Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नौ महिनापछि हट्यो संसद्को अवरोध
नौ महिनापछि हट्यो संसद्को अवरोध
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ ४, २०७९
Ncell
Hardik health
काठमाडौं- संघीय संसद्मा नौ महिनादेखि जारी अवरोध हटेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंगलबारदेखि संसद् बैठक नियमित चल्न दिएको हो । एमालेले गत २३ भदौदेखि संसद् बैठक निरन्तर अवरोध गर्दै आएको थियो । मंगलबारदेखि सुरु भएको संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठकमा एमालेले कुनै अवरोध गरेन । एमालेले नौ महिनादेखि जारी राखेको संसद् अवरोध अबदेखि नगर्ने निर्णय गरेको छ । बैठकको सुरुमै एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले देश नयाँ कोर्समा गएको र अर्थतन्त्रमा ठूलो संकट उत्पन्न भएकाले संसद् अवरोध खोल्ने निर्णय भएको जानकारी गराए । उनले आफ्नो पार्टीका असन्तुष्टिहरू कायम रहेको भए पनि देशको अर्थतन्त्रमा उत्पन्न संकटबारे गम्भीर छलफल गर्न संसद् चल्नु आवश्यक रहेको स्पष्ट पारे । एमालेले कारबाही गरेका सांसदहरुलाई सभामुख र अदालतले जोगाए पनि भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा जनताले उचित ढंगले फैसला गरेको उनको भनाइ छ । ‘दल विभाजनका लागि जस्केलाबाट अध्यादेश ल्याउनु र उद्देश्य पूरा भएपछि फिर्ता लिनु, त्यसमा सभामुख, अदालत जस्ता संवैधानिक निकाय सहयोगीजस्तो बन्नु गलत हो,’ उनले भने, ‘एमालेलाई फुटाएर लोकतन्त्रलाई बलियो बनाउने सपना देख्नेहरुको सपना पूरा हुने छैन ।’ मुलुकको आर्थिक अवस्था संकटमा रहे पनि सत्तारुढ दलहरु सत्ताको सेटिङमा मात्र केन्द्रित रहेको उनले आरोप लगाए । स्थानीय तह निर्वाचनमा अलोकतान्त्रिक गठबन्धन बनाएर एमालेलाई चौतर्फी घेराबन्दीमा पारेको उनले बताए । सत्ता गठबन्धनले सरकारी स्रोत र शक्तिको दुरुपयोग गरी निर्वाचन तथा मतगणनामा धाँधली गरेको आरोपसमेत ज्ञवालीले लगाए । एमालेले आफ्नो पार्टीले कारबाही गरेको १४ सांसदको कारबाहीको सूचना टा“स गर्नुपर्नेलगायत माग राखी अघिल्लो अधिवेशनदेखि निरन्तर बैठक अवरोध गर्दै आएको थियो । ११औं अधिवेशन सुरु संघीय संसद्को ११औं अधिवेशन (वर्षे÷बजेट अधिवेशन) मंगलबारदेखि सुरू भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाए । बैठकको प्रारम्भमै प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले आसनबाट उभिएर विरोध जनाएपछि सभामुखले एमालेका सांसद ज्ञवालीलाई बोल्न समय दिएका थिए । प्रि-बजेटको छलफलसम्बन्धी प्रस्ताव पेस प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रि–बजेटको छलफलसम्बन्धी प्रस्ताव पेस भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९÷८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् । उक्त प्रस्तावमाथिको छलफलका लागि आज र भोलि (जेठ ४ र ५ गते)को दिन तोकिएको छ । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्नेछ । आठ अध्यादेश पेस प्रतिनिधिसभाको बैठकमा विभिन्न आठ अध्यादेश पेस भएका छन् । मंगलबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले, ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८’, ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ र ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८’ पेस गरे । यसैगरी स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले, ‘औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९’ र ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९’ पेस गरे । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवले, ‘रेल्वे अध्यादेश, २०७८’ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ एवं ‘यौनहिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ पेस गरे ।  
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताको भेट
प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताको भेट सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशनः ९१ प्रतिशत वडामा टुंगियो
कांग्रेसको वडा अधिवेशनः ९१ प्रतिशत वडामा टुंगियो सोमबार, असोज ५, २०८३
एमालेमा किचलोः ओलीले स्वीकारेनन् उमेर हद र दुई कार्यकालको प्रस्ताव
एमालेमा किचलोः ओलीले स्वीकारेनन् उमेर हद र दुई कार्यकालको प्रस्ताव सोमबार, असोज ५, २०८३
नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि
नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि सोमबार, असोज ५, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै सोमबार, असोज ५, २०८३
कांग्रेस महाधिवेशनः ७३ जिल्लाका ६१३२ वडामा सकियो अधिवेशन
कांग्रेस महाधिवेशनः ७३ जिल्लाका ६१३२ वडामा सकियो अधिवेशन आइतबार, असोज ४, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP