Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
अर्थ
  • Home
  • अर्थ
  • उद्योग र पर्यटन केन्द्रित योजना बनाउँदैछौँ: मन्त्री लामा
उद्योग र पर्यटन केन्द्रित योजना बनाउँदैछौँ: मन्त्री लामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख २१, २०७९
karchen tourism minister
Hardik health
कर्णाली- कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा,कार्चेनले उद्योग तथा पर्यटन क्षेत्रका योजना निर्माणमा जोड दिने बताएका छन् । कर्णालीको अर्थतन्त्र वृद्धिमा सघाउने उद्देश्य राखेर आगामी आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणमा उद्योग र पर्यटनका योजनामा जोड दिने मन्त्री लामाले बताएका हुन् । पर्यटन अर्थतन्त्र निर्माणको एक मुख्य खम्बा भएकाले मन्त्रालयले काक्रेबिहार, सुर्खेत चौघान पार्क, प्रदेशभरको पर्यटकीयस्थलको महत्वपूर्ण सूचना दिन सुर्खेत एयरपोर्टमा डिजिटबल बोर्ड राख्ने उनले  बताएका छन्  । “प्रदेश सरकारले बाह्य तथा आन्तरिक पर्यटकहरूको आकर्षणका लागि मुगु राराताल–डोल्पा से–फोक्सुण्ड ताल जोड्ने पैदलमार्ग निर्माण गर्ने योजना बनाएको छ”, मन्त्री लामाले भन्नुभयो, “सल्यानको कुपिण्डे दह, रुकुमको स्यार्पुताल, खारा जनयुद्ध सङ्ग्राहलय, कालिकोटको पचाल झरना, त्रिवेणी, पिली जनयुद्ध सङ्ग्राहलय निर्माण तथा विकासमा पनि जोड दिइनेछ ।” राराताल वरिपरिको पर्यटकीय सर्किट निर्माणलाई निरन्तरता दिइने उहाँले जनाउनुभयो । त्यस्तै बाह्य पर्यटकहरूको आगमनका लागि कर्णाली करिडोर निर्वाध सञ्चालन र सहज आवागमनका लागि पहल गर्ने, भेरी करिडोरअन्तर्गत डोल्पासम्मको आवागमन खतरामुक्त बनाउने खालका योजनालाई बढोत्तरी दिने उनको भनाइ थियो । लिमी भ्यालीलाई त्रिदेशीय पर्यटकीय गन्तव्य बनाउने पर्यटनमन्त्री लामाले कैलाश मानसरोवरको बेसक्याम्पका रूपमा रहेको हुम्लाको लिमी भ्यालीलाई त्रिदेशीय पर्यटकीय गन्तव्य बनाउने योजना निर्माणमा जोड दिइएको बताए । “मानसरोवर कैलाश दर्शन गर्न भारतीय धार्मिक पर्यटक पुग्छन्”, उनले भने, “अब नेपालसँगै चीनका पर्यटकसमेत त्यहाँ ल्याउन सकिन्छ । उनका अनुसार लिमी भ्यालीको सातौँ शताब्दीदेखिका गुम्बाको इतिहास, त्यहाँको महत्वपूर्ण कला, संस्कृति संरक्षण, संवद्र्धन र प्रवद्र्धन गरी पर्यटकहरूको आकर्षण थलो बनाउन सकिए यहाँको अर्थतन्त्र निर्माणमा सहयोग पुग्नेछ ।” विशेषगरी बाह्य पर्यटकलाई सिमकोट, दोजाम, कोरोन भ्याली, लिमी भ्याली, रानीसैना सैपाल हिमाल घुमाएर पुनः सिमकोट पुग्ने २१–२७ दिनको ‘कस्तुरी–नाहुर–वनचौँरी’ सर्किट निर्माण गर्ने योजना रहेको मन्त्री लामाले बताए । उद्योग विकासमा प्राथमिकता कर्णाली उद्योगमा विकास नभएको अवस्था औँल्याउँदै मन्त्रालयले अल्लो उत्पादन, जडीबुटी, काठ सिज्निङ (सुकाउने), सल्ली पिरल प्रशोधन उद्योग निर्माणको योजनालाई प्राथमिकता दिएको छ । सल्ली पिरल प्रशोधन उद्योगको दीर्घकालीन प्रभाव पर्ने र यसले मानव जीवनमा सकरात्मक प्रभाव पार्ने पर्यटनमन्त्री लामाले बताउनुभयो । त्यस्तै प्रदेशका खानीहरू आफ्ना मातहतमा राख्ने गरी प्रदेश सरकारले कानुन बनाउने तयारी गरेको उनको भनाइ छ । उद्योग मन्त्रालयले फोहर व्यवस्थापनका लागि इन्सिनेटर उद्योग निर्माण, प्लाष्टिक झोला निरुत्साहित गरी स्थानीय उत्पादनमा जोड दिने भएको छ । जलवायु अनुकूलनका लागि पानीका मूल तथा वन संरक्षण कार्यक्रम र सबै प्रकारका वनहरूको उचित व्यवस्थापन गर्ने कार्यक्रमलाई अगाडि बढाउने गरी लागिएको मन्त्री लामाले बताए । -रासस

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १८:२५
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक सञ्चालन
हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक सञ्चालन शुक्रबार, माघ १६, २०८२
हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध
हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध बिहीबार, माघ १५, २०८२
खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’
खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’ बिहीबार, माघ १५, २०८२
हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी
हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी बिहीबार, माघ १५, २०८२
पर्यटन बोर्डद्वारा मनाङमा सातौँ आइस क्लाइम्बिङ तालिम सुरु
पर्यटन बोर्डद्वारा मनाङमा सातौँ आइस क्लाइम्बिङ तालिम सुरु बुधबार, माघ १४, २०८२
न्युयोर्कको ट्राभल एन्ड एडभेन्चर शोमा नेपालको प्रवर्द्धन
न्युयोर्कको ट्राभल एन्ड एडभेन्चर शोमा नेपालको प्रवर्द्धन मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय सुधारका लागि संसदीय समितिको १० बुँदे निर्देशन
यातायात कार्यालय सुधारका लागि संसदीय समितिको १० बुँदे निर्देशन मंगलबार, माघ १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP