Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
Search Here
राजनीति
  • Home
  • राजनीति
  • स्थानीय तह निर्वाचन : १०४१२३ उम्मेदवारको मनोनयन दर्ता
स्थानीय तह निर्वाचन : १०४१२३ उम्मेदवारको मनोनयन दर्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख १३, २०७९
Ummedwari_chunab
Hardik health
काठमाडौं– यही वैशाख ३० गतेका लागि तय स्थानीय तह निर्वाचनका लागि एक लाख चार हजार १२३ जनाले उम्मेदवारी दिएका छन् । देशभरका छ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र छ हजार ७४३ वडाका विभिन्न पदका लागि उक्त संख्यामा उम्मेदवारी परेको हो । यद्यपि, निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेकोले यो संख्या बढ्न सक्ने आयोगले जनाएको छ । आइतबार सुरु भएको मनोनयन दर्ता सोमबार सकिएको हो । आयोगको प्रणालीमा सोमबार राति ११ बजेसम्म प्रविष्ट भएको विवरणअनुसार स्थानीय तहको प्रमुखका लागि दुई हजार ७४४ र अध्यक्षका लागि दुई हजार ९४१ जनाले मनोनयन दर्ता गराएका छन् । यस्तै, उपप्रमुखका लागि एक हजार ६९९, उपाध्यक्षका लागि दुई हजार २३, वडाध्यक्षका लागि २५ हजार ६४, महिला सदस्यका लागि १७ हजार ४६७ र दलित महिला सदस्यका लागि १५ हजार ६९७ जनाले मनोनयन दर्ता गराएका छन् । वडा सदस्यका लागि ३६ हजार ४८८ जनाले मनोनयन दर्ता गराएको आयोगले जानकारी दिएको छ । सत्ता गठबन्धन आबद्ध दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले केन्द्रीयस्तरबाटै महानगरपालिका र उपमहानगरपालिकामा तालमेलको निर्णय गरे पनि केही ठाउँमा बागी उम्मेदवारी परेको छ । गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुखमा कांग्रेसकी सिर्जना सिंह, ललितपुरको प्रमुखमा कांग्रेसका चिरिबाबु महर्जन, भरतपुरको प्रमुखमा माओवादी केन्द्रकी रेणु दाहाल, पोखराको प्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्य, वीरगञ्जको प्रमुखमा जसपाका राजेशमान सिंह र विराटनगरको प्रमुखमा कांग्रेसका नागेश कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, काठमाडौंको उपप्रमुख एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ, ललितपुरमा माओवादी केन्द्रका बाबुराजा बज्राचार्य, पोखरामा कांग्रेसका कोपिला रानाभाट, भरतपुरमा कांग्रेसका चित्रसेन अधिकारी, वीरगञ्जमा कांग्रेसका इम्तियाज आलम, विराटनगरमा जसपाका अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुखमा केशव स्थापित, ललितपुरको प्रमुखमा हरिकृष्ण व्यञ्जनकार, भरतपुरको प्रमुखमा विजय सुवेदी, पोखराको प्रमुखमा कृष्ण थापा, वीरगञ्जको प्रमुखमा विजय सरावगी र विराटनगरको प्रमुखमा सागर थापाको उम्मेदवारी दर्ता भएको छ । महानगरपालिका प्रमुखका लागि उम्मेदवार भएकाहरूमध्ये ललितपुरका महर्जन, भरतपुरकी दाहाल र वीरगञ्जका सरावगी यसअघि पनि सोही पदमा थिए । यस्तै, एमालेसहितको गठबन्धनबाट काठमाडौंमा एमालेकी सुनिता डंगोल, ललितपुरमा मञ्जली शाक्य, पोखरामा मञ्जुदेवी गुरुङ, भरतपुरमा राप्रपाकी हिमाला गुरुङ, वीरगञ्जमा लोसपाका पुरूषोत्तम झा र विराटनगरमा एमालेकै शिल्पा कार्कीले उपमेयरको उम्मेदवारी दर्ता गराएका छन् । उपमहानगरतर्फ सत्ता गठबन्धनबाट धनगढीको मेयरमा कांग्रेसका नृप वड र उपमेयरमा माओवादीकी शान्ति अधिकारी, नेपागञ्जको मेयरमा कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जसपाका कमरूद्दिन राई, तुलसीपुरको मेयरमा कांग्रेसका गेहेन्द्र गिरी र उपमेयरमा एकीकृत समाजवादीका जोगबहादुर राना मगर, घोराहीको मेयरमा माओवादी केन्द्रका हेमराज शर्मा र कांग्रेसका भूपबहादुर डाँगीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, बुटवलमा कांग्रेसका खेलराज पाण्डे र एकीकृत समाजवादीका चीनबहादुर गुरुङ, हेटौंडामा एकीकृत समाजवादीका मीनाकुमारी लामा र कांग्रेसका राजेश बानियाँ, जितपुर–सिमरामा माओवादी केन्द्रका राजन पौडेल र कांग्रेसका मेघा शाही, कलैयामा कांग्रेसका राजेश राय यादव र जसपाका प्रमोद गुप्ता, जनकपुरधाममा जसपाका लालकिशोर साह र कांग्रेसका किशोरी साहले क्रमशः मेयर र उपमेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार इटहरी उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका हेमकर्ण पौडेल, एकीकृत समाजवादीका केशवकुमार विष्ट, धरानमा कांग्रेसका किशोर राई र माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले मेयर, उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी, एमालेबाट धनगढीमा रणबहादुर चन्द र कन्दकला राना थारू, नेपागञ्जमा पशुपति दयाल मिश्र र शान्ति ढकाल, तुलसीपुरमा टीकाराम खड्का र स्यानी चौधरी, घोराहीमा नरूलाल चौधरी र हुमा डिसी, बुटवलमा बाबुराम भट्टराई र सावित्रा अर्याल, हेटौंडामा अनन्तप्रसाद पौडेल र सुमित्रा काफ्ले, जितपुर–सिमरामा सरस्वती चौधरी र भोला अधिकारीले क्रमशः मेयर र उपमेयर पदमा उम्मेदवारी दिएका छन् । यस्तै, कलैयामा विनोद साह र रोशन प्रविन, जनकपुरमा शिवशंकर साह र रूना झा, इटहरीमा याम सुब्बा र संगीता चौधरी, धरानमा मन्जु भण्डारी सुवेदी र पदम इस्वोले एमालेबाट मेयर तथा उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् । साढे पाँच हजार स्वतन्त्र उम्मेदवार काठमाडौं, पोखरा, भरतपुर महानगरपालिकासहित देशका केही स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी परेको छ । यसरी स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेको संख्या उल्लेख्य छ । देशभरका ७५३ स्थानीय तहका विभिन्न पदका लागि पाँच हजार ८९५ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । मनोयन दर्ताको विवरण प्रविष्ट हुने क्रम रहेकाले यो संख्या अझै बढ्नसक्ने आयोगले सोमबार साँझ जानकारी दिएको छ । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको प्रमुखमा ८५८ र उपप्रमुखमा २७७ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । गाउँपालिका अध्यक्षमा ७२० र उपाध्यक्षमा २५४ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । वडा अध्यक्षमा तीन हजार ७८६ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । एमालेका पाँच सांसद मेयरको दौडमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट पाँच जना प्रदेश सांसद पदबाट राजीनामा दिएर मेयरको दौडमा लागेका छन् । देशका पाँच वटा महानगरपालिकामध्ये आफ्नो सांगठनिक आधार सबल भएका तीन वटाको मेयर बनाउन एमालेले प्रदेशसभाका सांसदहरूलाई राजीनामा गराएको छ । काठमाडौं, पोखरा र भरतपुर महानगरपालिकामा एमालेले प्रदेश सांसदलाई उठाएको हो । बागमती प्रदेशसभाका सदस्य केशव स्थापित र विजय सुवेदी क्रमशः काठमाडौं र भरतपुरको मेयरको उम्मेदवार बनेका छन् । त्यस्तै, गण्डकी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर कृष्ण थापा पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार बनेका छन् । स्थापित २०५४ सालमा पनि एमालेबाट एक कार्यकाल काठमाडौंको मेयर भइसकेका थिए । थापाले पनि २०५४ मा पोखरा उपमहानगरपालिका भएको बेला पोखराको नेतृत्व गरिसकेका छन् । महानगरपालिकाबाहेक एमालेले प्रदेश १ का दुई जना सांसदलाई पनि मेयरमा उतारेको छ । इलामको सूर्योदय नगरपालिकाको मेयरका उम्मेदवार काजीमान कागते र झापाको मेचीनगर नगरपालिकाको मेयरका उम्मेदवार गोपालचन्द्र बुढाथोकी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयर बन्न गएका हुन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  ०८:३०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP