Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #नाफिज
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #आगाेलागी_घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • घोषणापत्रलाई लिएर एमाले–कांग्रेस नोकझोंक
घोषणापत्रलाई लिएर एमाले–कांग्रेस नोकझोंक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख १४, २०७९
Chunab
Hardik health
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विपक्षीलाई प्रहार गर्नमा माहिर नेतामध्ये पर्छन्। वाकपटुताको भरपुर प्रयोग गर्ने गरेका ओली आफ्ना विपक्षीलाई तीखो प्रहार गरिरहन्छन् । उनको यही शैली मंगलबार पनि दोहोरियो । र, निशानामा पर्‍यो प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेस । मनमोहन अधिकारीको २३औं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले अधिकांश समय विपक्षीको आलोचना गर्नमै खर्चिए । एमाले विभाजन गरेर नयाँ पार्टी गठन गरेका माधवकुमार नेपाल मात्र होइन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति ओली असहिष्णु देखिए । कांग्रेसप्रति त झन् बेस्सरी खनिए । उनले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले हालै सार्वजनिक गरेको घोषणापत्रप्रति बढी कटाक्ष गरे । उनले कांग्रेसको घोषणपत्रलाई ‘पागलहरूको प्रलाप’ भन्दै हियाए । कांग्रेसको घोषणापत्र राजनीतिक दस्तावेज नै नभएको ओलीले टिप्पणी गरे । ‘कांग्रेसको घोषणापत्र कुनै राजनीतिक दस्तावेज होइन । त्यसलाई राजनीतिक दस्तावेजको दर्जा दिन सकिँदैन । पागलहरूको प्रलाप हो त्यो । घोषणापत्रमा मुख छाड्ने, गाली गर्ने, तथानाम बोल्नेबाहेक केही पनि छैन,’ ओलीले भने, ‘कसरी राजनीतिक दस्तावेज हुन्छ ? केही नै छैन । जम्माजम्मी धारेहात लगाएको छ । एमाले, एमाले, पाँच वर्ष खेर गयो आदि इत्यादि ।’ ओलीले यसरी आफ्नो पार्टी र घोषणापत्रप्रति तुच्छ टिप्पणी गरेको कांग्रेस नेताहरूलाई भने मन परेन । उनीहरूले ओलीलाई जवाफ फर्काएका छन् । महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत् ओलीको अभिव्यक्तिको प्रतिवाद गरेका छन् । उनले एमालेको जस्तो ‘उडन्ते सपनाहरूको गफको पुलिन्दा’ लेख्न कांग्रेसलाई नआएको बताएका छन् । ‘मंगलग्रहमा माछा पालन र चन्द्रमामा च्याउ खेतीको सपना देखाउन मात्रै बाँकी राख्नुभएको छ तपाईंले । माफ गर्नोस् श्रद्धेय कमरेड † उडन्ते सपनाहरूको गफको पुलिन्दा लेख्न कांग्रेसलाई आएन,’ शर्माले लेखेका छन्, ‘सपना त्यो हो जो जिम्मेवार ढंगले धरातलमा उभिन्छ । जमिनमा टेकेर गर्न सकिने कामहरू मात्रै उल्लेख कांग्रेसको घोषणापत्र श्रद्धेय ओलीलाई मन परेन ठीकै छ । तर, कम्तीमा विषयको बहसमा आउन चाहेकोमा धन्यवाद छ उहाँलाई ।’ ओलीले नेपाली कांग्रेसको घोषणापत्रले पार्टीको हविगत दर्शाएको टिप्पणी गरिदिएका थिए । जनताले उक्त घोषणापत्र नपढ्ने भन्दै ओलीले आफ्ना कार्यकर्तालाई कांग्रेस चिन्नका लागि पढ्न निर्देशन दिए । ‘कांग्रेसको घोषणापत्र जनताले त पढ्दैनन्, हामीलेचाहिँ कांग्रेस चिन्नका लागि पढ्नुपर्छ । कांग्रेसको घोषणापत्र पढेर कांग्रेसको हविगतको इञ्जोय गर्नुहोस्,’ ओलीले भनेका थिए । कांग्रेस समर्थित कोही बुद्धिजीवी भए कांग्रेसको घोषणापत्रका पक्षमा लेख्ने हिम्मत गरेर देखाउनसमेत ओलीले चुनौती दिए । ओलीको यही अभिव्यक्तिलाई लिएर कांग्रेस महामन्त्री शर्माले चुनावी मैदानमा घोषणापत्रदेखि उम्मेदवारको चरित्रसम्मको चिरफार गर्नुपर्ने जवाफ फर्काएका छन् । उनले मर्यादाभन्दा तल गालीमा नझर्नसमेत भनेका छन् । ‘खरा प्रश्न गर्न जनतालाई अपिल गरौं, जिम्मेवार ढंगले जवाफ पेस गरौं । तर, मर्यादाभन्दा तल गालीमा नझरौं । सानोदेखि लागेको बानी भनेर निर्वाचन आचारसंहिताले उच्च तहलाई पनि घृणास्पद अभिव्यक्तिको छुट दिँदैन, चेतना भया,’ शर्माले लेखेका छन् । यसैबीच, कांग्रेस प्रवक्ता डा.प्रकाशरण महतले पनि ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाए । उनले यसमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । महतले ओलीले मंगलबार दिएको अभिव्यक्ति खेदजनक रहेकोसमेत बताए । मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय प्रचारप्रसार साँस्कृतिक समन्वय उपसमितिले आयोजना गरेको ‘कांग्रेस नै चाहियो’ नामक गीत विमोचन समारोहमा बोल्दै प्रवक्ता महतले एमाले अध्यक्ष ओलीले निर्वाचन आचारसंहिताको धज्जी उडाएको आरोप लगाए । ओलीले आपत्तिजनक शब्दहरू प्रयोग गर्दा पनि निर्वाचन आयोगले ध्यान नदिएको भन्दै प्रवक्ता महतले ओलीको अभिव्यक्तिप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराए । ‘देशमा निर्वाचन आचारसंहिता लागू भइसकेको छ, तर नेकपा एमालेका अध्यक्षको मुखबाट नेपाली कांग्रेस र कांग्रेसको घोषणापत्रप्रति निकै तल्लोस्तरको अभिव्यक्ति आएकोे छ । सामान्य अवस्थामा पनि बोल्न नहुने उहाँको अभिव्यक्ति खेदजनक छ । यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण होस्,’ महतले भने । उसो त प्रमुख राजनीतिक दलहरूले आफ्ना घोषणापत्रमा विपक्षी दलको कटु आलोचना गरेकै छन् । आफ्ना योजनाबोहक अन्य पार्टीको तीखो आलोचना र गाली घोषणापत्रमा अटँएका छन् । गालीको राजनीतिबाट प्रमुख दल अलग रहन सकेका छैनन् । पार्टीहरूबीचको तीखो घोचपेच घोषणापत्रहरूमा छरपष्ट देखिन्छ । एमालेले आफ्नो घोषणापत्रमा प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसला र गठबन्धन सरकारलाई तारो बनाएको छ, कांग्रेसले तत्कालीन नेकपा सरकार र एमालेलाई । एमालेले अदालतको फैसलालाई ‘राजनीतिक हस्तक्षेप र स्वार्थजन्य सेटिङ’को आरोप लगाएको छ । ओली सरकार बहिर्गमनपछिको सरकारलाई ‘जनादेशलाई निषेध गर्दै बनेको सरकार’का रूपमा एमालेले अथ्र्याएको छ । ‘प्रतिपक्षी दलका विरुद्ध मोर्चाबन्दी गर्ने, हिंसालाई दुरूत्साहन गर्ने, धम्कीको भाषा प्रयोग गर्ने र मुख्य राष्ट्रिय प्रश्नमा सहमति त कुरै छाडौं, सामान्य परामर्शसमेत गर्न अक्षम भएको,’ गठबन्धनप्रति एमालेको टिप्पणी छ । नेपाली कांग्रेसले पनि आफ्नो घोषणापत्रको सुरूबाटै तत्कालीन नेकपा सरकारको गतिविधिलाई तीव्र रूपमा आलोचना गरेको छ। पछिल्लो पाँच वर्षलाई कांग्रेसले ‘खेर गएको पाँच वर्ष’ भनेको छ । ‘सात दशकको अकल्पनीय संघर्षपछि लेखिएको जनताको संविधान, लोकतन्त्र, अर्थतन्त्र, कूटनीति, सामाजिक सद्भाव र सहिष्णुतालगायत यो सम्पूर्ण व्यवस्थामाथि नै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको सरकारले गरेको सुनियोजित आक्रमणको फेहरिस्त निकै लामो छ,’ कांग्रेसले घोषणापत्रमा भनेको छ । यस्तै, नेकपा माओवादी केन्द्रले पनि तत्कालीन ओली नेतृत्वको सरकार र वर्तमान एमालेको आलोचना गरेको छ । घोषणापत्रमा माओवादीले आफूमात्र यो परिवर्तनको पक्षधर रहेको दाबी गरेको छ । ‘जनक्रान्तिका उपलब्धिको रक्षा र बाँकी कार्यभारहरू पूरा गर्ने म्याण्डेडसहित जनादेशप्राप्त गरेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गरिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक घोषणाले जनादेशको अपमानमात्र होइन, जनक्रान्तिका उपलब्धिसहित संविधान र लोकतान्त्रिक प्रणालीमाथि गम्भीर प्रहार गर्न पुग्यो,’ माओवादीले आफ्नो घोषणापत्रमा भनेको छ । एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीले पनि एमालेकै आलोचनामा घोषणापत्रका केही पृष्ठ खर्च गरेको छ । एमालेबाट छुट्टिएर असल कम्युनिस्ट बन्ने प्रयत्न गरेको एकीकृत समाजवादीको दाबी छ । ओली सरकारबाट जनताले गरेका अपेक्षामाथि कुठाराघात भएपछि ओलीको दक्षिणपन्थी अवसरवादका विरूद्ध समयमै विद्रोह गरि कम्युनिस्ट आन्दोलनलाई जोगाउने प्रयास गरेको घोषणापत्रमा उल्लेख छ । यसरी सार्वजनिक कार्यक्रममा मात्र होइन, लिखित दस्तावेजका रूपमा रहने घोषणापत्रमा पनि दलहरूले एकअर्कालाई गाली गर्ने काम छाडेका छैनन् । जनताहरूले कसका कुरा पत्याउँछन् र कसलाई निर्वाचित गर्छन्, त्यसका लागि अब केही हप्ता मात्र बाँकी छ । तर, नेताहरूले भने आफ्ना विपक्षीलाई खुइल्याउन हदैसम्मको प्रयास गरिरहेका छन् । विपक्षीलाई खुइल्याउँदै गर्दा आफू पनि खुइलिएको हेक्का सायदै राखेका होलान् ।
प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  ०८:३०
#स्थानीय_तह #स्थानीय_तह_निर्वाचन #नेपाली_कांग्रेस #नेकपा_एमाले #कांग्रेस_एमाले
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
भ्रष्टाचारीलाई श्रम संस्कृति पार्टीमा कुनै स्थान छैन : अध्यक्ष राई
भ्रष्टाचारीलाई श्रम संस्कृति पार्टीमा कुनै स्थान छैन : अध्यक्ष राई मंगलबार, मंसिर २३, २०८२
एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुगिंयाे
एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुगिंयाे मंगलबार, मंसिर २३, २०८२
सिफलमा श्रम संस्कृति पार्टी अध्यक्ष हर्क साम्पाङकाे भेला
सिफलमा श्रम संस्कृति पार्टी अध्यक्ष हर्क साम्पाङकाे भेला सोमबार, मंसिर २२, २०८२
कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित
कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित आइतबार, मंसिर २१, २०८२
एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र
एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र आइतबार, मंसिर २१, २०८२
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता शुक्रबार, मंसिर १९, २०८२
मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा शुक्रबार, मंसिर १९, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP