Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
अर्थ
  • Home
  • अर्थ
  • विकास खर्चको लक्ष्यमा सरकार असफल
विकास खर्चको लक्ष्यमा सरकार असफल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख १६, २०७९
Arthamantri - Copy
Energy Drink Energy Drink
Ncell
Hardik health
काठमाडौं– चालु आर्थिक वर्ष २०७८/७९ को साढे नौ महिना सकिदासम्म लक्ष्यअनुसार विकास खर्च गर्न सरकार असफल भएको छ । सरकारले चालु आवको साढे नौ महिना (वैशाख १५ सम्म)मा १२ खर्ब ९२ अर्ब ६५ करोड ६४ लाख ५० हजार रूपैयाँ खर्च गर्ने लक्ष्य लिएको थियो । उक्त अवधिमा सरकारले कूल आठ खर्ब ६७ अर्ब ६५ करोड ३६ लाख रूपैयाँ अर्थात् लक्ष्यभन्दा चार खर्ब २५ अर्ब २८ लाख ५० हजार रूपैयाँ कम खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । वैशाख १५ सम्म साढे नौ महिनामा पुँजीगत खर्च लक्ष्यको २८ दशमलव ८८ प्रतिशत मात्र भएको छ । विकास निर्माण कार्य कम हँ‘दा पुँजीगत खर्च न्यून भएको देखिन्छ । चालु आवका लागि बजेटमार्फत सरकारले तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख रूपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेको भए पनि साढे नौ महिना बितिसक्दा पनि जम्मा एक खर्ब नौ अर्ब १८ करोड ३६ लाख रूपैयाँमात्र खर्च गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनका कारण अहिले विकास निर्माणका नयाँ कार्य अगाडि बढेको छैन । निर्वाचन आचारसंहिताका कारण रोकिएका कारण अब यस आर्थिक वर्षमा सरकारले राखेको लक्ष्य पूरा गर्न नसक्ने निश्चित देखिन्छ । अर्कोतर्फ, निर्माण व्यवसायीले आह्वान गरेको ‘कन्स्ट्रक्सन होलिडे’ का कारण पुँजीगत खर्चमा थप चाप पर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत चालु आवको लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रूपैयाँको बजेट सार्वजनिक गरेका थिए । उक्त बजेटको आकार पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको भन्दा १४ अर्ब ७४ करोड रूपैयाँले न्यून थियो । राजस्व लक्ष्यमा पनि पछाडि एकातर्फ विकास खर्च गर्न नसकेको सरकारले लक्ष्यअनुसार राजस्व संकलनसमेत गर्न सकेको छैन । उक्त अवधिमा सरकारको लक्ष्यभन्दा एक खर्ब २१ अर्ब ५२ करोड ५८ लाख रूपैयाँले न्यून राजस्व संकलन भएको पाइएको छ । साढे नौ महिना (वैशाख १५ सम्म)को अवधिमा नौ खर्ब ३४ अर्ब ६४ करोड १९ लाख रूपैयाँ राजस्व संकलन गर्ने सरकारको लक्ष्य थियो । तर, यस अवधिमा जम्मा आठ खर्ब १३ अर्ब ११ करोड ६१ लाख रूपैयाँ मात्र राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । उक्त अवधिमा सरकारले कर राजस्वतर्फ आठ खर्ब ४५ अर्ब ४७ करोड तीन लाख रूपैयाँ संकलन गर्ने लक्ष्य लिएको थियो । तर, सात खर्ब ४९ अर्ब ८४ करोड ४७ लाख रूपैयाँ मात्र कर राजस्व संकलन भएको तत्यांक छ । जुन लक्ष्यभन्दा ९५ अर्ब ६२ करोड ५६ लाख रूपैयाँ न्यून हो । गैरकर राजस्वअन्तर्गत साढे नौ महिनामा ८९ अर्ब १७ करोड १६ लाख संकलन गर्ने लक्ष्य लिएकोमा ६३ अर्ब २७ करोड १४ लाख रूपैयाँमा सीमित भएको छ । जुन लक्ष्यभन्दा २५ अर्ब ९० करोड दुई लाख रूपैयाँ कम हो । यस अवधिमा वैदेशिक अनुदानको लक्ष्यसमेत सरकारले भेट्टाउन सकेको छैन । साढे नौ महिनाको अवधिमा १३ अर्ब ८८ करोड ३३ लाख रूपैयाँ अनुदान प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ । यो रकम सरकारको लक्ष्यभन्दा ३३ अर्ब ५३ करोड ३२ लाख रूपैयाँले कम भएको जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  ०८:०२
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
पारित भयाे लुम्बिनी प्रदेशको बजेट 
पारित भयाे लुम्बिनी प्रदेशको बजेट  बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा बुधबार, असार २०, २०८०
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै बुधबार, असार २०, २०८०
बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य बुधबार, असार २०, २०८०
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार बुधबार, असार २०, २०८०
दोहोरो अंकले बढ्यो नेप्से
दोहोरो अंकले बढ्यो नेप्से मंगलबार, असार १९, २०८०
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP