Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गठबन्धनमा जुटेन सहमति
गठबन्धनमा जुटेन सहमति
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख ५, २०७९
Gathabandhan Meeting
Hardik health
काठमाडौं– पाँचदलीय गठबन्धनले स्थानीय तह निर्वाचनका लागि सिट बाँडफाँडको टुंगो लगाउन सकेको छैन । यही ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा तालमेल गरेका दलहरूको बैठक आइतबार बसेको थियो । सिट बाँडफाँडको निर्णय गर्न बसेको गठबन्धनको स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठक विनानिष्कर्ष टुंगिएको हो । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा दलहरूले आ–आफ्नो दाबी प्रस्तुत गरेको एक नेताले बताए । बैठकमा महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पद बाँडफाँडको विषयमा छलफल भए पनि सहमति नजुटेको उनले बताए । कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचनमा गठबन्धनबीचको तालमेललाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा छलफल भएको बताए । बैठकमा सिट बाँडफाँड र उम्मेदवारीको विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेको जानकारी दिए । ‘तालमेललाई कसरी व्यवस्थित बनाएर लैजाने भन्नेबारे छलफल भयो । निष्कर्षमा पुग्न अझै केही दिन लाग्छ,’ मन्त्री कार्कीले भने । यसअघि आइतबार बिहान गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको थियो । बालुवाटारमा भएको बैठकमा नेताहरूले महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँड आज (सोमबार) सम्म टुंग्याउने सहमति गरेका थिए । उक्त बैठकले महानगर र उपमहानगरबाहेकका स्थानीय तहको तालमेलको सन्दर्भमा प्रारूप बनाउन समितिलाई जिम्मा दिने निर्णय गरेको थियो । कसको दाबी कहाँ ? गठबन्धनको स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठकमा दलहरूले आ–आफ्नो दाबी पेस गरेका थिए । कांग्रेस नेताहरूले महानगरपालिकाहरूमा आफूले नेतृत्व लिनुपर्ने दाबी गर्दै आएका छन् । बैठकमा सहभागी एक नेताका अनुसार माओवादी केन्द्रले भरतपुर महानगरसहित धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरको प्रमुखमा दाबी पेस गरेको छ । नेकपा एकीकृत समाजवादीले पोखरा महानगरसहित उपमहानगरमासमेत नेतृत्व पाउनुपर्ने दाबी गरेको छ । एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा एमालेले जितेको स्थानमा आफूले पाउनुपर्ने दाबी गरिरहेको छ । यता जनता समाजवादी पार्टीले एक महानगरपालिकासहित तीन उपमहानगरपालिकाको नेतृत्वमा दाबी गरेको छ । जसपाले वीरगञ्ज महानगरपालिकासहित धरान, जनकपुरधाम र नेपालगञ्ज उपमहानगरमा नेतृत्व दाबी गरेको बैठकमा सहभागी एक नेताले बताए । पाँचदलीय गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा आबद्ध छन् । स्थानीय तह निर्वाचनमा तालमेल गर्ने समझदारी गरेका यी दलले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म गठबन्धन दलका नेता सम्मिलित संयन्त्र बनाएका छन् । गठबन्धनले गत २९ चैतमा सिट बाँडफाँडको ‘मोडालिटी’ टुंग्याएको थियो । सोही मोडालिटीका आधारमा सिट बाँडफाँड गरी केन्द्रमा पठाउन निर्देशन दिएको थियो । महानगर र उपमहानगरपालिकाको मेयर÷उपमेयरको सिट बाँडफाँडको निर्णय भने पाँचदलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्नेछ । गठबन्धनले नगर र गाउँपालिकाको तालमेलको सिट बाँडफाँड ३ वैशाखभित्र जिल्ला संयन्त्रले प्रदेशलाई र प्रदेश संयन्त्रले निर्णय गरी ५ वैशाखभित्र केन्द्रलाई पठाउने निर्णय गरेको थियो । तालमेलमा सकस केन्द्रीयस्तरमा चुनावी तालमेलको सहमति गरे पनि अधिकांश स्थानीय तहमा गठबन्धनलाई सकस परेको छ । गठबन्धनले चुनावी तालमेलको निर्णय कार्यान्वयन गर्न निर्देशनसमेत जारी गरिसकेको छ । तर स्थानीय तहका नेता कार्यकर्ता केन्द्रीय निर्णय मान्न तयार देखिएका छैनन् । आइतबार मात्रै कांग्रेसको काठमाडौं महानगर समितिले चुनावी तालमेल नगर्ने निर्णय गरेको छ । यसअघि चितवनको भरतपुरमा असन्तुष्ट कांग्रेसका ५० सक्रिय नेता÷कार्यकर्ताले शनिबार पार्टी छाडेको घोषणा गरेका थिए । अन्य स्थानीय तहमा पनि नेता/कार्यकर्ताको असन्तुष्टि देखिन्छ । यसले अधिकांश स्थानीय तहमा तालमेलबारे अन्योल बढाएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्ने समय वैशाख ११ र १२ गते तोकेको छ । त्यसअनुसार उम्मेदवारी दर्ता गर्ने समय एक सातामा मात्र बाँकी हुँदासम्म गठबन्धनभित्र अन्योल देखिएको हो । गठबन्धनको स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठक आज पुनः बस्ने जानकारी दिइएको छ । आजको बैठकले गठबन्धनका दलहरूबीच भागबण्डा टुंग्याइने गठबन्धनका नेताहरू दाबी छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  ०७:४४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP