Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गठबन्धनलाई बागीको डर
गठबन्धनलाई बागीको डर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख १५, २०७९
Gathabandhan
Energy Drink Energy Drink
Ncell
Hardik health
काठमाडौं– बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तँरूढ गठबन्धनको बैठकले स्थानीय तह निर्वाचन प्रयोजनका लागि परेका बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दियो । बैठकले पार्टी मातहतका कमिटीलाई विभिन्न सातबुँदे निर्देशन दियो । जसको पहिलो बुँदामा भनिएको छ, ‘६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको निर्णयविपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी सम्बन्धित दलले फिर्ता गर्ने ।’ सात बुँदे निर्देशनमा गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गरेका उम्मेदवारीहरू फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्ने, छ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको बैठक बुधबार नै राखेर वडाका विभिन्न पदहरूमा गठबन्धनभित्रका दलहरूबाट बीचमा सिट बाँडफाँडको समझदारी गर्ने, नगरपालिका र गाउँपालिकाहरूमा गठबन्धनका दलहरूबीच भइसकेको सिट बाँडफाँड समझदारीविपरीत गठबन्धनभित्रका दलहरूबाट दर्ता भएका उम्मेदवारीहरू फिर्ता गर्ने उल्लेख छ । गठबन्धनभित्रका दलहरूले कुनै पनि तहमा गठबन्धनबाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णय पनि सत्तागठबन्धनले गर्‍यो । गठबन्धनले किन यस्तो निर्णय गर्नुको कारण जिल्ला–जिल्लामा गठबन्धनविपरीत उम्मेदवारी परेका छन् । निर्वाचन आयोगको कार्यतालिका अुनसार बिहीबार बेलुका ५ बजेसम्म मनोनयको उजुरीउपर छानबिन हुनेछ । सोही दिन साँझ ६ बजे मनोनयन भएका उमेदवारको नामावली प्रकाशन गर्ने आयोगको तयारी छ । त्यस्तै, आयोगको तालिका अनुसार १६ गते साँझ पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ । सोही दिन साँझ ५ बजे आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ । १७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यक्रम छ । आयोगको कार्यतालिका अनुसार समय छोटो भएकाले पनि गठबन्धनका दलहरू दबाबमा छन् । उनीहरू बागी र स्वतन्त्र उम्मेदवारी दिएकाहरूको उम्मेदवारी फिर्ता गराउने ध्याउन्नमा छन् । त्यसैको प्रयत्नका लागि थियो बुधबारको बालुवाटार बैठक । त्यसअघि बुधबार बिहान नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले स्थानीय तह निर्वाचनका लागि टिकट नपाएर बागी तथा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका सबै नेता कार्यकर्ताहरूलाई पार्टीको मूल प्रवाहमा फर्किन अपिल गरेका थिए । कोइरालाले टिकट वितरणमा गरिएको बदमासीको छानबिनका लागि लडाइँ लडिने पनि बताए । तर, अहिले सबै मिलेर निर्वाचनमा कांग्रेसलाई अत्यधिक विजयी बनाउने अभियानमा जुट्नुपरेको कोइरालाले बताएका छन् । हुन पनि सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले उम्मेदवारी दिएका स्थानीय तहमा कांग्रेसका तर्फबाट बागी र स्वतन्त्र उम्मेदवारी धेरै परेको छ । अन्य दलको तुलनामा कांग्रेसबाटै धेरै यस्तो उम्मेदवारी परेपछि गठबन्धनको टाउको दुखाइको विषय बनेको छ । गठबन्धनका शीर्ष नेताले निर्देशन दिने, अपिल गर्ने र कारबाही गर्नेसम्मका काम गरिरहेका छन् । मंगलबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका कांग्रेसका निवर्तमान सभापति कर्णबहादुर मल्ललाई कांग्रेसले कारबाही गरेको थियो । उनले गठबन्धनविरुद्ध एमालेसँग मिलेर आफ्ना कार्यकर्तालाई उम्मेदवारी दर्ता गराउन लगाएका थिए । कांग्रेसको विधानपिरीत काम गरेको भनेर उनलाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरियो । बलियो शक्तिका रूपमा रहेको नेकपा एमालेलाई ‘साइजमा राख्न’ भनेर गठबन्धन गरेका पाँच दल यतिबेला तनावमा छन् । गठबन्धनसम्बन्धी निर्णयमा ढिलाइ हुनु, भएको निर्णय तल्ला कमिटीले नमान्नु र अझै पनि सबै भागबण्डा नमिल्नुले गठबन्धनका नेताहरूको ‘निद हराम’ भएको छ । कतै फेरि पनि एमाले नै पहिलो शक्ति बन्छ कि भन्ने डर उनीहरूमा देखिन्छ । त्यही भएर कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई दूत बनाएर बुधबार नै भरतपुर पठाए । भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्र र उपमेयर कांग्रेसको भागमा परेको छ । जसअनुसार माओवादीकी रेणु दाहाल र कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराइसकेका छन् । तर, गठबन्धनलाई लिएर चितवन कांग्रेसमा असन्तुष्टि व्यापक छ । कांग्रेस नेता एवं पूर्वसांसद जगन्नाथ पौडलले भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएपछि देउवामात्र होइन, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समेत तनाव थपिएको छ । पौडेलले उम्मेदवारी दर्ता गराएपछि माओवादी केन्द्रका अध्यक्ष एवं भरतपुरको मेयरकी उम्मेदवार रेणुका बुबा दाहाल मंगलबार चितवन पुगेका थिए । चितवन पुगेर दाहालले कांग्रेसबाट बागी उम्मेदवारी दिएका पौडेललाई समेत भेटेका थिए । त्यसपछि फेरि उनले देउवालाई यसबारे छिटो निर्णय गर्न भने । दाहालले देउवालाई बारम्बार भरतपुरको विषय मिलाउन भनिरहेका छन् । सोहीअनुसार देउवाका विश्वासपात्र खाण पौडेलको उम्मेदवारी फिर्ताको पहल गराउन बुधबार चितवन ओर्लिए । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खाणले असन्तुष्टलाई सम्झाउन आफू चितवन आएको बताए । ‘बागीलाई मिलाउन मैले प्याकेज त ल्याएको छैन । मन ल्याएर आएको छु । म उहाँहरूलाई सम्झाउँछु । उहाँहरूले केन्द्रको निर्णय मान्नुहुन्छ,’ खाणले भने । उसो त कांग्रेस महामन्त्री गगन थापाले पनि चुनावका बेला पार्टीका सबै कार्यकर्ताले पार्टीको निर्णय मान्नुको विकल्प नभएको बताउँदै बागी र स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । टिकट वितरणमा कतिपय नेता कार्यकर्ता अन्यायमा परेको भन्दै थापाले अहिले भने पार्टीको निर्णय मान्नुको विकल्प नभएको बताए । बुधबार नै कांग्रेसको सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘पार्टी एउटा निर्णय गरेर चुनावमा होमिन्छ । चुनावअघि मतभेद हुन्छ । चुनावपछि पनि मतभेद हुन्छ तर, चुनावका बेला पार्टीको निर्णय मान्नुपर्छ ।’ उनले स्वतन्त्र उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन आग्रह गरे । ‘स्वतन्त्र उम्मेदवारी दिने साथीहरूलाई म विनित भएर अनुरोध गर्न चाहन्छु, हामीसँग दुई दिन समय छ, तपाईंहरूको अन्यायको हिसाबकिताब हुन्छ । त्यो अन्यायको क्षतिपूर्ति हुने गरी निर्णय गर्ने ठाउँसम्म पु¥याउँछु,’ महामन्त्री थापाले भने, ‘पार्टीको निर्णय उल्लंघन गर्नेहरू फर्केर आउने ठाउँ हुँदैन । त्यसपछि पार्टीको यात्राअघि बढाउने कुरा गाह्रो हुन्छ । उनले अघिल्लोपटक बागी उम्मेदवारी दिएकाहरूलाई अहिले टिकट दिन नसकेको बताए । उनीहरूको अहिलेसम्म कारबाही फुकुुवा नभएकाले टिकट दिन नसकिएको बताए । गगनकैजस्तो अपिल छ नेता डा. शेखर कोइरालाको पनि । ‘कैयौं साथीहरू स्वतन्त्र उमेदवारको रूपमा चुनावी मैदानमा जान बाध्य हुनुहुन्छ । ती साथीहरूलाई कांग्रेसको मूल प्रवाहमा फर्कन म आग्रह गर्दछु,’ कोइरालाले भनेका छन्, ‘टिकट वितरणमा एउटा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिनेछ भनी हामीले बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिकरूपमा साथीहरूबीच उठाएका थियौं । तर, हाम्रो कुरा ध्यानपूर्वक सुनिएन । अहिले दुःखको साथ भन्नुपर्छ टिकट वितरण कार्यमा जिम्मेवारी पाएका साथीहरूले पार्टी कार्यकर्ताहरूप्रति समानरूपले न्याय गर्न सक्नुभएन ।’ उनले जीवनभर कांग्रेसको सिद्धान्त, मूल्यपद्धति र आदर्शप्रति समर्पित वरिष्ठहरू नै पार्टी छाडेर अन्य पार्टीमा ओत लाग्न पुगेको पनि बताएका छन् । उनले टिकट वितरणको प्रक्रियामा कुन मापदण्ड अपनाइयो भनेर अध्ययन, अनुसन्धान र समीक्षा गरिने पनि बताएका छन् । तर, मुख्य कुरा अहिले मूल प्रवाहमा फर्किनु रहेको उनको जोड छ । ‘कांग्रेस केन्द्रीय कार्यसमितिमा टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अपनाइयो त्यसको अध्ययन, अनुसन्धान र समीक्षा गरिनेछ भनी साथीहरूलाई म विश्वस्त पार्न चाहन्छु । निःसन्देह, अहिले हाम्रो अगाडि निर्वाचन छ र हामी पार्टी हितलाई सर्वोपरि ठानी तत्काललाई असन्तुष्टिहरू छातीभित्र राखी कांग्रेसको विजयी अभियानमा होमिनेछौं । साथीहरूबाट पनि म यही अपेक्षा गर्दछु,’ कोइरालाले जारी गरेको अपिलमा भनिएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  १०:०५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताको भेट
प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताको भेट सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशनः ९१ प्रतिशत वडामा टुंगियो
कांग्रेसको वडा अधिवेशनः ९१ प्रतिशत वडामा टुंगियो सोमबार, असोज ५, २०८३
एमालेमा किचलोः ओलीले स्वीकारेनन् उमेर हद र दुई कार्यकालको प्रस्ताव
एमालेमा किचलोः ओलीले स्वीकारेनन् उमेर हद र दुई कार्यकालको प्रस्ताव सोमबार, असोज ५, २०८३
नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि
नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि सोमबार, असोज ५, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै सोमबार, असोज ५, २०८३
कांग्रेस महाधिवेशनः ७३ जिल्लाका ६१३२ वडामा सकियो अधिवेशन
कांग्रेस महाधिवेशनः ७३ जिल्लाका ६१३२ वडामा सकियो अधिवेशन आइतबार, असोज ४, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP