Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
समाचार
  • Home
  • समाचार
  • सीमाका मुख्य नाकाहरू ७२ घण्टाका लागि सिल
सीमाका मुख्य नाकाहरू ७२ घण्टाका लागि सिल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख २८, २०७९
Ncell
Hardik health
मोरङ- स्थानीय निर्वाचनलाई मध्येनजर राख्दै विराटनगरस्थित नेपाल-भारत प्रवेशको मुख्य नाका ७२ घण्टाका लागि बन्द गरिँदैछ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार मतदान कार्यक्रम सम्पन्न नहुञ्जेल मंगलबार मध्यरातदेखि नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ आवतजावतमा रोक लाग्ने भएको हो । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मंगलबार राति १२ बजेबाट नेपाल-भारत सीमा क्षेत्रका सबै नाका सिल गर्दै मानिस तथा सवारीसाधन आवतजावतमा पूर्ण रूपमा रोक लगाइने बताए । प्रजिअ दाहालका अनुसार स्थानीय तह निर्वाचनलाई लक्षित गरेर ७२ घण्टाका लागि नाका सिल हुने भएको हो । निर्वाचनका लागि यसअघि, मोरङको सुन्दरहरैंचा नगरपालिकामा सम्पन्न नेपाल र भारतका सुरक्षा अधिकारीको संयुक्त बैठकले नाका सिल गर्ने निर्णय लिइसकेको छ ।यद्यपि अत्यावश्यकका रूपमा रहेका एम्बुलेन्स, बारुणयन्त्र, पेट्रोलिय ढुवानीका साधन, शव वहानलगायतका सेवालाई भने समन्वय गरेर सुचारु गरिने कार्यालयले जनाएको छ । मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले निर्वाचनलाई लक्षित गरेर सीमा क्षेत्रमा विशेष ढंगले सुरक्षा उपस्थिति बढाइएको बताएका छन् ।नाका क्षेत्र बन्द भएको अवस्थामा अवैध गतिविधि हुनसक्नेतर्फ सुरक्षा निकाय सचेत रहेको उनले जानकारी दिए । उनले भने,‘सीमा क्षेत्रमा सशस्त्र प्रहरीलगायतका अन्य सुरक्षा निकायसँग पनि समन्वय गरेर काम हुनेछ । सीमा बन्द हुँदा हुनसक्ने खालका अवैध गतिविधि नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको छ ।’त्यस्तै निर्वाचनलाई लक्ष्य गरी इलामसँग जोडिएका भारतीय सीमा पनि मंगलबार रातिदेखि बन्द गरिने भएको छ । सूर्योदय नगरपालिका–२ पशुपतिनगरको फाटकसहित र सन्दकपुर गाउँपालिका बिभिन्न नाकामा आवतजावतमा रोक लगाइने जनाइएको छ । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाद्वारा जारी सूचनामा मंगलबार रातिदेखि वैशाख राति १२ बजेसम्मका लागि नाका बन्द गरिने उल्लेख गरिएको छ । यसैबीच निर्वाचनलाई मध्यनजर गरी मंगलबारदेखि मादक पदार्थ बिक्री र सेवनमा समेत रोक लगाइएको छ । मदिरा सेवनका कारण विभिन्न खालका दुर्घटना हुनसक्ने भएकाले मदिरा कारोबार र सेवनमा रोक लगाइएको प्रशासनले जनाएको छ । यसैगरी कञ्चनपुरमा नेपाल–भारत सीमा नाका तीन दिन बन्द गरिने भएको छ । वैशाख ३० गते शुक्रबार मतदानकार्य सम्पन्न नभए सम्मका लागि जिल्ला जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । निर्वाचन सुरक्षा निर्देशिका २०७८ को दफा ६(झ)एवं जिल्ला सुरक्षा समिति कञ्चनपुरको निर्णय अनुसार सीमा नाका बन्द गर्ने निर्णय गरिएको छ ।निर्वाचनका लागि बाँके र बर्दियाको भारतसित जोडिएको सीमा नाका मंगलबार रातिदेखि बन्द हुने भएको छ । भारतसँग जोडिएका बाँके र बर्दियाका सीमा नाका ७२ घण्टाका लागि बन्द गर्न लागिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । यही शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि भन्दै मंगलबार राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि सीमा नाका बन्द गरिने उनले बताए । यसअघि खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको थियो । दुई पक्षीय बैठकले निर्वाचनको ४८ घण्टा अघि दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमा रोक लगाउने निर्णय भएको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  ११:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पारित भयाे लुम्बिनी प्रदेशको बजेट 
पारित भयाे लुम्बिनी प्रदेशको बजेट  बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा बुधबार, असार २०, २०८०
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै बुधबार, असार २०, २०८०
बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य बुधबार, असार २०, २०८०
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार बुधबार, असार २०, २०८०
दोहोरो अंकले बढ्यो नेप्से
दोहोरो अंकले बढ्यो नेप्से मंगलबार, असार १९, २०८०
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP