Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लिपुलेक
  • #विदेसिनेको संख्या
  • #दक्षिण कोरिया
  • #घुँगीफोर गरुड
  • #विपद्का घटना
  • #यातायात
  • #रेमिट्यान्समा रेकर्ड
  • #संसद
  • #दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सत्ता गठबन्धनमा सहमति : कांग्रेसलाई सात उपमहानगर
सत्ता गठबन्धनमा सहमति : कांग्रेसलाई सात उपमहानगर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख ८, २०७९
gathabandan
Hardik health
काठमाडौं– लामो रस्साकस्सीपछि सत्तारुढ गठबन्धनले आगामी स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा टुंग्याएको छ । महानगरका विषयमा लगभग मंगलबार नै सहमति जुटाएको सत्ता गठबन्धनले बुधबार उपमहानगरपालिकामा पनि सहमति जुटाएको हो । यससँगै देशका छ महानगरपालिका र ११ उपमहानगरपालिकामा गठबन्धनले सिट बाँडफाँड टुंग्याएका छन् । बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले यस्तो टुंगो लगाएको हो । सहमतिपत्रमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् । गठबन्धन बैठकअघि शीर्ष नेता र संयन्त्रका नेताहरुबीच छुट्टाछुट्टै छलफलसमेत भएको थियो । महानगरको प्रमुख/उपप्रमुखबारे मंगलबार नै सहमति भएको भनिए पनि औपचारिक रुपमा सार्वजनिक गरिएको थिएन । बुधबार महानगर र उपहानगरको प्रमुख÷उपप्रमुख गठबन्धन आबद्ध कुन दललाई दिने सहमति लिखितरुपमै भएपछि त्यसलाई सार्वजनिक गरिएको छ । जसअनुसार नेपाली कांग्रेसले तीन महानगरमा प्रमुख र तीन महानगरमा उपप्रमुख पाउनेछ । सहमतिअनुसार कांग्रेसले काठमाडौं, ललितपुर, विराटगरको प्रमुख र भरतपुर, पोखरा र वीरगञ्जको उपप्रमुख पाउनेछ । उपमहानगरतर्फ सात वटामा प्रमुख र चार वटामा कांग्रेसले उपप्रमुख पाउने सहमति भएको कांग्रेस नेता एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाको प्रमुखमा तथा जितपुर–सिमरा, घोराही र हेटौंडा उपमहानगरपालिकाको उपप्रमुखमा पाउने सहमति भएको हो । सर्वाधिक चर्चा र चासोमा परेको भरतपुर महानगरपालिका अन्ततः माओवादी केन्द्रले नै पाएको छ । भरतपुर माओवादीलाई दिन नहुने भन्दै कांग्रेसभित्र तीव्र विवाद भइरहेको थियो । भरतपुरका स्थानीय कांग्रेस नेता कार्यकर्ताले यसमा अडान लिँदै आएका थिए । यसैमा असन्तुष्टि जनाउँदै भरतपुरका ५० जना सक्रिय कार्यकर्ताले पार्टी त्यागेको घोषणासमेत गरेका थिए । पार्टीभित्रको चर्को दबाबका बीच कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा भरतपुर माओवादी केन्द्रलाई दिन तयार भएका हुन् । मंगलबार देउवाले चितवन सभापतिलाई बोलाएर भरतपुर माओवादीलाई छाड्न निर्देशन दिएका थिए । तर, चितवन सभापतिले भने स्थानीय नेता कार्यकर्ताको चाहनाविपरीत निर्णय नलिन आग्रह गरे पनि अन्ततः भरतपुर माओवादीलाई नै दिने गठबन्धनबीच सहमति भएको छ । माओवादीका तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुखमा र ललितपुर महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको कार्कीले बताए । यस्तै, माओवादी केन्द्रलाई जितपुर–सिमरा र घोराही उपमहानगरपालिकाको प्रमुख तथा धरान र धनगढी उपमहानगरपालिकाको उपप्रमुख दिने सहमति भएको छ । गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादीलाई पोखरा महानगरपालिकाको प्रमुख तथा काठमाडौं महानगरपालिकाको उपप्रमुख दिने सहमति भएको छ । कांग्रेस कास्कीका नेताहरुले पोखरा महानगरपालिका एकीकृत समाजवादीलाई छाड्न नसकिने अडान लिएका थिए । पोखरा महानगरकै विषयमा छलफल गर्न कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले मंगलबार कास्की र गण्डकी प्रदेशका सभापतिसहितका नेताहरुलाई काठमाडौं बोलाएका थिए । त्यसपछि एकीकृत समाजवादीलाई पोखरा महानगर छाड्न कांग्रेस तयार भएको बताइन्छ । एकीकृत समाजवादीले २०७४ को चुनावमा नेकपा एमालेले जितेको पोखरामा आफ्नो हक लाग्ने भन्दै अडान लिएको थियो । सोही विवादले गठबन्धनको बैठक निष्कर्षविहीन बन्दै आएको थियो । तर, अन्ततः पोखरा एकीकृत समाजवादीलाई नै दिने सहमति भएको छ । एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको प्रमुख तथा इटहरी, बुटवल र तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ । यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपालले वीरगञ्ज महानगरपालिकाको प्रमुखमा र विराटनगर महानगरपालिकाको उपप्रमुखका साथै जनकपुर उपमहानगरपालिकाको प्रमुख तथा कलैया र नेपालगञ्ज उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको सञ्चारमन्त्री कार्कीले बताए । बुधबारको बैठकपछि गठबन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावनाअनुरुप सम्बन्धित समितिहरुको बैठक बसी अविलम्ब सिट बाँडफाँड तथा उम्मेदवारहरुको चयन गर्नसमेत निर्देशन दिएको छ । साथै, सहमति बन्न नसकेको अवस्थामा पँँचदलीय गठबन्धनभित्रै ‘मित्रवत प्रतिस्पर्धा’ गर्न सकिनेसमेत समझदारी भएको छ । नगरपालिका र गाउँपालिकामा भने तल्लो तहबाट उम्मेदवार टुंग्याउने सहमति यसअघि नै भएको थियो । नगर र गाउँपालिकामा बाध्यात्मक रूपमा तालमेलको निर्देशन नदिने निर्णय यसअघि नै गठबन्धनले गरिसकेको छ । महिला प्रतिनिधित्वको चिन्ता सत्तारुढ दलहरूबीच तालमेलको सहमति भएसँगै महिला प्रतिनिधित्वको चिन्ता थपिएको छ । सहमतिअनुसार एक दलले प्रमुख वा उपप्रमुखमध्ये एक पदमा मात्र उम्मेदवारी दिने हुँदा महिला प्रतिनिधित्व खोसिने चिन्ता देखिएको महिला नेतृहरु बताउँछन् । कानुनतः एक दलले दुवै पदमा उम्मेदवारी दिँदा प्रमुख वा उपप्रमुखमध्ये एक पदमा अनिवार्य महिला हुनुपर्ने व्यवस्था छ । तर, एक मात्र पदमा उम्मेदवारी दिँदा महिला नै उठाउनुपर्ने बाध्यता हुँदैन । केही दिनअघि निर्वाचन आयोगले समेत एक मात्र पदमा उम्मेदवारी दिँदा महिला अनिवार्य हुनुपर्ने व्यवस्था संशोधन गरेको थियो । स्थानीय तह निर्वाचन ऐन २०७३ मा ५० प्रतिशत महिला हुनुपर्ने व्यवस्था छ । तत्कालीन समयमा संसद्को राज्य व्यवस्था समितिमा लामो छलफलपछि महिला सांसदहरूको जोडबलमा यस्तो व्यवस्था राखिएको थियो । स्थानीय तह निर्वाचन ऐनको दफा १७ को ४ मा उपदफा (१) बमोजिम मनोनयनपत्र पेस गर्दा दलले अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार रहने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ । सोही ऐनमा ‘तर, दलले एक पदमा मात्र उम्मेदवारी दिएमा यो उपदफाको प्रावधान लागू हुने छैन’ भनिएको छ । २०७४ सालको निर्वाचनमा छ हजार ४७३ वडामध्ये ६२ वटामा मात्रै महिला वडाध्यक्ष निर्वाचित भएका थिए । त्यसैगरी ७५३ पालिकामध्ये आठ वटामा मात्रै महिला प्रमुख निर्वाचित भएका थिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  ०८:३२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने
राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने बुधबार, भदौ ११, २०८२
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह सोमबार, भदौ ९, २०८२
चार सवालमा सर्वोच्चको प्रश्न
चार सवालमा सर्वोच्चको प्रश्न सोमबार, भदौ ९, २०८२
समाजवादी  आधार उत्पादन भएको अध्यक्ष दाहाल भनाई
समाजवादी  आधार उत्पादन भएको अध्यक्ष दाहाल भनाई आइतबार, भदौ ८, २०८२
टुंगिएन दाहाल–शर्मा विवाद
टुंगिएन दाहाल–शर्मा विवाद आइतबार, भदौ ८, २०८२
प्रतिपक्षीलाई विश्वासमा लिएर संसद् बैठक चलाउन माग
प्रतिपक्षीलाई विश्वासमा लिएर संसद् बैठक चलाउन माग शुक्रबार, भदौ ६, २०८२
सरकार र ठुला दलमाथि प्रश्नैप्रश्न
सरकार र ठुला दलमाथि प्रश्नैप्रश्न शुक्रबार, भदौ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP