Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपाली कांग्रेसको संकल्प ‘सवल स्थानीय सरकार, समुन्नत गाउँनगर’
नेपाली कांग्रेसको संकल्प ‘सवल स्थानीय सरकार, समुन्नत गाउँनगर’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख १२, २०७९
Hardik health
काठमाडौं– नेपाली कांग्रेसले यही वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । ‘नेपाली कांग्रेसको संकल्प’ नाम दिइएको घोषणापत्र आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । समुन्नत नेपालको राष्ट्रिय अभियानलाई अगाडि बढाउन पार्टीले तीनै तहको सरकारको नेतृत्व गर्न चाहेको कांग्रेसको भनाइ छ । कार्यक्रममा घोषणापत्रबारे जानकारी दिँदै कांग्रेस महामन्त्री एवं घोषणापत्र तयारी समितिका संयोजक गगनकुमार थापाले स्थानीय सरकार सवल र सक्षम भयो भने मात्र लोकतन्त्र पनि बलियो हुने बताए । वि.सं. २००७ को क्रान्तिपछिको सरकारमा स्थानीय स्वायत्त शासन साकार पार्न कांग्रेसले छुट्टै मन्त्रालयको व्यवस्था गरेको जानकारी दिए । सवल स्थानीय सरकारमार्फत विविधतालाई एकतामा जोड्दै लोकतन्त्रलाई समावेशी र सहभागितामूलक बनाएर देशको समुन्नतिको ढोका खोल्नुपर्छ भन्नेमा नेपाली कांग्रेस प्रस्ट रहेको उनको भनाइ थियो । कांग्रेसले अब राजनीतिक मुद्दाकै खिचातानीमा अल्झने र प्राप्त अवसरलाई गुमाउने सुविधा तथा समय नभएको उल्लेख गर्दै संविधानसभामार्फत जारी भएको संविधानको रक्षा र संस्थागत विकास गर्दै हासिल गरेका ऐतिहासिक उपलब्धिलाई जोगाएर देशलाई अगाडि बढाउने विषयमा पार्टीको प्रस्ट र दृढ प्रतिबद्धता व्यक्त गरेको छ । ‘नेपाली कांग्रेसको संकल्प’ नाम दिइएको घोषणापत्रमा पार्टीको गौरवशाली इतिहास र आदर्शलाई स्मरण गर्दै संविधानले जनतासँग वाचा गरेको समुन्नतिको आधार निर्माण गर्ने, समुन्नत नेपालको जग बसाल्ने उल्लेख गरेको छ । ‘समुन्नत नेपाल कुनै एक व्यक्तिको चमत्कारले होइन, सबै नागरिकको सामूहिक प्रयत्नले डोर्‍याउने उज्यालो भविष्यतिरको सुनौलो यात्रा हो । समुन्नत नेपालको केन्द्रमा केवल कोरा आर्थिक विकास र भौतिक संरचनामात्रै होइन, नेपाली जनताको समग्र मानव विकासको बृहत् अवधारणा अन्तर्निहित छ,’ घोषणापत्रमा उल्लेख छ । समुन्नत नेपाल नागरिकलाई सवल, सक्षम र स्वतन्त्र बनाई देशलाई सम्पन्न बनाउने कांग्रेसको अवधारणा छ । कांग्रेसले अवलम्बन गर्ने नीतिमा अबको दशक नेपालको समुन्नति र सम्पन्नताको दशक हुनेछ । प्रस्ट मार्गचित्रका साथ समुन्नतिको यही राष्ट्रिय संकल्पको कार्यान्वयनमा आफूलाई समर्पित गर्ने कांग्रेसको वाचा छ । कहाँ पुग्ने र कसरी पुग्ने भन्ने विषयमा अब कुनै द्विविधा नरहेको घोषणापत्रमा उल्लेख छ । कांग्रेसले नेपाललाई वैदेशिक लगानीको आकर्षक गन्तव्य बनाई नागरिकको जीवनस्तरलाई उकास्न हरदम प्रयत्नशील रहने देशभक्तिको राजनीतिमा विश्वास गरेको छ । पार्टीले गैरआवासीय नेपालीलाई आफू जन्मिएको, हुर्किएको गाउँ तथा नगरले लिएका आर्थिक–सामाजिक पहलमा सहकार्य गर्न उत्प्रेरित गर्ने र त्यसका लागि आवश्यक नीति र संयन्त्रको व्यवस्था गर्ने जनाएको छ । वैदेशिक रोजगारको विकल्प नबन्दा झण्डै तीन करोड जनसंख्या भएको अर्थतन्त्रको तुलनामा विप्रेषणको आकार लगभग २५ प्रतिशत हुनु उल्लेख्य रहेको उल्लेख गरेको छ । अर्को १० वर्षमा यसलाई १०–१५ प्रतिशत बिन्दुले घटाउन कांग्रेसले महत्वाकांक्षी पहल लिने जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  ०८:३७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP