Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सर्वोच्चको अन्तरिम आदेश ‘गभर्नरविरुद्धको निर्णय तत्काल कार्यान्वयन नगर्नू’
सर्वोच्चको अन्तरिम आदेश ‘गभर्नरविरुद्धको निर्णय तत्काल कार्यान्वयन नगर्नू’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख ७, २०७९
Mast Head Grey
Hardik health
काठमाडौं– सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले मंगलबार गभर्नर अधिकारीमाथि छानबिन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । सर्वोच्चले गभर्नर अधिकारीलाई आफ्नो पदीय जिम्मेवारीमा काम गर्न दिनसमेत आदेश दिएको छ । ‘नेपालको संविधानको धारा १३२ (२) तथा धारा ३०४ (१) को प्रतिबन्धात्मक वाक्यांश तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २३ (१) (क) को विद्यमानताको अवस्थामा जाँचबुझ समिति गठन भएकोसमेत देखिँदा नेपालको सरकारको २०७८÷१२÷२४ को निर्णय तथा अर्थ मन्त्रालयको मिति २०७८/१२/२५ निवेदकको नाममा जारी गरिएको पत्रचार तत्काल कार्यान्वयन नगर्नू, नगराउनू र निवेदकलाई आफ्नो पदीय जिम्मेवारी पूरा गर्न दिनू,’ आदेशमा भनिएको छ । सर्वाेच्चले यही १३ वैशाखमा छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । गत २४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेको थियो । समिति गठन भएसँगै उनी स्वतः निलम्बनमा परेका थिए । सरकारले राष्ट्र बैंकको गोप्य सूचना चुहाएको, सरकारलाई असहयोग गरेकोलगायत आरोप लगाउँदै अधिकारीमाथि छानबिन गर्न समिति बनाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयविरुद्ध गभर्नर अधिकारी ४ वैशाखमा सर्वोच्च पुगेका थिए । उनले अन्तरिम आदेशमार्फत जाँचबुझ समितिको कामकाजमा रोक लगाउन र आफूलाई नियमित काममा फर्काउन माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए । अधिकारीले विनाजानकारी र विना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर समिति गठन गरिएको रिटमा उल्लेख गरेका थिए । उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले अधिकारीको मागअनुसार नै अन्तरिम आदेश दिएको हो । अधिकारीले दर्ता गरेको रिटमा अर्थमन्त्री जनार्दन शर्माले पूर्वाग्रहपूर्ण तरिकाले आफूलाई हटाउन जाँचबुझ समिति गठन गरेको उल्लेख गरेका छन् । साथै, समितिको नेतृत्व आफ्नै नातेदारलाई दिएको र समिति सदस्यहरूमा पनि अर्थमन्त्री शर्मा आबद्ध नेकपा माओवादी केन्द्रका कार्यकर्तालाई राखेको तथा अछामका पृथ्वीबहादुर शाहले भित्र्याएको शंकास्पद रकम फुकुवा गर्न अर्थमन्त्री शर्माले आफूलाई दबाब दिएकोसमेत रिटमा खुलाएका छन् । सर्वोच्चको अन्तरिम आदेशपछि गभर्नर अधिकारीले अदालतले राष्ट्र बैंकको स्वायत्तता जोगाएको प्रतिक्रिया दिएका छन् । उनले अदालतको आदेशबाट आफूले न्याय पाएको बताउँदै बुधबार (आज) बाटै काममा फर्कने जानकारी दिए । ‘सम्मानित अदालतले मलाई काम गर्न आदेश दिएको छ, बुधबारबाटै राष्ट्र बैंकमा गएर काम सुरु गर्छु,’ मंगलबार उनले भने । गभर्नर अधिकारीको निलम्बनको विषयमा सरकारको चर्को आलोचना भएको थियो । अर्थमन्त्री शर्माले व्यक्तिगत टकरावका आधारमा गभर्नरलाई निलम्बन गरेको भन्दै टिप्पणी भएको थियो । साथै, मुलुकको अर्थतन्त्र सुधारमा काम गर्न नसकेपछि अर्थमन्त्रीले आफ्नो कमजोरी ढाकछोप गर्न गभर्नरलाई निलम्बन गरेको आरोपसमेत लगाइएको छ । तर अर्थमन्त्री शर्माले भने आफ्नो कदमको बचाउ गर्दै आएका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  ०८:१२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP