Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लिपुलेक
  • #विदेसिनेको संख्या
  • #दक्षिण कोरिया
  • #घुँगीफोर गरुड
  • #विपद्का घटना
  • #यातायात
  • #रेमिट्यान्समा रेकर्ड
  • #संसद
  • #दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रमुख निर्वाचन आयुक्त थपलियाले भने– सुधार गर्न खोज्दा सहजै पचाउन नसक्ने प्रवृत्ति देखियो
प्रमुख निर्वाचन आयुक्त थपलियाले भने– सुधार गर्न खोज्दा सहजै पचाउन नसक्ने प्रवृत्ति देखियो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख ७, २०७९
Dinesh-thapaliya
Hardik health
काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले परिवर्तन सहजै पचाउन नसक्ने प्रवृत्तिका कारण निर्वाचन सुधारका काम प्रभावकारी बनाउन अप्ठ्यारो भएको बताएका छन् । आसन्न स्थानीय तह निर्वाचनको सन्दर्भमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको सहयोगमा आयोगले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । उनले स्वच्छ, मर्यादित र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन सुधारका पहल लिइएको र उक्त सुधारका प्रयत्नलाई शंकाको दृष्टिले हेर्ने प्रवृत्ति देखिएको बताए । निर्वाचनप्रतिको निष्ठालाई कमजोर पार्ने र निर्वाचनका विविध गतिविधिलाई दूषित पार्ने प्रवृत्ति लोकतान्त्रिक हुनै नसक्ने उनको भनाइ थियो । ‘कुनै परिवर्तन गर्न खोज्यो भने त्यसलाई सहजै पचाउने, कुनै नयाँ कार्यका थालनी गरियो भने त्यसलाई आफ्नो स्वार्थको सेरोफेरोबाट बुझ्न खोज्ने प्रवृत्तिका कारण निर्वाचन सुधारका कामलाई प्रभावकारी ढंगले बढाउनका लागि कहीँकतै असहज र अप्ठ्यारो भएको महसुस भएको छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने । उनले आयोगले मनोगत आधारमा भन्दा पनि सरोकारवालासँगको छलफलका आधारमा सुधारका विषयलाई कार्यान्वयनमा ल्याइएको प्रस्ट पारे । ‘हामीले स्थानीय तहको निर्वाचन एकै दिन एकै चरणमा गर्ने निर्णय गर्‍यौँ, २०४८ सालपछिका निर्वाचन एकै चरणमा एकै दिन सम्पन्न भएका छैनन्,’ उनले भने, ‘यसले निर्वाचनको स्वच्छता, स्वतन्त्रता, निष्पक्षतामा राम्रो नतिजा दिन सक्छ ।’ राष्ट्रिय मान्यता प्राप्तबाहेकका अन्य दललाई ती दलको निर्वाचन चिह्नबाट निर्वाचनमा भाग लिन दिने प्र्रस्ट कानुनी आधार नभए पनि आयोगले ती दललाई पनि निर्वाचनमा सहभागी हुन दिनुपर्छ भनेर जोखिम उठाएको उनले बताए । ‘यो हामी (आयोगको टिम)ले गरेको नयाँ निर्णय थियो,’ उनले भने । प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधानको धारा ३८ (४) मा उल्लेख गरिएको महिला सहभागिता र धारा ४२ मा उल्लेखित सामाजिक न्यायको व्यवस्था निर्वाचनको समयमा क्रियाशील हुन सक्यो भने निर्वाचनमा महिला प्रतिनिधित्व सहभागिता र समावेशिताको दृष्टिले उपयुक्त हुन्छ भनेर राजनीतिक दललाई निर्देशन दिने काम गरिएको बताए । उनले निर्वाचन महँगो, खर्चिलो र भड्किलो हुँदै गएको, यसबाट सिद्धान्त र विचारभन्दा पनि सम्पत्ति र स्रोत साधनले निर्वाचन प्रभावित हुने खतरा बढ्यो भनेर व्यक्त चिन्तालाई सम्बोधन गर्न निर्वाचनमा हुने सबै खर्चलाई सीमाभित्र आबद्ध गरौँ भनेर निर्वाचन खर्चको सीमा तोकिएको प्रस्ट पारे । निर्वाचन आचारसंहिता प्रभावकारीरूपमा कार्यान्वयन होस् भनेर सबै पक्षसँगको सुझावका आधारमा आचारसंहिता जारी गरिएको बताउँदै उनले सबै पक्षको सहभागितामा आचारसंहिताको अनुगमन गरिने जानकारी दिए ।आमसञ्चारमाध्यमको खबरदारी र सञ्चारकर्मीको निष्ठाका कारण मुलुक स्थानीय तह निर्वाचनको प्रक्रियामा प्रवेश गरेको उल्लेख गर्दै उनले पत्रकार आचारसंहिता र निर्वाचन अचारसंहिताको पूर्णपालना गर्न सञ्चारमाध्यमसँग आग्रह गरे । ‘सञ्चारमाध्यमले व्यावसायिकता, विश्वसनीयता, निर्भिकता र नागरिक दायित्व पूरा गर्न अग्रसर हुनुपर्छ,’ उनले भने । प्रमुख निर्वाचन आयुक्त थपलियाले मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधि नहोस् भनेर मौन अवधिमा देशभर मादक पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाउने प्रस्ताव गरिएको जानकारी दिए । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार आचारसंहिता र निर्वाचन अचारसंहिताको पूर्णपालना गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे । ‘आचारसंहिताको बन्धनभित्र बस्ने सबैको दायित्व हो, तोकिएको समयमा भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन सञ्चारमाध्यमले भूमिका खेल्नुपर्छ,’ उनले भने, ‘पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता उल्लंघन भएमा निर्वाचन सम्पन्न गर्न सहयोग पुग्दैनन्, सबैले आचारसंहिताको दायराभित्र बसौँ, आफूमाथि प्रश्न उठ्ने अवस्थाको अन्त्य गरौँ, तब मात्र अरूसँग प्रश्न उठाउन सकिन्छ ।’ उनले चुनावका बेला गलत समाचारबाट बच्नुपर्ने बताए । ‘यस्तो बेलामा ‘फेक न्युज’को कारखाना नै चल्न सक्ने खतरा रहन्छ, त्यसैले हरेक समाचार छाप्नुअघि सचेत रहनुपर्छ र हरेक सञ्चारगृहले आफ्ना सञ्चारकर्मीलाई यस विषयमा सचेत रहन भन्नुपर्छ,’ उनले भने । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले मतदानस्थलसम्म मतदातालाई लैजाने र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने बताए । स्वतन्त्र, निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउनु सञ्चारमाध्यमको पनि कर्तव्य भएको उल्लेख गर्दै उनले समाचार सम्प्रेषणका क्रममा पत्रकार आचारसंहिता र निर्वाचन अचारसंहिताको पालना गर्न आग्रह गरे । आयोगले चुनावका क्रममा मिडियाको आचारसंहिताबारे अनुगमनको जिम्मेवारी काउन्सिललाई दिएको छ । काउन्सिलले यही वैशाख १ गतेदेखि रेडियो, टिभी, छापा, अनलाइन र सामाजिक सञ्जालको अनुगमन सुरु गरिसकेको बताउँदै आचारसंहिता उल्लंघन गरेको पाइए तत्काल कारबाही गरिने जानकारी दिएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  ०८:०५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने
राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने बुधबार, भदौ ११, २०८२
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह सोमबार, भदौ ९, २०८२
चार सवालमा सर्वोच्चको प्रश्न
चार सवालमा सर्वोच्चको प्रश्न सोमबार, भदौ ९, २०८२
समाजवादी  आधार उत्पादन भएको अध्यक्ष दाहाल भनाई
समाजवादी  आधार उत्पादन भएको अध्यक्ष दाहाल भनाई आइतबार, भदौ ८, २०८२
टुंगिएन दाहाल–शर्मा विवाद
टुंगिएन दाहाल–शर्मा विवाद आइतबार, भदौ ८, २०८२
प्रतिपक्षीलाई विश्वासमा लिएर संसद् बैठक चलाउन माग
प्रतिपक्षीलाई विश्वासमा लिएर संसद् बैठक चलाउन माग शुक्रबार, भदौ ६, २०८२
सरकार र ठुला दलमाथि प्रश्नैप्रश्न
सरकार र ठुला दलमाथि प्रश्नैप्रश्न शुक्रबार, भदौ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP