Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लिपुलेक
  • #विदेसिनेको संख्या
  • #दक्षिण कोरिया
  • #घुँगीफोर गरुड
  • #विपद्का घटना
  • #यातायात
  • #रेमिट्यान्समा रेकर्ड
  • #संसद
  • #दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अन्य प्रदेशसरह नै सेवा सुविधा राखेका हौँ : मुख्यमन्त्री शाही
अन्य प्रदेशसरह नै सेवा सुविधा राखेका हौँ : मुख्यमन्त्री शाही
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख ८, २०७९
Hardik health
सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश पदाधिकारीहरूको तलव र सेवा सुविधा अन्य प्रदेशसरह पुर्‍याइएको बताएका छन् । बुधबार पत्रकार भेटघाटमा मुख्यमन्त्री शाहीले प्रदेश पदाधिकारीहरूको तलव, सुविधा बढाएको भन्दै संचार माध्यमले समाचार बनाएपछि त्यसको खण्डन गर्दै आफुहरुले अन्य प्रदेश पदाधिकारीहरूको सरह नै सेवा सुविधा राखेको बताए । उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूसँगको सहमतिमै तलब सुविधा बढाइएको जिकिर पनि गरे । प्रदेश सभा सदस्यहरूको मर्यादाक्रम अनुसार पारिश्रमिक नभएको गुनासो प्रदेशसभामै उठेपछि सर्वदलीय सहमतिका आधारमा मन्त्रिपरिषद्बाट सुविधा हेरफेरसम्बन्धी निर्णय गरेको मुख्यमन्त्री शाहीले जानकारी दिए । प्रदेश सरकारले बढाएको पारिश्रमिक अनुसार प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यसअघि ६० हजार ९७० पाउँदै आएकोमा अब ७० हजार ७३० पाउने भएका छन् । मुख्यमन्त्री शाहीले यसअघि १५ हजार अतिथि सत्कार स्वरुप पाउने गरेकोमा अब २० हजार पाउनेछन् । मन्त्रीहरुले १० हजार पाइरहेकामा अब मासिक १५ हजार पाउने भएका छन् । ५३ हजार तलव पाउँदै आएका मन्त्रीहरुले ६० हजार ३२० पाउनेछन् । प्रदेश सभाका सभामुखको तलब पनि वृद्धि भएको छ । यसअघि ५३ हजार मासिक तलव बुझ्ने सभामुख राजबहादुर शाहीले अब ६१ हजार ४८० पाउनेछन् । विपक्षी दलको नेता र उपसभामुखले ५० हजार पाइरहेकोमा अब ५८ हजार पाउनेछन् । सत्ता पक्षको प्रमुख सचेतक, विपक्षी दलको प्रमुख सचेतक र समितिका अध्यक्षहरुको तलब समेत वृद्धि भएको छ । यसअघि ४८ हजार तलब पाउने गरेका उनीहरुले अब ५६ हजार ८४० पाउनेछन् । यसअघि मासिक ४५ हजार पाउँदै आएका सांसदहरुले अब ५२ हजार ६०० पाउने छन् । यस्तै सञ्चार सुविधा र भ्रमण भत्तामा समेत वृद्धि गरिएको छ । मुख्यमन्त्री शाहीले केही सुविधा बढे पनि सातवटै प्रदेशमा सबभन्दा कम सेवा सुविधा पाउने कर्णाली प्रदेशकै पदाधिकारी रहेको दावी समेत गरे ।
प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  ०८:१३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने
राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने बुधबार, भदौ ११, २०८२
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह सोमबार, भदौ ९, २०८२
चार सवालमा सर्वोच्चको प्रश्न
चार सवालमा सर्वोच्चको प्रश्न सोमबार, भदौ ९, २०८२
समाजवादी  आधार उत्पादन भएको अध्यक्ष दाहाल भनाई
समाजवादी  आधार उत्पादन भएको अध्यक्ष दाहाल भनाई आइतबार, भदौ ८, २०८२
टुंगिएन दाहाल–शर्मा विवाद
टुंगिएन दाहाल–शर्मा विवाद आइतबार, भदौ ८, २०८२
प्रतिपक्षीलाई विश्वासमा लिएर संसद् बैठक चलाउन माग
प्रतिपक्षीलाई विश्वासमा लिएर संसद् बैठक चलाउन माग शुक्रबार, भदौ ६, २०८२
सरकार र ठुला दलमाथि प्रश्नैप्रश्न
सरकार र ठुला दलमाथि प्रश्नैप्रश्न शुक्रबार, भदौ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP