Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लिपुलेक
  • #विदेसिनेको संख्या
  • #दक्षिण कोरिया
  • #घुँगीफोर गरुड
  • #विपद्का घटना
  • #यातायात
  • #रेमिट्यान्समा रेकर्ड
  • #संसद
  • #दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपाली कांग्रेसको संकल्प ‘सवल स्थानीय सरकार, समुन्नत गाउँनगर’
नेपाली कांग्रेसको संकल्प ‘सवल स्थानीय सरकार, समुन्नत गाउँनगर’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख १२, २०७९
Hardik health
काठमाडौं– नेपाली कांग्रेसले यही वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । ‘नेपाली कांग्रेसको संकल्प’ नाम दिइएको घोषणापत्र आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । समुन्नत नेपालको राष्ट्रिय अभियानलाई अगाडि बढाउन पार्टीले तीनै तहको सरकारको नेतृत्व गर्न चाहेको कांग्रेसको भनाइ छ । कार्यक्रममा घोषणापत्रबारे जानकारी दिँदै कांग्रेस महामन्त्री एवं घोषणापत्र तयारी समितिका संयोजक गगनकुमार थापाले स्थानीय सरकार सवल र सक्षम भयो भने मात्र लोकतन्त्र पनि बलियो हुने बताए । वि.सं. २००७ को क्रान्तिपछिको सरकारमा स्थानीय स्वायत्त शासन साकार पार्न कांग्रेसले छुट्टै मन्त्रालयको व्यवस्था गरेको जानकारी दिए । सवल स्थानीय सरकारमार्फत विविधतालाई एकतामा जोड्दै लोकतन्त्रलाई समावेशी र सहभागितामूलक बनाएर देशको समुन्नतिको ढोका खोल्नुपर्छ भन्नेमा नेपाली कांग्रेस प्रस्ट रहेको उनको भनाइ थियो । कांग्रेसले अब राजनीतिक मुद्दाकै खिचातानीमा अल्झने र प्राप्त अवसरलाई गुमाउने सुविधा तथा समय नभएको उल्लेख गर्दै संविधानसभामार्फत जारी भएको संविधानको रक्षा र संस्थागत विकास गर्दै हासिल गरेका ऐतिहासिक उपलब्धिलाई जोगाएर देशलाई अगाडि बढाउने विषयमा पार्टीको प्रस्ट र दृढ प्रतिबद्धता व्यक्त गरेको छ । ‘नेपाली कांग्रेसको संकल्प’ नाम दिइएको घोषणापत्रमा पार्टीको गौरवशाली इतिहास र आदर्शलाई स्मरण गर्दै संविधानले जनतासँग वाचा गरेको समुन्नतिको आधार निर्माण गर्ने, समुन्नत नेपालको जग बसाल्ने उल्लेख गरेको छ । ‘समुन्नत नेपाल कुनै एक व्यक्तिको चमत्कारले होइन, सबै नागरिकको सामूहिक प्रयत्नले डोर्‍याउने उज्यालो भविष्यतिरको सुनौलो यात्रा हो । समुन्नत नेपालको केन्द्रमा केवल कोरा आर्थिक विकास र भौतिक संरचनामात्रै होइन, नेपाली जनताको समग्र मानव विकासको बृहत् अवधारणा अन्तर्निहित छ,’ घोषणापत्रमा उल्लेख छ । समुन्नत नेपाल नागरिकलाई सवल, सक्षम र स्वतन्त्र बनाई देशलाई सम्पन्न बनाउने कांग्रेसको अवधारणा छ । कांग्रेसले अवलम्बन गर्ने नीतिमा अबको दशक नेपालको समुन्नति र सम्पन्नताको दशक हुनेछ । प्रस्ट मार्गचित्रका साथ समुन्नतिको यही राष्ट्रिय संकल्पको कार्यान्वयनमा आफूलाई समर्पित गर्ने कांग्रेसको वाचा छ । कहाँ पुग्ने र कसरी पुग्ने भन्ने विषयमा अब कुनै द्विविधा नरहेको घोषणापत्रमा उल्लेख छ । कांग्रेसले नेपाललाई वैदेशिक लगानीको आकर्षक गन्तव्य बनाई नागरिकको जीवनस्तरलाई उकास्न हरदम प्रयत्नशील रहने देशभक्तिको राजनीतिमा विश्वास गरेको छ । पार्टीले गैरआवासीय नेपालीलाई आफू जन्मिएको, हुर्किएको गाउँ तथा नगरले लिएका आर्थिक–सामाजिक पहलमा सहकार्य गर्न उत्प्रेरित गर्ने र त्यसका लागि आवश्यक नीति र संयन्त्रको व्यवस्था गर्ने जनाएको छ । वैदेशिक रोजगारको विकल्प नबन्दा झण्डै तीन करोड जनसंख्या भएको अर्थतन्त्रको तुलनामा विप्रेषणको आकार लगभग २५ प्रतिशत हुनु उल्लेख्य रहेको उल्लेख गरेको छ । अर्को १० वर्षमा यसलाई १०–१५ प्रतिशत बिन्दुले घटाउन कांग्रेसले महत्वाकांक्षी पहल लिने जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  ०८:३७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने
राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने बुधबार, भदौ ११, २०८२
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह सोमबार, भदौ ९, २०८२
चार सवालमा सर्वोच्चको प्रश्न
चार सवालमा सर्वोच्चको प्रश्न सोमबार, भदौ ९, २०८२
समाजवादी  आधार उत्पादन भएको अध्यक्ष दाहाल भनाई
समाजवादी  आधार उत्पादन भएको अध्यक्ष दाहाल भनाई आइतबार, भदौ ८, २०८२
टुंगिएन दाहाल–शर्मा विवाद
टुंगिएन दाहाल–शर्मा विवाद आइतबार, भदौ ८, २०८२
प्रतिपक्षीलाई विश्वासमा लिएर संसद् बैठक चलाउन माग
प्रतिपक्षीलाई विश्वासमा लिएर संसद् बैठक चलाउन माग शुक्रबार, भदौ ६, २०८२
सरकार र ठुला दलमाथि प्रश्नैप्रश्न
सरकार र ठुला दलमाथि प्रश्नैप्रश्न शुक्रबार, भदौ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP