Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
Search Here
राजनीति
  • Home
  • राजनीति
  • महानगरको भागबण्डामा सहमति
महानगरको भागबण्डामा सहमति
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख ७, २०७९
Gathabandhan
Hardik health
काठमाडौं– लामो रस्साकस्सीपछि सत्तारुढ गठबन्धनले आगामी स्थानीय तह निर्वाचनका लागि महानगरको भागबण्डा टुंग्याएको छ । छ वटा महानगरमध्ये प्रमुख र उपप्रमुख कसले लिने भन्ने विषयमा मुख्य दलहरूबीच सहमति जुट्न नसक्दा गठबन्धन नै संकटमा पर्ने आशंका गरिएको थियो । तर, उक्त आशंकालाई चिर्दै मंगलबारको बैठकले महानगरको भागबण्डा टुंग्याएको गठबन्धनका एक नेताले बताए । यद्यपि, यसबारे औपचारिक निर्णय भने सार्वजनिक गरिएको छैन । नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महानगरको प्रमुख र उपप्रमुखबारे गठबन्धनका दलहरू सहमतिनजिक पुगेको बताए । ‘लगभग सहमति भइसकेको छ, लिखित निर्णय भने हुन बाँकी छ,’ बैठकपछि उनले भने । गठबन्धनभित्र छ वटा महानगरमध्ये पाँचवटामा सोमबार नै सहमति जुटिसकेको थियो । कांग्रेसले पोखरा महानगरपालिका नेकपा एकीकृत समाजवादीलाई नछाड्ने अडान राखेपछि गठबन्धन रोकिएको थियो । तर, मंगलबारको बैठकमा पोखरा एकीकृत समाजवादीलाई दिन कांग्रेस तयार भएको बैठकमा सहभागी एक नेताले बताए । पोखरा महानगरकै विषयमा छलफल गर्न कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार कास्की र गण्डकी प्रदेशका सभापतिसहितका नेताहरूलाई काठमाडौं बोलाएका थिए । त्यसपछि एकीकृत समाजवादीलाई छाड्न कांग्रेस तयार भएको हो । पोखराका स्थानीय कांग्रेस नेता कार्यकर्ताले कुनै पनि हालतमा एकीकृत समाजवादीलाई नछाड्ने भन्दै केन्द्रलाई दबाब दिँदै आएका थिए । यता एकीकृत समाजवादीले पनि गत २०७४ को चुनावमा नेकपा एमालेले जितेको पोखरामा आफ्नो हक लाग्ने भन्दै अडान लिएको थियो । सोही विवादले गठबन्धनको बैठक निष्कर्षविहीन बन्दै आएको थियो । पछिल्लो सहमतिअनुसार काठमाडौं, ललितपुर र विराटनगरको प्रमुख कांग्रेसले पाउने भएको छ । वीरगञ्ज महानगरपालिका जनता समाजवादी पार्टीलाई दिने सहमति गठबन्धनमा जुटेको छ । सर्वाधिक चर्चा र चासोमा परेको भरतपुर महानगरपालिका अन्ततः माओवादी केन्द्रले पाएको छ । भरतपुर माओवादीलाई दिन नहुने भन्दै कांग्रेसभित्र तीव्र विवाद भइरहेको छ । भरतपुरका स्थानीय कांग्रेस नेता कार्यकर्ताले यसमा अडान लिँदै आएका थिए । यसैमा असन्तुष्टि जनाउँदै भरतपुरका ५० जना सक्रिय कार्यकर्ताले पार्टी त्यागेको घोषणासमेत गरेका थिए । पार्टीभित्रको चर्को दबाबका बीच कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा भरतपुर माओवादी केन्द्रलाई दिन तयार भएका हुन् । मंगलबार देउवाले चितवन सभापतिलाई बोलाएर भरतपुर माओवादीलाई छाड्न निर्देशन दिएका थिए । तर चितवन सभापतिले भने स्थानीय नेता कार्यकर्ताको चाहनाविपरीत निर्णय नलिन आग्रह गरेको बताइएको छ । उपप्रमुखमा पनि सहमति सत्तारुढ गठबन्धनले छ वटा महानगरको उपप्रमुखको भागबण्डासमेत टुंग्याएको छ । गठबन्धनको मंगलबारको बैठकमा भएको सहमतिअनुसार कांग्रेसले तीनवटा महानगरमा उपप्रमुख पाउने भएको छ । कांग्रेसको भागमा पोखरा, वीरगञ्ज र भरतपुरको उपप्रमुख परेको बैठकमा सहभागी एक नेताले बताए । यसैगरी माओवादी केन्द्रले ललितपुर, एकीकृत समाजवादीले काठमाडौं र जनता समाजवादीले विराटनगरमा गठबन्धनको तर्फबाट उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको ती नेताले बताए । गठबन्धनले उपमहानगरमा पनि सहमतिको लागि छलफल जारी राखेको छ । गठबन्धनलाई चुनौती पाँचदलीय गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा आबद्ध छन् । स्थानीय तह निर्वाचनमा तालमेल गर्ने समझदारी गरेका यी दलले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म गठबन्धन दलका नेता सम्मिलित संयन्त्र बनाएका छन् । गठबन्धनले गत २९ चैतमा सिट बाँडफाँडको ‘मोडालिटी’ टुंग्याएको थियो । केन्द्रीयस्तरमा चुनावी तालमेलको निर्णयसहित भागबण्डा गरेको सत्तारुढ गठबन्धनलाई स्थानीयस्तरमा निर्णय कार्यान्वयन गर्न चुनौती देखिएको छ । गठबन्धनले चुनावी तालमेलको निर्णय कार्यान्वयन गर्न निर्देशनसमेत जारी गरिसकेको छ । तर स्थानीय तहका नेता कार्यकर्ता केन्द्रीय निर्णय मान्न तयार देखिएका छैनन् । नेपाली कांग्रेसका केन्द्रीय नेताहरूले समेत गठबन्धनको विपक्षमा अभिव्यक्ति दिँदै आएका छन् । उनीहरूले गठबन्धन गर्ने÷नगर्ने निर्णय लिन सम्बन्धित स्थानीय तहका नेता, कार्यकर्तालाई नै दिनुपर्ने बताउँदै आएका छन् । यसले गठबन्धनको निर्णय तल्लो स्तरमा कार्यान्वयन हुनेमा आशंका बढाएको छ । गठबन्धन टुटाउने षड्यन्त्र हुँदै छ : प्रधानमन्त्री यसैबीच नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघको ५३औँ वार्षिकोत्सवको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने बताएका हुन् । ‘गठबन्धनले कांग्रेसलाई फाइदा पुगेको छ, धेरै प्रदेशमा मुख्यमन्त्री र मन्त्री पाएका छौँ, कांग्रेसमा मैले राम्रो काम गरेजस्तो लाग्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धन अहिले तोड्नु हुँदैन, निर्वाचनमा एक्लै कुनै पार्टीको बहुमत ल्याउने अवस्था छैन, त्यसैले गठबन्धनलाई अगाडि लिएर जानुपर्छ ।’ कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान रक्षाका लागि गठबन्धन सरकार बनेको बताउँदै आवश्यकताका आधारमा आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन हुनुपर्ने उल्लेख गरे ।
प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  ०८:१५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP