Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
राजनीति
  • Home
  • राजनीति
  • निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगकाे कारबाही
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगकाे कारबाही
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख १८, २०७९
Ncell
Hardik health
काठमाडाैं‌ - निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न दललाई कारबाही गर्न थालेको छ । आयोगले विभिन्न उजुरी र जानकारीका आधारमा आचारसंहिता प्रतिकूल कार्यमाथि स्थलगत अनुगमन गर्ने, दलहरूलाई स्पष्टीकरण सोध्ने, सचेत गराउनेलगायत कारबाही गरेको हो । आचारसंहिता उल्लङ्घनका कार्य उक्त कार्य निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ र निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ विपरीत भए गरेको देखिएकाले अब आइन्दा निर्वाचन आचारसंहिता विपरीतका कार्यहरू नगर्न/नगराउन निर्देशन दिई सचेत गराएको छ ।आयोगले ती दललाई अब आइन्दा निर्वाचन आचारसंहिता विपरीतका कार्यहरू नगर्न/नगराउन निर्देशन दिई सचेत गराएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन सम्बन्धमा आयोगबाट यही वैशाख १६ गते निर्णय र आदेश भएको थियो । सो क्रममा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले काठमाडौँको भृकुटीमण्डपमा गत चैत २६ गते गरेको जनसभामा निर्वाचन आचारसंहिता, २०७८ को दफा १२ को को खण्ड (ड) विपरीत उम्मेदवारको कार्यालयमा तुल (कपडा) मा बनाइएको ३ बाई ३ फिटको दलको झन्डा र सोही नापको चुनाव चिह्न प्रयोग गरेको, प्रचारप्रसार तथा आमसभा र जुलुसमा १८ वर्ष उमेर पूरा नभएका बालबालिकाको प्रयोग गरेको भयो भन्ने सूचना प्राप्त भई आयोगमा प्राप्त फोटो समेतबाट सो देखिएको विषयमा आयोगबाट सचेत गराउने आदेश भएको हो । सो पार्टीले गरेको सो दलले आचारसंहिता उल्लङ्घन हुने कार्य गरेकाले सचेत गराउने निर्णय भएको आयोगका प्रवक्ता एवं शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ समेतको फोटो राखिएको चुनावी पोष्टर तयार गरी, प्रचारप्रसार गरिएको भन्ने कुरा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट जानकारी हुन आएकाले सोबारे आयोगको निर्णयमा भनिएको छ, “कुनै निकायको कुनै पदमा कार्यरत राष्ट्रसेवकका लागि नियुक्त भई पदासीन भएको व्यक्तिले गरेको कार्य हितकारी हो होइन भन्ने कुराको परीक्षा नेपाली नागरिक, सरकार र त्यससम्बन्धी अधिकार भएको उपल्लो निकायले गर्ने प्रणाली राज्य सञ्चालनमा हुने गर्दछ । जुनसुकै निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारी कुनै दल विशेष, व्यक्ति विशेष र कुनै अवधिको सरकारको मात्रै हुने भन्ने अर्थमा चित्रित गरिनु जायज र मनासिव विषय हो भन्न सकिँदैन । राष्ट्रसेवकले आफ्नो दायित्व र कर्तव्य निर्वाह गर्दाको असल र उत्प्रेरक भूमिका त्यस्तो व्यक्ति र राज्यको गौरवको विषय हुन सक्दछ तर सो कार्यलाई कुनै दल विशेषको मात्रै निजी प्रतिष्ठा र एकल प्रयासका रुपमा लिन सकिँदैन ।” आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीले मकवानपुरको हेटौँडामा गरेको कार्यक्रममा पनि आचारसंहिता विपरीत सामग्री राखिएको ठहर गर्दै सचेत गराएको छ । सो दलले आमसभा तथा जुलुसमा अठार वर्ष उमेर पूरा नभएका बालबालिकाको प्रयोग पनि गराएको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  ०१:००
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताको भेट
प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताको भेट सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशनः ९१ प्रतिशत वडामा टुंगियो
कांग्रेसको वडा अधिवेशनः ९१ प्रतिशत वडामा टुंगियो सोमबार, असोज ५, २०८३
एमालेमा किचलोः ओलीले स्वीकारेनन् उमेर हद र दुई कार्यकालको प्रस्ताव
एमालेमा किचलोः ओलीले स्वीकारेनन् उमेर हद र दुई कार्यकालको प्रस्ताव सोमबार, असोज ५, २०८३
नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि
नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि सोमबार, असोज ५, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै सोमबार, असोज ५, २०८३
कांग्रेस महाधिवेशनः ७३ जिल्लाका ६१३२ वडामा सकियो अधिवेशन
कांग्रेस महाधिवेशनः ७३ जिल्लाका ६१३२ वडामा सकियो अधिवेशन आइतबार, असोज ४, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP