुरुङ मार्ग यसैबीच, चीनले काठमाडौ–केरूङ जोड्न चीनले ३० किलोमिटर लामो सुरुङ मार्ग बनाइदिने भएको छ । चिनिया“ राष्ट्रपति सीको शनिबारदेखि सुरू भएको राजकीय भ्रमण टुंगिनुअघि आइतबार अन्य सहमतिस“गै यसको पनि घोषणा हुने स्रोतको दाबी छ । स्रोतका अनुसार यो सुरूङ मार्ग अनुदानमै बनाइदिन चीन सरकार सहमत भएको छ । सुरूङ मार्ग दुई खण्डमा निर्माण हुनेछ । पहिलो खण्डले काठमाडौंको टोखा र नुवाकोटको छहरेलाई जोड्नेछ भने दोस्रो खण्डले रसुवाको बेत्रावती र स्याफ्रुबे“सीलाई जोड्ने सम्झौता हुने अन्तिम तयारीमा छ । अहिले अध्ययन भएको टोखा–छहरे खण्डको लम्बाइ चार किलोमिटर छ । दोस्रो खण्ड बेत्रावती–स्याफ्रुवेंसी सुरूङ हो । यो सुरूङ १७ देखि २४ किलोमिटर लामो हुनेछ । अहिले गरिएको प्रारम्भिक अध्ययनअनुसार स्याफ्रुबे“सीबाटै सुरू गरेर बेत्रावतीसम्म सुरूङ बनाउने हो भने त्यसको लम्बाइ २४ किलोमिटर हुने बताइएको छ । रसुवाको सदरमुकाम धुन्चेभन्दा केही माथिबाट सुरूङ सुरू गर्ने हो भने १७ किलोमिटर हुन्छ ।
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६  ०५:३९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP