Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमालेको निर्णय गण्डकी प्रदेशका सांसदले मेयरको टिकट नपाउने
एमालेको निर्णय गण्डकी प्रदेशका सांसदले मेयरको टिकट नपाउने
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख ९, २०७९
UML_MEEting[1]
Hardik health
काठमाडौं– यही ३० वैशाखका लागि तय भएको स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समय अब दुई दिन मात्र बाँकी छ । तर, राजनीतिक दलहरुले धेरै स्थानीय तहको उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । केही समितिबाहेक धेरैले उपल्लो समितिको निर्णय पर्खेर बसेका छन् । जस्तो, नगरपालिकाको मेयर, उपमेयरका लागि प्रदेश समिति र उपहानगरपालिका तथा महानगरपालिकाको मेयर, उपमेयरका लागि सम्बन्धित पार्टीहरुले केन्द्रको निर्णय पर्खिरहेका छन् । उम्मेदवार सिफारिसमा सत्तारुढ गठबन्धनबाट अघि देखिएको नेकपा एमाले उपमहानगर र महानगरको निर्णय गर्न भने विलम्ब गरिरहेको छ । महानगर र उपमहानगरका उम्मेदवार तय गर्न बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको केन्द्रीय सचिवालय बैठकले पनि यसबारे ठोस निर्णय गर्न सकेन । बरू, गण्डकी प्रदेशका प्रदेशसभा सदस्यलाई मेयरको टिकट नदिने निर्णय ग¥यो । एमालेको यो निर्णय पोखरा महानगरपालिकालक्षित थियो । जहाँबाट तीन प्रदेश सांसदसहित १२ जना नेताहरुको नाम पोखराको मेयरका लागि सिफारिस भएको थियो । एमालेका तल्ला कमिटीबाट केन्द्रमा आएका सिफारिसमध्ये यो नै सबैभन्दा धेरै संख्या हो । ललितपुर, भरतपुर र वीरगञ्ज महानगरपालिका प्रमुखका लागि एक÷एक जनाको मात्र नाम सिफारिस भएको छ । उनीहरुले स्वतः टिकट पाउने पक्का भएको छ । तर, पोखराबाट १२, विराटनगरबाट पाँच, काठमाडौं महानगरपालिकामा पूर्वराज्यमन्त्रीसहित पाँच जनाको नाम केन्द्रमा पठाइएको छ । यस्तै, उपमहानगरपालिकाहरुबाट पनि एकभन्दा धेरै उम्मेदवारको नाम सिफारिस भएको छ । जसका कारण एमालेले निर्णय गर्न ढिलाइ गरिरहेको छ । एमालेले पोखराको मेयरका लागि प्रदेश सांसदलाई टिकट नदिने निर्णय गरेपछि पोखराको मेयरमा आकांक्षा राखेका गण्डकी प्रदेशसभाका सदस्यहरु कृष्ण थापा, राजीव पहारी र मीना गुरुङले प्रतिस्पर्धा गर्न नपाउने भएका छन् । बिहीबार बसेको सचिवालयको बैठकपछि प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गण्डकीमा प्रदेशसभा सदस्यलाई मेयरमा टिकट नदिने निर्णय भएको बताए । योसँगै पोखरा महानगरपालिकामा मेयरको उम्मेदवार बन्ने आकांक्षा राखेका थापा, पहारी र गुरुङको ‘च्याप्टर क्लोज’ भएको छ । २०७४ को निर्वाचनमा कांग्रेस र माओवादीको गठबन्धन हुँदासमेत पोखरा महानगरपालिकामा एमालेले फराकिलो अन्तरले चुनाव जितेको थियो । तर, यसपटक भने उम्मेदवार छनोटमै सकस देखिएको छ । छ वटा महानगरमध्ये एमालेले जित हासिल गर्न सबैभन्दा बढी सम्भावना रहेको पोखरा महानगरको मेयरका लागि १२ जना र उपमेयरका लागि ११ जना दाबेदार छन् । मेयरको उम्मेदवारमा केन्द्रीय सदस्य एवं प्रदेश सांसद थापा, पहारी, केन्द्रीय सदस्य मीना गुरूङ, भीम कार्की, व्यवसायी पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, प्रा.डा. विश्वकल्याण पराजुली, रश्मी आचार्य, दीपक पौडेल, दर्शन लामा, बालकृष्ण काउछा मगर र सावित्री भण्डारीले दाबी गरेका छन् । यस्तै, उपमेयरमा तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, बलराम गायक गन्धर्व, हरिमाया गुरुङ, बैनबहादुर क्षेत्री, जीवनप्रसाद आचार्य, टिकाराम पंगेनी, बामदेव ढुंगाना, शोभामोहन पौडेल, देवका पहारी त्रिपाठी र सुष्मा पौडेलको दाबी छ । ‘गण्डकीमा अझै पनि सरकार फेरबदल हुनसक्ने सम्भावनालाई मध्यजनर राखेर गण्डकीको कुनै पनि प्रदेशसभा सदस्यहरुलाई यसपटक स्थानीय तहको चुनावमा अगाडि सार्दैनौं,’ उपमहासचिव गुरुङले भने । उनले गण्डकी प्रदेशसभामा आफूहरुको २७ सिट रहेको भन्दै सरकारलाई समर्थन गरिरहेको कुनै दलले फिर्ता लियो भने सरकार परिवर्तनको सम्भावना रहेको बताए । त्यसो हुँदा फेरि एमालेको नेतृत्वमा सरकार गठन गर्न सकिने उनको भनाइ थियो । गुरुङ गण्डकीका पूर्वमुख्यमन्त्रीसमेत हुन् । दुई दिनको लागि भने पनि आफ्नो सरकार गठन हुँदा महत्वपूर्ण हुने उनले बताए । यस्तै निर्णय लुम्बिनीमा पनि गर्न सकिने उनको भनाइ छ । जहाँ आफ्नो नेतृत्वमा सरकार बन्नसक्ने सम्भावना छ, त्यहाँ प्रदेश सांसदलाई स्थानीय तहको टिकट नदिने उनले बताए । ‘बागमतीमा त्यस्तो सरकार बनिहाल्ने नजिकको सम्भावना छैन । कम भएको ठाउँमा त्यस्तो निर्णयमा बाँधिदैनौं,’ गुरुङले भने । गण्डकी र लुम्बिनी प्रदेशमा एमालेको एकल बहुमत पुग्नलाई केही सांसदको मात्रै कमी हुन्छ । सत्ता गठबन्धनमा फाटो आएमा एमालेको सरकार बन्नसक्छ । महानगरका उम्मेदवार शनिबार टुंग्याइने एमालेले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारबारे शनिबार मात्र निर्णय गर्ने भएको छ । बिहीबारको सचिवालय बैठकमा सातवटै प्रदेश कमिटीले गरेको सिफारिसबारे छलफल मात्र भएको र अर्को बैठकले निर्णय गर्ने एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख गुरुङले बताए । उनका अनुसार सचिवालयको अर्को बैठक शनिबार दिउँसो ३ बजे बालकोटमै बस्नेछ । निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको छ । एमालेले त्यसको अघिल्लो दिन मात्र महानगर र उपमहानगरका उम्मेदबारे निर्णय गर्ने भएको हो । बिहीबारको बैठकमा महानगर र उपमहानगरको प्रमुख तथा उपप्रमुखका लागि सातवटै प्रदेशबाट आएका सिफारिसबारे महासचिव शंकर पोखरेलले जानकारी दिएका थिए । एक पालिकाका लागि दुई वा दुईभन्दा बढी जनाको नाम सिफारिस भएकाले ती सबै नाममा छलफल गर्नका लागि समय लिने एमाले सचिवालयले निर्णय गरेको हो । एकल सिफारिस आएको अवस्थामा पनि तीभन्दा योग्य उम्मेदवार हुन्छन् कि भनेर थप छलफल गर्नका लागि १० गते चयन गर्ने निर्णय भएको एमाले सचिव योगेश भट्टराईले बताए । बिहीबारको बैठकमा दुईवटा एजेण्डामा छलफल भएको उपमहासचिव गुरुङले बताए । गुरुङका अनुसार शुक्रबार (आज) नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस भव्यरूपमा मनाउने निर्णय भएको छ । पार्टी स्थापना दिवसकै अवसरमा आज तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा एमालेको केन्द्रीय कार्यालय उद्घाटन हुने उनले बताए । एमालेले आज नै स्थानीय निर्वाचनको घोषणापत्र पनि सार्वजनिक गर्ने उनले जानकारी दिए । माओवादी र कांग्रेससँग पनि सहकार्य ! नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनभित्रका दलहरुसँग पनि तालमेल हुनसक्ने जनाएको छ । बिहीबारको केन्द्रीय सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचार विभाग प्रमुख गुरुङले महानगर र उपमहानगरमा कांग्रेस र माओवादीलगायतका दलहरुसँग पनि सहकार्यको ढोका खुला रहेको बताए । सकारात्मक शक्ति र पार्टीहरुसँग महानगर र उपमहानगरमा पनि सहकार्य हुने र वैशाख १२ गतेसम्ममा सबै टुंगो लगाउने उनले बताए । एमालेले जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पनि सहकार्य गर्नसक्ने उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  १०:३०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP