Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रमुख निर्वाचन आयुक्त थपलियाले भने– सुधार गर्न खोज्दा सहजै पचाउन नसक्ने प्रवृत्ति देखियो
प्रमुख निर्वाचन आयुक्त थपलियाले भने– सुधार गर्न खोज्दा सहजै पचाउन नसक्ने प्रवृत्ति देखियो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख ७, २०७९
Dinesh-thapaliya
Hardik health
काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले परिवर्तन सहजै पचाउन नसक्ने प्रवृत्तिका कारण निर्वाचन सुधारका काम प्रभावकारी बनाउन अप्ठ्यारो भएको बताएका छन् । आसन्न स्थानीय तह निर्वाचनको सन्दर्भमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको सहयोगमा आयोगले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । उनले स्वच्छ, मर्यादित र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन सुधारका पहल लिइएको र उक्त सुधारका प्रयत्नलाई शंकाको दृष्टिले हेर्ने प्रवृत्ति देखिएको बताए । निर्वाचनप्रतिको निष्ठालाई कमजोर पार्ने र निर्वाचनका विविध गतिविधिलाई दूषित पार्ने प्रवृत्ति लोकतान्त्रिक हुनै नसक्ने उनको भनाइ थियो । ‘कुनै परिवर्तन गर्न खोज्यो भने त्यसलाई सहजै पचाउने, कुनै नयाँ कार्यका थालनी गरियो भने त्यसलाई आफ्नो स्वार्थको सेरोफेरोबाट बुझ्न खोज्ने प्रवृत्तिका कारण निर्वाचन सुधारका कामलाई प्रभावकारी ढंगले बढाउनका लागि कहीँकतै असहज र अप्ठ्यारो भएको महसुस भएको छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने । उनले आयोगले मनोगत आधारमा भन्दा पनि सरोकारवालासँगको छलफलका आधारमा सुधारका विषयलाई कार्यान्वयनमा ल्याइएको प्रस्ट पारे । ‘हामीले स्थानीय तहको निर्वाचन एकै दिन एकै चरणमा गर्ने निर्णय गर्‍यौँ, २०४८ सालपछिका निर्वाचन एकै चरणमा एकै दिन सम्पन्न भएका छैनन्,’ उनले भने, ‘यसले निर्वाचनको स्वच्छता, स्वतन्त्रता, निष्पक्षतामा राम्रो नतिजा दिन सक्छ ।’ राष्ट्रिय मान्यता प्राप्तबाहेकका अन्य दललाई ती दलको निर्वाचन चिह्नबाट निर्वाचनमा भाग लिन दिने प्र्रस्ट कानुनी आधार नभए पनि आयोगले ती दललाई पनि निर्वाचनमा सहभागी हुन दिनुपर्छ भनेर जोखिम उठाएको उनले बताए । ‘यो हामी (आयोगको टिम)ले गरेको नयाँ निर्णय थियो,’ उनले भने । प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधानको धारा ३८ (४) मा उल्लेख गरिएको महिला सहभागिता र धारा ४२ मा उल्लेखित सामाजिक न्यायको व्यवस्था निर्वाचनको समयमा क्रियाशील हुन सक्यो भने निर्वाचनमा महिला प्रतिनिधित्व सहभागिता र समावेशिताको दृष्टिले उपयुक्त हुन्छ भनेर राजनीतिक दललाई निर्देशन दिने काम गरिएको बताए । उनले निर्वाचन महँगो, खर्चिलो र भड्किलो हुँदै गएको, यसबाट सिद्धान्त र विचारभन्दा पनि सम्पत्ति र स्रोत साधनले निर्वाचन प्रभावित हुने खतरा बढ्यो भनेर व्यक्त चिन्तालाई सम्बोधन गर्न निर्वाचनमा हुने सबै खर्चलाई सीमाभित्र आबद्ध गरौँ भनेर निर्वाचन खर्चको सीमा तोकिएको प्रस्ट पारे । निर्वाचन आचारसंहिता प्रभावकारीरूपमा कार्यान्वयन होस् भनेर सबै पक्षसँगको सुझावका आधारमा आचारसंहिता जारी गरिएको बताउँदै उनले सबै पक्षको सहभागितामा आचारसंहिताको अनुगमन गरिने जानकारी दिए ।आमसञ्चारमाध्यमको खबरदारी र सञ्चारकर्मीको निष्ठाका कारण मुलुक स्थानीय तह निर्वाचनको प्रक्रियामा प्रवेश गरेको उल्लेख गर्दै उनले पत्रकार आचारसंहिता र निर्वाचन अचारसंहिताको पूर्णपालना गर्न सञ्चारमाध्यमसँग आग्रह गरे । ‘सञ्चारमाध्यमले व्यावसायिकता, विश्वसनीयता, निर्भिकता र नागरिक दायित्व पूरा गर्न अग्रसर हुनुपर्छ,’ उनले भने । प्रमुख निर्वाचन आयुक्त थपलियाले मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधि नहोस् भनेर मौन अवधिमा देशभर मादक पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाउने प्रस्ताव गरिएको जानकारी दिए । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार आचारसंहिता र निर्वाचन अचारसंहिताको पूर्णपालना गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे । ‘आचारसंहिताको बन्धनभित्र बस्ने सबैको दायित्व हो, तोकिएको समयमा भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन सञ्चारमाध्यमले भूमिका खेल्नुपर्छ,’ उनले भने, ‘पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता उल्लंघन भएमा निर्वाचन सम्पन्न गर्न सहयोग पुग्दैनन्, सबैले आचारसंहिताको दायराभित्र बसौँ, आफूमाथि प्रश्न उठ्ने अवस्थाको अन्त्य गरौँ, तब मात्र अरूसँग प्रश्न उठाउन सकिन्छ ।’ उनले चुनावका बेला गलत समाचारबाट बच्नुपर्ने बताए । ‘यस्तो बेलामा ‘फेक न्युज’को कारखाना नै चल्न सक्ने खतरा रहन्छ, त्यसैले हरेक समाचार छाप्नुअघि सचेत रहनुपर्छ र हरेक सञ्चारगृहले आफ्ना सञ्चारकर्मीलाई यस विषयमा सचेत रहन भन्नुपर्छ,’ उनले भने । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले मतदानस्थलसम्म मतदातालाई लैजाने र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने बताए । स्वतन्त्र, निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउनु सञ्चारमाध्यमको पनि कर्तव्य भएको उल्लेख गर्दै उनले समाचार सम्प्रेषणका क्रममा पत्रकार आचारसंहिता र निर्वाचन अचारसंहिताको पालना गर्न आग्रह गरे । आयोगले चुनावका क्रममा मिडियाको आचारसंहिताबारे अनुगमनको जिम्मेवारी काउन्सिललाई दिएको छ । काउन्सिलले यही वैशाख १ गतेदेखि रेडियो, टिभी, छापा, अनलाइन र सामाजिक सञ्जालको अनुगमन सुरु गरिसकेको बताउँदै आचारसंहिता उल्लंघन गरेको पाइए तत्काल कारबाही गरिने जानकारी दिएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  ०८:०५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP