Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लिपुलेक
  • #विदेसिनेको संख्या
  • #दक्षिण कोरिया
  • #घुँगीफोर गरुड
  • #विपद्का घटना
  • #यातायात
  • #रेमिट्यान्समा रेकर्ड
  • #संसद
  • #दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गठबन्धनमा जुटेन सहमति
गठबन्धनमा जुटेन सहमति
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख ५, २०७९
Gathabandhan Meeting
Hardik health
काठमाडौं– पाँचदलीय गठबन्धनले स्थानीय तह निर्वाचनका लागि सिट बाँडफाँडको टुंगो लगाउन सकेको छैन । यही ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा तालमेल गरेका दलहरूको बैठक आइतबार बसेको थियो । सिट बाँडफाँडको निर्णय गर्न बसेको गठबन्धनको स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठक विनानिष्कर्ष टुंगिएको हो । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा दलहरूले आ–आफ्नो दाबी प्रस्तुत गरेको एक नेताले बताए । बैठकमा महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पद बाँडफाँडको विषयमा छलफल भए पनि सहमति नजुटेको उनले बताए । कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचनमा गठबन्धनबीचको तालमेललाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा छलफल भएको बताए । बैठकमा सिट बाँडफाँड र उम्मेदवारीको विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेको जानकारी दिए । ‘तालमेललाई कसरी व्यवस्थित बनाएर लैजाने भन्नेबारे छलफल भयो । निष्कर्षमा पुग्न अझै केही दिन लाग्छ,’ मन्त्री कार्कीले भने । यसअघि आइतबार बिहान गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको थियो । बालुवाटारमा भएको बैठकमा नेताहरूले महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँड आज (सोमबार) सम्म टुंग्याउने सहमति गरेका थिए । उक्त बैठकले महानगर र उपमहानगरबाहेकका स्थानीय तहको तालमेलको सन्दर्भमा प्रारूप बनाउन समितिलाई जिम्मा दिने निर्णय गरेको थियो । कसको दाबी कहाँ ? गठबन्धनको स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठकमा दलहरूले आ–आफ्नो दाबी पेस गरेका थिए । कांग्रेस नेताहरूले महानगरपालिकाहरूमा आफूले नेतृत्व लिनुपर्ने दाबी गर्दै आएका छन् । बैठकमा सहभागी एक नेताका अनुसार माओवादी केन्द्रले भरतपुर महानगरसहित धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरको प्रमुखमा दाबी पेस गरेको छ । नेकपा एकीकृत समाजवादीले पोखरा महानगरसहित उपमहानगरमासमेत नेतृत्व पाउनुपर्ने दाबी गरेको छ । एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा एमालेले जितेको स्थानमा आफूले पाउनुपर्ने दाबी गरिरहेको छ । यता जनता समाजवादी पार्टीले एक महानगरपालिकासहित तीन उपमहानगरपालिकाको नेतृत्वमा दाबी गरेको छ । जसपाले वीरगञ्ज महानगरपालिकासहित धरान, जनकपुरधाम र नेपालगञ्ज उपमहानगरमा नेतृत्व दाबी गरेको बैठकमा सहभागी एक नेताले बताए । पाँचदलीय गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा आबद्ध छन् । स्थानीय तह निर्वाचनमा तालमेल गर्ने समझदारी गरेका यी दलले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म गठबन्धन दलका नेता सम्मिलित संयन्त्र बनाएका छन् । गठबन्धनले गत २९ चैतमा सिट बाँडफाँडको ‘मोडालिटी’ टुंग्याएको थियो । सोही मोडालिटीका आधारमा सिट बाँडफाँड गरी केन्द्रमा पठाउन निर्देशन दिएको थियो । महानगर र उपमहानगरपालिकाको मेयर÷उपमेयरको सिट बाँडफाँडको निर्णय भने पाँचदलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्नेछ । गठबन्धनले नगर र गाउँपालिकाको तालमेलको सिट बाँडफाँड ३ वैशाखभित्र जिल्ला संयन्त्रले प्रदेशलाई र प्रदेश संयन्त्रले निर्णय गरी ५ वैशाखभित्र केन्द्रलाई पठाउने निर्णय गरेको थियो । तालमेलमा सकस केन्द्रीयस्तरमा चुनावी तालमेलको सहमति गरे पनि अधिकांश स्थानीय तहमा गठबन्धनलाई सकस परेको छ । गठबन्धनले चुनावी तालमेलको निर्णय कार्यान्वयन गर्न निर्देशनसमेत जारी गरिसकेको छ । तर स्थानीय तहका नेता कार्यकर्ता केन्द्रीय निर्णय मान्न तयार देखिएका छैनन् । आइतबार मात्रै कांग्रेसको काठमाडौं महानगर समितिले चुनावी तालमेल नगर्ने निर्णय गरेको छ । यसअघि चितवनको भरतपुरमा असन्तुष्ट कांग्रेसका ५० सक्रिय नेता÷कार्यकर्ताले शनिबार पार्टी छाडेको घोषणा गरेका थिए । अन्य स्थानीय तहमा पनि नेता/कार्यकर्ताको असन्तुष्टि देखिन्छ । यसले अधिकांश स्थानीय तहमा तालमेलबारे अन्योल बढाएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्ने समय वैशाख ११ र १२ गते तोकेको छ । त्यसअनुसार उम्मेदवारी दर्ता गर्ने समय एक सातामा मात्र बाँकी हुँदासम्म गठबन्धनभित्र अन्योल देखिएको हो । गठबन्धनको स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठक आज पुनः बस्ने जानकारी दिइएको छ । आजको बैठकले गठबन्धनका दलहरूबीच भागबण्डा टुंग्याइने गठबन्धनका नेताहरू दाबी छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  ०७:४४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने
राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने बुधबार, भदौ ११, २०८२
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह सोमबार, भदौ ९, २०८२
चार सवालमा सर्वोच्चको प्रश्न
चार सवालमा सर्वोच्चको प्रश्न सोमबार, भदौ ९, २०८२
समाजवादी  आधार उत्पादन भएको अध्यक्ष दाहाल भनाई
समाजवादी  आधार उत्पादन भएको अध्यक्ष दाहाल भनाई आइतबार, भदौ ८, २०८२
टुंगिएन दाहाल–शर्मा विवाद
टुंगिएन दाहाल–शर्मा विवाद आइतबार, भदौ ८, २०८२
प्रतिपक्षीलाई विश्वासमा लिएर संसद् बैठक चलाउन माग
प्रतिपक्षीलाई विश्वासमा लिएर संसद् बैठक चलाउन माग शुक्रबार, भदौ ६, २०८२
सरकार र ठुला दलमाथि प्रश्नैप्रश्न
सरकार र ठुला दलमाथि प्रश्नैप्रश्न शुक्रबार, भदौ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP