Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #रास्वपा
  • #खाँचीकोट
Search Here
राजनीति
  • Home
  • राजनीति
  • यी हुन मन्त्रिपरिषद्का निर्णयहरु
यी हुन मन्त्रिपरिषद्का निर्णयहरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख १४, २०७९
Hardik health
काठमाडाैं -  सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याललाई बढुवा गर्ने निर्णय गरेको छ । त्यसैगरी सरकारले भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘रेजिना डाइलग,२०२२’ विषयक कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेललाई सहभागि हुन स्वीकृति दिने भएको छ । यही वैशाख १३ गते मन्त्रिपरिषद्ले गरेका निर्णयबारे आज जानकारी दिँदै सञ्चार, सूचना तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले खानेपाली क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने ८० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋणसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने बताए  । सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीस हजार १६५ निर्धारण गर्ने, कम आवश्यक, विलासीजन्य र स्वास्थ्यमा नकारात्मक असर पार्ने विभिन्न दसवटा वस्तुहरुको पैठारीमा पूर्ण बन्देज लगाउने र सिन्धुलाल्चोक जिल्ला साबिक तातोपानी गाविसअन्तर्गत पर्ने नौ रोपनी सरकारी जग्गा भोटेकोसी गाउँपालिकालाई लिजमा उपलब्ध गराउन स्वीकृति दिनेसमेत निर्णय गरेको छ । प्रवक्ता कार्कीले भन्नुभयो, “सरकारले बङ्गलादेशमा ‘बेरिन्ड मल्टिप्रपोज डेभलभमेन्ट’ बाट सिँचाइ व्यवस्थापनका मोडालिटी सम्बन्धमा अवलोकन तथा अध्ययन भ्रमणमा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले बारा जिल्ला साबिक प्रसौनी गाविस–५ स्थित सरकारका नाममा दर्ता कायम रहेको ५–०–१२ बिघा जग्गा प्रसौनी पोलिटेक्निक इन्स्टिच्युट बारालाई लिजमा उपलब्ध गराउन र उत्तर दक्षिण मूलघाट दोभान ओलाङचुङगोला सडक निर्माणका लागि ताप्लेजुङ जिल्लामा रहेको राष्ट्रिय वन प्रयोग गर्न स्वीकृत प्रदान गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी मध्यमोदी जलविद्युत आयोजनाको प्रसारणलाईनको लागि मोदी गाउँपालिका वडा नंं २ देउपुरदेखि मोदी गाउँपालिका वडा नं। ३ कोरुङगासम्मको एक दशमलव ९७२९ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गर्ने मन्त्रिपरिषद्को निर्णय रहेकाे छ । प्रवक्ता कार्कीले दक्षिण कोरियाको सिओलमा हुने प्रन्धौँ ‘वल्ड फरेष्ट्री कङ्ग्रेस’ सम्बन्धी कार्यक्रममा सहभागि हुन वन तथा वातावरण मन्त्रालयका सचिव डा पेमनारायण कँडेललाई स्वीकृति दिने निर्णय भएको जानकारी दिए । सरकारले ‘द एजुुकेशन वल्र्ड फोरम’ ले बेलायतको लन्डनमा आयोजना गर्ने ‘एजुकेशन वल्र्ड फोरम, २०२२’ मा सहभागी हुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको नेतृत्वको प्रतिनिधिमण्डललाई मित्रराष्ट्र मलेसियाको भ्रमण गर्न र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पितकुमार श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरेको छ । “श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई मलेसियाको भ्रमण गर्न स्वीृकति दिने, नर्वेमा आयोजना हुने मेन्टल हेल्थसम्बन्धी एनुअल प्रोजेक्ट मिटिङमा सहभागी हुन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेललाई स्वीृकति दिने निर्णय गरिएको छ,” प्रवक्ता कार्कीले बताए  । मन्त्रिपरिषद्ले साबिक जिल्ला विकास समितिको कार्यालयमा स्थायी नियुक्ति भएका कर्मचारीको सेवानिवृत्त सुविधाको जिल्ला समन्वय समितिमा रहेको साबिकको कल्याणकारी कोषबाट भुक्तानी गर्ने, राष्ट्रिय भवन प्रविधि अनुसन्धान केन्द्र र सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास समिति आदेश ९गठन०, २०७८ पनि स्वीकृत गर्ने निर्णय गरेको छ । (फाइल तस्वीर)  
प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  १७:५३
#मन्त्रिपरिषद्
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेका छौँ’: महामन्त्री थापा
‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेका छौँ’: महामन्त्री थापा बुधबार, पुस १६, २०८२
प्रतिनिधिसभा निर्वाचन : स्याङ्जामा पुरुष भन्दा महिला मतदाताको सङ्ख्या धेरै
प्रतिनिधिसभा निर्वाचन : स्याङ्जामा पुरुष भन्दा महिला मतदाताको सङ्ख्या धेरै बुधबार, पुस १६, २०८२
नेकपाद्वारा कञ्चनपुरका सबै क्षेत्रबाट उम्मेदवार सिफारिस
नेकपाद्वारा कञ्चनपुरका सबै क्षेत्रबाट उम्मेदवार सिफारिस बुधबार, पुस १६, २०८२
पहिचानवादी नेता रास्वपामा ‘पलायन’
पहिचानवादी नेता रास्वपामा ‘पलायन’ बुधबार, पुस १६, २०८२
समानुपातिक सूचीमा पहुँचवालाकै हालीमुहाली
समानुपातिक सूचीमा पहुँचवालाकै हालीमुहाली बुधबार, पुस १६, २०८२
समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गर्न सकोस्ः कार्यवाहक सभापति खड्का
समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गर्न सकोस्ः कार्यवाहक सभापति खड्का मंगलबार, पुस १५, २०८२
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा सोमबार, पुस १४, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP