Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
Search Here
राजनीति
  • Home
  • राजनीति
  • स्थानीय तह निर्वाचन : मनोनयनको पहिलो दिन उत्साहविहीन
स्थानीय तह निर्वाचन : मनोनयनको पहिलो दिन उत्साहविहीन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख १२, २०७९
Manonayan jpg
Hardik health
काठमाडौं– यही ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको मनोनयन दर्ताका लागि निर्वाचन आयोगले आइतबार र सोमबारको समय निर्धारण गरेको छ । तर, उम्मेदवारी मनोनयनको पहिलो दिन आइतबार उत्साहजनक देखिएन । दलहरूभित्रको आन्तरिक किचलो र गठबन्धनको सकसले आइतबार केही स्थनीय तहमा मात्रै उम्मेदवारी दर्ता भयो । नगन्य मात्रामा भएको मनोनयन दर्ताले दलहरूभित्रको अलमल प्रस्ट पारेको छ । तल्लो तहसम्मै पुगेको सत्ता गठबन्धनभित्रको किचलो अझै सल्टिन सकेको छैन । तुलनात्मक रूपमा धेरै क्षेत्रको उम्मेदवार टुंग्याएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि संकटविहीन छैन । टिकटका आकांक्षी धेरै हुँदा एमालेलाई पनि निर्णय गर्न सकस परिरहेको छ । प्रमुख दलहरू सोमबार बिहानसम्म निर्णय गरिसक्ने र त्यसपछि आयोगले तोकेको समयभित्र मनोनयन दर्ता गराउने तयारीमा छन् । पहिलो दिन देशभर स्वतन्त्र उम्मेदवार र साना दललेमात्रै उम्मेदवारी दर्ता गराएका छन् । पाँच दलीय सत्ता गठबन्धनमा रहेका दल र प्रमुख प्रतिपक्षी दल एमालेले भने आइतबार पहिलो दिन मनोनयन नै दर्ता गराएनन् । निर्वाचन आयोगका अनुसार आइतबार कूल १० हजार ५३३ जनाको उम्मेदवारी दर्ता भएको प्रारम्भिक विवरण इन्ट्री भएको छ । सम्बन्धित निर्वाचन कार्यालयमा दर्ता भएका मनोनयनलाई प्राविधिकले इन्ट्री गर्ने र मुख्य निर्वाचन अधिकृतले प्रमाणीकरण गर्ने कार्य जारी रहेकाले यकीन तथ्यांक प्राप्त भइनसकेको आयोगले जनाएको छ । आइतबार साँझसम्म प्राप्त विवरणअनुसार पालिका प्रमुख र अध्यक्ष पदमा कूल ९८७, उपप्रमुख र उपाध्यक्षमा ५०८, वडाध्यक्षमा दुई हजार ९२१ को उम्मेदवारी दर्ता भएको छ । वडा सदस्यमा तीन हजार ३३८, महिला सदस्यमा एक हजार ५७६, दलित महिला सदस्यमा एक हजार २०३ जनाको उम्मेदवारी दर्ता भएको छ । आयोगले गत चैत ४ मा स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार आइतबार र सोमबार (वैशाख ११ र १२) दुवै दिन बिहान १० देखि साँझ ५ बजेसम्मका लागि मनोनयनपत्र दर्ता गर्ने समय निर्धारण गरिएको छ । सोमबार मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, मंगलबार (वैशाख १३ गते) उम्मेदवारको विरोधमा उजुरी दिने तय गरिएको छ । वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । तर, अहिलेसम्म पनि पाँच दलीय सत्ता गठबन्धनमा रहेका दलले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । एमालेले भने छ वटा महानगर र ११ उपमहानगरअन्तर्गत अधिकांश स्थानमा उम्मेदवारको टुंगो लगाइसकेको छ । देशका ७५३ स्थानीय तहमध्ये अधिकांश नगरपालिका र गाउँपालिकामा एमालेले उम्मेदवारको टुंगो लगाइसकेको छ । पोखरा महानगरपालिकाबाहेक अन्यत्र उम्मेदवार टुंग्याउन सकेका छैनन् । नेकपा एकीकृत समाजवादीको भागमा परेको पोखरा महानगरपालिकामा मेयरमा गठबन्धनबाट साझा उम्मेदवारका रूपमा एकीकृत समाजवादीका जिल्ला अध्यक्षसमेत रहेका धनराज आचार्य सिफारिस भइसकेका छन् । तर, बाँकी पालिकाबारे टुंगो नलागेकै कारण आइतबार उनीहरूले उम्मेदवारी दर्ता गराएनन् । महानगरमा समाजवादीले पाएको उपमेयरमा पनि टुंगो लगाइसकेको छ भने उपमहानगरमा पनि निर्णय गरिसकेको छ । नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको भरतपुर महानगरपालिकामा पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन । तर, त्यहाँ वर्तमान मेयर रेणु दाहाललाई नै माओवादी केन्द्रले उम्मेदवार बनाउने आन्तरिक निर्णय गरिसकेको नेताहरू बताउँछन् । सत्ता गठबन्धनभित्र भागबण्डा गर्दा वीरगञ्ज महानगरपालिका जसपाको भागमा परेको छ । त्यहाँ जसपाले पनि मेयरको टुंगो लगाइसकेको छैन । गठबन्धनमा केन्द्रमा सहमति भए पनि प्रमुख र उपप्रमुखबाहेकका वडा र सदस्यमा सिट बाँडफाँड कसरी गर्ने भन्ने सहमति जुट्न नसक्दा जिल्ला–जिल्लामा समस्या देखिएको छ । कतिसम्म भने ललितपुरमा कांग्रेस–माओवादीले मात्र गठबन्धन गरेर एकीकृत समाजवादीलाई ‘बाइपास’ गरिएको छ । एकीकृत समाजवादीले सबै पालिका प्रमुख र उपप्रमुखसहित सबै वडामा उम्मेदवारी दिने तयारी गरेको छ । सत्ताको नेतृत्व गरेको दल नेपाली कांग्रेसले पनि अहिलेसम्म महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लगाउन सकेको छैन । जिल्ला तहमा पनि ठोस निर्णय हुन सकेको छैन । तालमेलकै अलमलमा कांग्रेस रणभूल्ल भएको देखिन्छ । कांग्रेसको भागमा परेका तीनवटा महानगरपालिकाको उम्मेदवार टुंगो लगाउने जिम्मेवारी केन्द्रीय संसदीय समितिले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । आइतबार सानेपामा बसेको बैठकले देउवालाई जिम्मेवारी दिने निर्णय गरे पनि त्यसमा संस्थापनइतर पक्षले भने असन्तुष्टि जनाएको छ । कांग्रेसभित्र केन्द्रमा मात्रै होइन जिल्ला तहमा गठबन्धन गर्ने निर्णयको चर्को विरोध भएको छ । आइतबार कास्कीमा असन्तुष्ट कार्यकर्ताले जिल्ला तहका नेताहरूलाई पार्टी कार्यालयभित्र नै थुनेर तालाबन्दी गरेका थिए । तर, जिल्ला नेतृत्वले पोखरा महानगरपालिकाबाहेक अन्य कुनै पालिकामा गठबन्धन नगर्ने र एकल रूपमा चुनावमा जाने निर्णय गरेपछि कार्यकर्ताले ताला खोलेका थिए । यससँगै कास्कीमा पोखरा महानगरपालिकाबाहेक अन्यत्र गठबन्धन नहुने भएको छ । कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा प्रमुख तथा पोखरा, भरतपुर र वीरगञ्ज महानगरपालिकामा उपप्रमुख दिने गठबन्धन दलबीच सहमति भइसकेको छ । तर, उम्मेदवार टुंगो लगाउन बाँकी छ । देउवाले सोमबार बिहानसम्म उम्मेदवारको टुंगो लगाउने र सोमबार मनोनयन दर्ता गरिने उनीनिकट नेताहरूले बताएका छन् । कुन महानगरमा कसले गराए उम्मेदवारी दर्ता ? पोखरा र विराटनगर महागरपालिकामा सत्ता गठबन्धनभित्र रहेका दलका नेताहरूले असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस र जसपाका नेताहरूले यसरी उम्मेदवारी दर्ता गराएका हुन् । काठमाडौं महानगरपालिका उम्मेदवारी दर्ताको पहिलो दिन काठमाडौं महानगरपालिकाको मेयरमा १६ जना र उपमेयरमा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न वडाको वडाध्यक्षमा २३ जना र वडा सदस्यमा आठ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । काठमाडौंको मेयरका बालेन शाह, रविकान्त मानन्धर, राजन कार्की, ज्ञानु लामा र अमोट महर्जनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, राष्ट्रिय यथार्थवादी पार्टीका तर्फबाट आनन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् । विवेकशील साझा पार्टीको तर्फबाट समीक्षा बाँस्कोटा, आधुनिक नेपाल समाजवादी पार्टीका सुरेशरत्न बज्राचार्य, नेपाल समावेशी पार्टीका रामबहादुर खड्का, मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट सीता तामाङले उम्मेदवारी दर्ता गराएका छन् । मौलिक जरोकिलो पार्टीको तर्फबाट मनोजराज आचार्य, उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका संयोजक सुमन सायमी, आधुनिक नेपाल समाजवादी पार्टीका गुणबहादुर बञ्जाराले पनि काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । ललितपुर महानगरपालिका ललितपुर महानगरपालिकाको मेयरमा आठ जना र उपमेयरमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ । मेयरमा राष्ट्रिय जनमुक्ति पार्टी, आमूल परिवर्तन मसिहा पार्टी, मजदुर किसान पार्टी, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशील पार्टी, नेकपा माले र स्वतन्त्रले उम्मेदवारी दिएका छन् । यस्तै, उपमेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र एक जना स्वतन्त्रले उम्मेदवारी दिएका छन् । पोखरा महानगरपालिका पोखरा महानगरमा पहिलो दिन मेयरका लागि १० जनाले उमेदवारी दर्ता गराएका छन् । यसरी उम्मेदवारी दर्ता गराउनेमा छ जना स्वतन्त्र उमेदवार छन् भने चारदलीय उमेदवार हुन् । स्वतन्त्र उम्मेदवारी दिनेमा लेखक गणेस पौडेल (खडकराज पौडेल) विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोला, किसानसिंह गुरुङ छन् । नेपाली कांग्रेसबाट विद्रोह गर्दै कार्कीले उम्मेदवारी दर्ता गरेका हुन् । सञ्जय तिमिल्सिनाले मौलिक जरोकिलो पार्टी, सचेत नेपाली पार्टीबाट भोजराज खनाल, नेपाली जनता दलका मुक्तिनाथ सुवेदी, मंगोल नेसनल अर्गनाइजेसनका प्रेमप्रसाद गुरुङले मेयरमा उमेदवार दर्ता गराएका छन् । भरतपुर महानगरपालिका मनोनयनको पहिलो दिन भरतपुर महानगरको मेयरमा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसरी उम्मेदवारी दर्ता गराउनेमा छ जना राजनीतिक दलबाट र पाँच जना स्वतन्त्र उम्मेदवार रहेका छन् । महानगरको प्रमुख पदमा नेपाल मजदुर किसान पार्टीका हरिप्रसाद दुवाल, राष्ट्रिय जनमुक्ति पार्टीका ज्ञानबहादुर गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका टेकबहादुर पुन, नेकपा मालेका सूर्यप्रसाद रेग्मी, मौलिक जरोकिलो पार्टीका विनोदकुमार गिरी र उन्नत लोकतन्त्र पार्टीका दीपेन्द्र बास्तोलाले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रबाट रुद्रप्रसाद सापकोटा, मोहित पाण्डे, यमकान्त शर्मा कँडेल, हरिश्चन्द्र घिमिरे र रामकृष्ण ओझाले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विराटनगर महानगरपालिका विराटनगर महानगरपालिकाको मेयरमा तीन जनाको उमेदवारी परेको छ । तीमध्ये एक जना सिके राउतको पार्टीका रहेका छन् भने दुई स्वतन्त्र हुन् । मेयरसहित वडाध्यक्ष र सदस्य पदमा गरी ५७ जनाको मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जनमत पार्टीबाट पार्टीका महानगर समिति अध्यक्ष अरूणकुमार मण्डलले मेयरमा मनोनयन दर्ता गराए भने स्वतन्त्रबाट उमेश यादव र सक्रिय गौतमले उम्मेदवारी दिएका छन् । वीरगञ्ज महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकामा आइतबार ७७ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा मेयर पदका लागि १२ जनाको उम्मेदवारी परेको छ । उपमेयरमा पहिलो दिन कसैले पनि उम्मेदवारी दर्ता गराएका छैनन् । वडाध्यक्षमा २० जना, दलित महिला सदस्यमा छ जना, महिला सदस्यमा १० जना तथा खुला सदस्यमा २९ जनाले मनोनयन दर्ता गराएको वीरगञ्ज महानगर निर्वाचन अधिकृत जयप्रसाद काफ्लेले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  ०८:४४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP