Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जथाभावी नबोल्न एमाले नेता बस्नेतलाई चेतावनी
जथाभावी नबोल्न एमाले नेता बस्नेतलाई चेतावनी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख १९, २०७९
mm
Energy Drink Energy Drink
Ncell
Hardik health
काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतलाई जथाभावी हावा कुरा नगर्न भक्तपुरका प्राध्यापकहरूले चेतावनी दिएका छन् । स्वतन्त्रताको नाममा बुझ्दै नबुझी हावादारी कुरा नगर्न उनलाई सचेत पारेका हुन् । १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ख्वप मावि, ख्वप कलेज र शारदा क्याम्पस देकोचा भक्तपुरको संयुक्त आयोजनामा आइतबार कलेजमा भएको प्रवचन कार्यक्रममा उनीहरूले एउटा राम्रो शैक्षिक संस्थाको विषयमा जथाभाबी नबोल्न चेतावनी दिए । केही दिन अगाडि भक्तपुरमा भएको एउटा कार्यक्रममा नेकपा एमाले भक्तपुरका नेता एवं पूर्व मन्त्री बस्नेतले कलेजको सर्टिफिकेट नक्कली भएको बताएका थिए । उनले कलेजमा पढाउने शिक्षकहरू अयोग्य भएको पनि सार्वजनिक कार्यक्रममा बोलेका थिए । उनले कलेज कुन कानुन अन्तर्गत सञ्चालित हो भनी प्रश्न पनि गरेका थिए । साथै उनले सरकार बलियो भएको भए कलेज बन्द गराउनसक्ने पनि बताएका थिए ।कार्यक्रममा कलेजका प्राध्यापकहरूले विश्वविद्यालयहरूले दिएको सर्टिफिकेट पनि सक्कली हुन्छ कि नकक्ली भनेर थाहा नहुने नेताले जथाभाबी नबोल्न चेतावनी दिए । अयोग्य शिक्षक शिक्षिकाहरूले पढाएका विद्यार्थीहरू पटकपटक कसरी त्रिभुबन विश्वविद्यालय टपर भए ? उनीहरूको सामूहिक प्रश्न थियो । कलेजमा पढने विद्यार्थीहरू पटकपटक टियू टपर हुँदै आएका छन् ।पढाउने मात्रै आफूहरूले भएको स्पष्ट पार्दै उनीहरूले प्रश्नपत्र अर्कैले बनाउने, कापी जाँच पनि अर्कैले गर्ने अनि त्यसको मार्कसिट पनि त्रिभुवन विश्वविद्यालयलगायतले दिने अवस्थामा कसरी मार्कसिट नक्कली हुन्छ भनी प्रश्न गरेका थिए । साथसाथै उनीहरूले अयोग्य शिक्षकले पढाएका विद्यार्थी कसरी पटकपटक नेपाल टप भए भनी प्रश्न पनि गरे । उनीहरूले कलेजकाबारे जथाभाबी नबोल्न र आफनो बोलीलाई लगाम दिन पनि चेतावनी दिए । कार्यक्रममा कलेजका प्राचार्य रूपक जोशीले आफनो राजनीतिक भविष्य जोगाउन जुनै संस्थाबारे पनि सोचविचार नगरी जथाभाबी नबोल्न अनुरोध गरे । कलेज देशकै उत्कृष्ट भएकै कारण पटकपटक कलेजका विद्यार्थीले त्रिभुवन विश्वविद्यालय टप भएको स्मरण उनले गरे । उनले कलेजको ख्यातिकै कारण झण्डै देशभरका विद्यार्थी कलेजमा अध्ययन गरिरहेको पनि जनाए । ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले आफूले महेश बस्नेतद्धारा लेखिएको भनिएका ‘महेशको म’ नामक पुस्तक अध्ययन गरेको र त्यस पुस्तकमा लेखकले बहसमा झुटो कुरोलाई पनि सत्य बनाउनुपर्ने कुरा आफूलाई मन नपरेको तर राजनीतिमा त्यही गर्नुपरेको विषय उल्लेख भएको बताए । यही कारण बस्नेतले आफ्नो राजनीतिलाई टिकाउन कलेजबारे झुठो बोलेको विषय उनकै पुस्तकबाट खुलेको प्राचार्य श्रेष्ठको तर्क थियो । बस्नेत पदीय हिसावले उच्च पदमा पुगे पनि उनको बौद्धिकता भने नभएको भन्दै उनले दुःख व्यक्त गरे । कार्यक्रममा कलेजका उपप्राचार्य डा राजेशकुमार श्रेष्ठ, परीक्षा शाखा प्रमुख विष्णुप्रसाद किसी, प्रशाशनका उमा भट्टलगायतले आफनो राजनीतिक भविष्य बचाउन एउटा शैक्षिक संस्थाकोबारेमा अनर्गल प्रचार नगर्न सुझाए ।
प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १०:२८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताको भेट
प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताको भेट सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशनः ९१ प्रतिशत वडामा टुंगियो
कांग्रेसको वडा अधिवेशनः ९१ प्रतिशत वडामा टुंगियो सोमबार, असोज ५, २०८३
एमालेमा किचलोः ओलीले स्वीकारेनन् उमेर हद र दुई कार्यकालको प्रस्ताव
एमालेमा किचलोः ओलीले स्वीकारेनन् उमेर हद र दुई कार्यकालको प्रस्ताव सोमबार, असोज ५, २०८३
नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि
नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि सोमबार, असोज ५, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै सोमबार, असोज ५, २०८३
कांग्रेस महाधिवेशनः ७३ जिल्लाका ६१३२ वडामा सकियो अधिवेशन
कांग्रेस महाधिवेशनः ७३ जिल्लाका ६१३२ वडामा सकियो अधिवेशन आइतबार, असोज ४, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP