Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
अर्थ
  • Home
  • अर्थ
  • पूर्बाग्रहबाट माथि उठौं
पूर्बाग्रहबाट माथि उठौं
admin123
admin123 शुक्रबार, कात्तिक ५, २०७३
1393673_547907108620299_1355852993_n
Hardik health
1393673_547907108620299_1355852993_n - नमस्कार शाह - कुनै समय थियो, एउटा राजनितीक पार्टीको नेता, कार्यकर्ता वा समर्थक अर्काे राजनितीक पार्टीको नेता, कार्यकर्ता वा समर्थकसंग फरक आस्था भएकै कारण पानी बाराबार हुने, बोलिचाली बन्द हुने, एक अर्काको झण्डा च्यात्ने, जलाउने, अर्काे पार्टीको कार्यक्रम बिथोल्ने । १२ बर्षे जनयुद्ध संचालन गर्ने तत्कालिन एकिकृत नेकपा माओबादीले बिभिन्न पार्टीहरुलाई शत्रुको रुपमा लिई बर्गिकरण समेत गरेको थियो । तर अहिले समय बदलिएकोछ, सबै पार्टीहरुका बिचमा सैद्धान्तिक भिन्नता भए पनि, राष्ट्रिय सवालका बिषयमा सहमति नभएपनि पानी बारबारको स्थिती छैन, बोलि चाली नैं बन्द हुने अबस्था छैन । तथापी स्थानीय स्तरमा बिभिन्न खालका झडप नभएका भने होईनन् । बिश्वका ईतिहाँसमा हाम्रा देशका नेताहरु बिभिन्न कारणले असफल होलान्, जिम्मेवारी बहन गर्न नसकेर अलोकप्रिय होलान् तर केही राम्रा काम भने अबश्य छन्, जो बिश्वका धेरै राष्ट्रका नेता र दलहरुमा त्यो प्रबृत्ति देखिदैन । सबै पार्टीका नेताहरु अर्का पार्टीको महाधिबेशन, कार्यक्रममा सहभागि भएको, शुभकामना दिएको हामी हेर्न सक्छौं । बर्षेनि नयाँ बर्ष र चाड बिशेषमा आयोजना हुने चियापान समारोहमा सबै पार्टीका नेताहरुको हुने बाक्लो उपस्थिती नेपालको राजनितीक परम्पराको रुपमा रहेकोछ, त्यो असाध्यै पंशंसनिए कार्य हो । राजसंस्था र हिन्दुराष्ट्रको वकालत गर्ने राप्रपा नेपालका अध्यक्ष कमल थापा नेपालगञ्जमा आयोजित बृहद अन्र्तक्रिया कार्यक्रममा उपस्थित भए, जुन कार्यक्रममा बिभिन्न दलका स्थानीय नेता, कार्यकर्ताहरुले सहभागिता जनाए । उनीहरुले सो पार्टीको आलोचना मात्रै गरेनन्, राम्रो कामको शुभकामना पनि दिए । हो यहि हो, सार्थक प्रजातन्त्र, लोकतन्त्र । आफ्ना मनमा लागेका कुराहरु सहि स्थानमा राख्नु र त्यसको समाधान खोज्नु, खुलेर छलफल गर्नु, बहस गर्नु, तर्क गर्नु यहिनैं प्रजातन्त्र, लोकतन्त्रको मूल मक्सद हो । तर हाम्रो सिंगो समाज होईन, समाजका अग्रज र समाज परिबर्तनका ठेकेदार भन्ने केही व्यक्तिहरु पूर्वाग्रहको रोगबाट ग्रसित छन् । सहकार्य, समन्वयको भाषण छाँट्ने केही सामाजिक कार्यकर्ताहरु पूर्बाग्रही मानसिकताबाट अगाडी बढेको पाईन्छ । आफुले गरेका काम सबै ठिक, आफु भन्दा अलि फरक मत राख्ने व्यक्ति वा संस्थाले गरेका सबै काम बेठिक भन्ने सामाजिक अगुवाहरु पनि हाम्रै समाजमा छन् । जसले अरुको कामको सधैं आलोचना गर्नूलाई आफ्नो कर्तव्यबोध ठान्दछन्, त्यसमा पनि केही त यस्ता आलोचक पनि समाजमा देखिन्छन्, जो उचित ठाउँमा गुनासो वा आलोचना गर्दैनन् । असम्बन्धित ठाउँमा आलोचना गर्नेहरु सम्बन्धित ठाउँमा वा व्यक्तिसंग चुईक्क पनि बोल्दैनन् । सकभर जसको आलोचना गरिएकोछ, उसको अगाडी देखा नपर्ने, देखा परि हाले पनि हतार, हतार गरेर भाग्ने ध्याउन्नमा लाग्छन् । त्यसबाट एक जना बिद्धानले भनेझैं आलोचना का लागि मात्रै आलोचना, मनोरञ्जनका लागि मात्रै आलोचना भन्ने भनाईलाई सम्झाउँछ । अर्थहिन र अन्यहिन आलोचना गर्नेहरुका कथा यस्तो छ भने बास्तबिक आलोचना गर्नेहरुको व्यथा बेग्लैछ । कुनै कार्यक्रममा गएर कार्यक्रमका बारेमा वा कार्यक्रम आयोजक कुनै संस्थाका बारेमा रचनात्मक आलोचना गरेमा उसलाई कालो सुचिमा राख्ने सामाजिक संस्थाहरु पनि यहिँ छन् जसलाई सो कार्यक्रम देखि अर्काे कार्यक्रममा बोलाउनै छाडिन्छ । आफु भन्दा फरक बिचार राख्नेहरुलाई कार्यक्रममैं नबोलाउने, उनीहरुका क्रियाकलापमा सहभागितानैं नजनाउने, बोलिचालीनैं बन्द गर्ने गरेको पनि पाईन्छ । यि उल्लेखित कुरा लोकतान्त्र्रिक कार्य होईनन्, कुनै पनि समस्याको समाधान छलफलबाट हुन्छ, बहसबाट हुन्छ न कि पानी बाराबारको स्थितीले । हामीले समाजमा देखि आएका छौं, झै झगडा भएर बोलिचालीनैं बन्द भएका छिमेकीहरु समेत सुख, दुःखमा संगै हुन्छन्, बोलिचालीनैं बन्द भएका बेला पनि छिमेकिको बिवाह, ब्रतबन्धमा सहभागि भएको, बिरामी हुँदा उपचार गर्न अस्पताल गएको, मर्दा, पर्दा मलामी गएको हामी देख्छौं । हो यहि हो बास्तबमा मानबता र भातृत्व । सबै भन्दा ठूलो कुरा मानबता र भातृत्व हो, त्यहिंबाट धेरै आदर्शका कुरा शुरु हुन्छन् जब भातृत्व र मानबतालाईनैं अंगिकार गर्न सकिदैन भने त्यहाँ लोकतन्त्र, प्रजातन्त्रको के नैं कुरा भयो र ? केही समाजमा मैले यस्ता प्रतिनिधि पात्र देखेकोछुं, जो आफु अनुकुल बिपरितका व्यक्तिहरुलाई सुखका कार्यहरुमा सहभागि त गराउँदैनन्नैं । दुःखका कुराहरुमा पनि सहभागि नहुन् भन्ने चाहन्छन् । जनआन्दोन भाग २ मा हामीले आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने शहिदहरुको अन्त्येष्ठि कार्यक्रममा आआफ्नो झण्डा ओढाउन तछाड मछाड भएको देख्यौं, जो जुन ठाउँमा बलियो थियो, उसै पार्टीको झण्डा मात्रै ओडाईयो, अरु झण्डा ओढाउनबाट बञ्चित भयो, के झण्डा ओढाउने बित्तिकै सहादत प्राप्त गरेको मान्छे अर्काे पार्टीको भईहाल्छ र ? के शहिद पनि कुनै एउटा पार्टीको बिर्ता हुन्छ र ? यो प्रश्न गभमैं छ । त्यस्तै कुनै सार्बजनिक व्यक्तिको निधन भएमा त्यसमा सबैले दुख मनाउ गर्न पाउनु पर्छ, उस प्रति श्रद्धाञ्जली व्यक्त गर्न पाउनु पर्छ । उस प्रति श्रद्धाञ्जली व्यक्त गर्नका लागि के कसै अनुकुलको मान्छे हुनु पर्छ र ? कसै प्रति कसैलाई श्रद्धाञ्जली दिनबाट रोक्नु भनेको उस प्रति अपमान गर्नु हो । तसर्थ पूर्बाग्रहबाट ग्रसितहरु कम्तिमा मानबिय संबेदनाका बिषयमा चाहीं पूर्बाग्रही नबनिदिने हो की ?
प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७३  ०६:३९
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
पारित भयाे लुम्बिनी प्रदेशको बजेट 
पारित भयाे लुम्बिनी प्रदेशको बजेट  बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा बुधबार, असार २०, २०८०
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै बुधबार, असार २०, २०८०
बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य बुधबार, असार २०, २०८०
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार बुधबार, असार २०, २०८०
दोहोरो अंकले बढ्यो नेप्से
दोहोरो अंकले बढ्यो नेप्से मंगलबार, असार १९, २०८०
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP