Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
Search Here
राजनीति
  • Home
  • राजनीति
  • घोषणापत्रका ९० प्रतिशत प्रतिबद्धता अपूरै
घोषणापत्रका ९० प्रतिशत प्रतिबद्धता अपूरै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख १२, २०७९
घोषणापत्रका ९० प्रतिशत प्रतिवद्धता पूरा भएनन्
Hardik health
गलेश्वर– आइतबार बिहान नेपाली कांग्रेसका तर्फबाट बेनी नगरपालिकाका मेयरका उम्मेदवार चिरञ्जीवी पौडेलले पार्टी कार्यालयमा पत्रकार सम्मलेन गरी अपिलसहितको प्रतिबद्धता पत्र सार्वजनिक गरे । नगरको विकासदेखि जिल्लाको समृद्धि र अन्तर्राष्ट्रिय चासोको विषय बनेको मुस्ताङको कोरला नाका खुलाएर पारवहन बिन्दु विस्तार गर्ने विषयसमेत समेटिएको सो प्रतिबद्धता पत्रमा जनताका अधिकाँश आवश्यकताहरू समेटिएको भेटिन्छ । तर, विगतको नजिरलाई हेर्ने हो भने निर्वाचनका बेला दलहरूले तयार पारेका घोषणापत्रहरू केवल कागजमा मात्रै सीमित हुने गरेका छन् व्यवहारमा लागू भएनन् । निर्वाचनको समयमा राजनीतिक दलहरूले निकै मेहनत गरेर मीठा शब्द र ओजिला वाक्यांशहरूसहित रङ्गिन कलेवरमा घोषणापत्र तयार पार्दै आएपनि मतदाताहरूले पत्याइहालेका छैनन् । जनताका तत्कालीन आवश्यकता र आङ्खनो पार्टीका दीर्घकालीन योजनाहरूको फेहरिस्त तयार पारेर मतदाताका हात हातमा थमाइदिनु बाहेक ती घोषणापत्रहरूको औचित्य न ती दलहरूले पुष्टि गर्न सकेका छन् न त घोषणापत्र अनुसार नै निर्वाचन जितेपछि काम गर्ने गर्छन् । तर, निर्वाचन पिच्छे दलहरू आकर्षक नारासहितका घोषणापत्र बनाउन भने चुक्दैनन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पनि म्याग्दीका दलहरू घोषणापत्रको तयारीमा जुटेका छन् । पहिलो स्थानीय तह निर्वाचनमा म्याग्दीका दलहरूले सार्वजनिक गरेको घोषणापत्रमा व्यक्त प्रतिबद्धताहरू गएको पाँच वर्षमा करिब ९० प्रतिशत पूरा भएनन् । मतदाता रिझाउनकै लागि बनाइएका २०७४ सालको स्थानीय तहको चुनावी घोषणापत्र अहिले यहाँका राजनीतिक दलका कार्यालयमा समेत मुश्किलले भेटिन्छन् । चुनावको अवधिमा निकै चर्चा हुने ती घोषणापत्रहरू म्याग्दीका मतदातालाई मनको लड्डु घिउसँग खानु जस्तै भएका छन् । विगतमा घोषणापत्रअनुसार सिन्को पनि भाँच्न नसकेका आरोप खेप्न परेका ती राजनीतिक दल र जनप्रतिनिधिहरू आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी उस्तै प्रकृतिको घोषणापत्र जारी गर्ने सुरसारमा छन् । चवहत्तर सालको स्थानीय तहको निर्वाचनमा जिल्लाको एकमात्र नगरपालिका बेनी नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर र एक वडाध्यक्षमा विजयी भए भने एकमा स्वतन्त्र र बाँकी आठ वटा वडामा नेकपा एमालेले जितेको थियो । नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रमा बेनी नगरलाई नेपालकै नमूना नगरपालिका बनाउने, घरघरमा खानेपानी, स्वास्थ्य र शिक्षाको सहज पहुँच पुर्‍याउने, स्थानीय स्तरमा रोजगारी लगायतका कयौं गुलिया आश्वासनहरू दिइएको थियो । तर नगरलाई नेपालकै नमूना नगर बनाउने त परको कुरा अहिलेसम्म दिनहुँ बजारमा थुप्रिने फोहर विर्सजन गर्ने स्थानको समेत टुङ्गो लाग्न सकेको छैन । त्यसैगरी, एमालेको घोषणापत्रमा नगरका १० वटै वडालाई समेटेर रिङ्गरोड बनाउने, कृषि र पशुपालनलाई व्यवसायीकरण गर्ने, कालीगण्डकी र म्याग्दी नदीमा तटबन्ध गर्ने, बेनीलाई स्मार्ट सिटी बनाउने, एक घर एक रोजगारको व्यवस्था गर्ने, नगर क्षेत्र भित्रका वाढी पहिरो प्रभावित ठाउँहरूलाई स्थानान्तरण गर्ने वा दीर्घकालीन रोकथामका उपायहरू अवलम्बन गर्ने कुराहरू उल्लेख गरिएको थियो । एमालेको घोषणापत्रमा उल्लेख गरिएका कुराहरू एकाधबाहेक अरु कुनै पनि पूरा हुन सकेका छैनन् । चवहत्तर सालको स्थानीय निर्वाचनमा नेकपा माओवादी र नेपाली कांग्रेसको गठवन्धन बनेको थियो भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एमालेले चुनावी एकता गरेका थिए । यसपटक पनि विगतको झै महत्वाकांक्षी घोषणापत्र जारी हुने पक्का छ । रासस
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  ०८:२९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP