Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
Search Here
राजनीति
  • Home
  • राजनीति
  • उम्मेदवार छनोटमा एमालेलाई दबाब दिँदै परिवार दल
उम्मेदवार छनोटमा एमालेलाई दबाब दिँदै परिवार दल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख ८, २०७९
एमाले महासचिब र परिवारदलका प्रतिनिधीहरु
Hardik health
काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेपाल परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेलबीच भेटवार्ता भएको छ । बुधबार एमाले कार्यालयमा भएको भेटपछि परिवार दलका महामन्त्री सन्तोष पौडेलले परिवार दल बलियो भएको ठाउँमा उम्मेदवारी दिन एमालेलाई आग्रह गरेको बताए । एमालेले परिवार दलबीच भएको छलफल पछि तीन वटा पार्टीसँग चुनावी तालमेल गर्न निर्देशन दिएको छ । जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई बुधबार महासचिव शंकर पोखरेलले पठाएको पत्रमा राप्रपा नेपाल, नेपाल परिवार दल र राष्ट्रिय जनमोर्चाको केन्द्रीय समन्वय परिषद्सँग सहकार्य गर्न निर्देशन दिइएको छ । एमालेले गत चैत ३० ती दलसँग चुनावी तालमेल गरेको थियो । यस्तै चित्रबहादुर केसीसँग विद्रोह गरेको जनमोर्चासँग पनि सहकार्य गर्न एमालेले भनेको छ । उक्त सहमति कार्यान्वयन गर्न महासचिव पोखरेलले प्रदेश, जिल्लाका कमिटीलाई आग्रह गरेका हुन् । एमाले महासचिब शंकर पोखरेलले परिवार दलको स्थानीय निकायमा सम्मानजनक उपस्थिति रहनेमा ढुक्क हुन आग्रह गरे । पार्टीको प्रभाव र अवस्था हेरेर आ–आफ्नो कार्यक्षेत्रमा आवश्यकता अनुसार सहमति कार्यान्वयन गर्न एमालेले आग्रह गरेको भेटपछि परिवार दलका सहमहामन्त्री मनोज कुमार सुर्खेतिले बताए । पूर्वपश्चिम राजमार्गसँग जोडिएका तराइका जिल्लामा परिवार दलको संगठन बलियो रहेको बताईन्छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा परिवार दलले मुगुको एक वडा सदस्यमा जित निकालेको थियो । यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा होमिएका नेकपा एमाले र नेपाल परिवार दलबीच चुनावी तालमेल बारेमा बिभिन्न जिल्लामा छलफल भए पनि कुन स्थानीय तहमा परिवार दल उम्मेदवार बन्ने भन्ने बारेमा टुङो लाग्न सकेको छैन । जिल्ला तहको भेटमा दुई पार्टी बीच चुनावी गठबन्धन बलियो बनाउने सहमति भएको छ भने परिवार दलले स्थानीय निकायमा प्रतिनिधित्व गराउने एमाले जिल्ला स्तरिय नेताहरु सहमत भएका छन् । भेटमा एमाले महासचिव शंकर पोखरेल, परिवार दलको तर्फबाट महामन्त्री सन्तोष पौडेल सहमहामन्त्री मनोज कुमार सुर्खेती केन्द्रीय सदस्य लक्ष्मी प्रसाद भण्डारी लगायतको नेताको उपस्थती रहेको थियो । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालसहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओली पटक पटक वार्ता भएको थियो भने मंगलबार भएको भेटवार्ता पछि तालमेल गर्ने सहमति जुटेको हो ।
प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  ०८:२०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP