Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • दलित मुक्तिका लागि विद्रोहको चेतावनी
दलित मुक्तिका लागि विद्रोहको चेतावनी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख ५, २०७९
5
Hardik health
काठमाडौं– राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले आगामी स्थानीय तहका कार्यकारी पदमा दलित समूदायको प्रतिनिधित्व गराउन दबाब दिएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै अभियानले दलित समुदायको प्रतिनिधित्व हुनेगरि पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षमा टिकट दिनुपर्ने माग गरेको हो । अभियानले निर्वाचित जनप्रतिनिधिहरूले जातीय विभेद गरेमा स्वतः पद खारेज हुने कानुन बनाउनुपर्ने, जातीय विभेद तथा छुवाछुतको कुनैपनि कसुरमा संलग्न मानिसलाई पार्टीको जिम्मेवारीबाट तत्काल हटाउनुपर्ने र यसमा सबै राजनीतिक दलहरूले प्रतिवद्धता जनाउनुपर्ने माग अघि सारेको छ । अभियानले २०७४ सालको निर्वाचनमा निर्वाचित भएका दलित महिला सदस्यहरूलाई पहिलो प्राथमिकतामा राखी उनीहरूको उचित व्यवस्थापन गरिनुपर्ने अर्को महत्वपूर्ण माग अघि सारेको छ । अभियानका संयोजक खगेन्द्र सुनारले आगामी बैशाख ३० गते हुने निर्वाचनमा दलित समुदायको प्रतिनिधित्व जतिसक्दो धेरै होस भन्ने उद्देश्यका साथ आफूहरूले देशव्यापी अभियान चलाएको बताए । अहिलेका व्यवस्था ल्याउनको लागि दलितको अथक योगदान र बलिदानी रहेको स्मरण गराउँदै उनले कांग्रेस र माओवादीको अवस्था कमजोर भएको भन्दै दुई पार्टी लामो समयसम्म नरहने टिप्पणी गरे । अभियानले अब दलित मुक्तिको लागि हतियार नबोकी विद्रोहको क्रान्ति गर्ने पनि चेतावनी दिए । उनले केही बेरपछि निर्वाचन आयोग गएर ध्यानाकर्षण गराउने पनि जानकारी दिए । पहाडमा दलित महिला सदस्यलाई हावा मात्र छेक्न प्रयोग गरेको उनको भनाइ थियो । अर्का अभियन्ता राजु सुनारले आसन्न निर्वाचनलाई मध्येनजर गर्दै जातिय विभेदलाई हटाउन आफुहरू लागेको बताए । दलित समूदायको मुक्तिका लागि स्थानीय चुनावमा दलितको प्रतिनिधित्व गराउन दबाब दिन कार्यक्रमको आयोजना गरिएको सुनारले जानकारी दिए । उनले दलित समुदायको अधिकार सुनिश्चित गराउनुको साथै वर्तमान सरकार र आगामी निर्वाचनमा सहभागी हुने सम्पुर्ण दलहरूलाई ध्यानाकर्षण गराउने उद्देश्यले ६ वटा माग अघि सारेको स्पष्ट पारे । राज्यले दिएको दलित अधिकारलाई सुनिश्चितता गराउनुपर्नेमा उनले जोड दिए । उनले कम्तीमा पनि नेपालको कुल जनसंख्याको आधारलाई हेरेर दलित समुदायको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए । नेपालमा जातिय भेदभाव कहिलेदेखि भएको भन्ने यकिन तथ्यांक नभएको भन्दै उनले करिब २६ सय वर्ष अघिदेखि कामको आधारमा जातीय भेदभाव सुरु भएको उल्लेख गरे । संविधानमा लेखिएको कुरा समुदायमा अझै पुग्न नसकेको जिकिर गर्दै उनले सार्वजनिक रूपमा जातीय भेदभाव गर्न पाइँदैन भन्ने नियम आएपनि कार्यान्वयनमा फितलो देखिएको गुनासो गरे । त्यस्तै, अभियन्ता सन्ध्या सानुले आसन्न चुनावमा दलितको प्रतिनिधित्व गराउन दबाब दिन कार्यक्रमको आयोजना गरेको बताइन् । उनले २००३ सालदेखि दलित मुक्ति आन्दोलनको सुरुवात भएपनि ७७ वर्षसम्म कार्यान्वयनको माग गर्दै आन्दोलन गर्न पर्दा निकै दुखी भएको सुनाइन् । उनले भनिन्,‘त्यसमा पनि दलित महिलाको अवस्था त झन् दुःखद् छ ।’ दलित भएकै कारण धेरै निर्दोष युवाहरूले ज्यान गुमाएको स्मरण गराउँदै उनले नेताहरूको दलितको विषयमा ध्यानाकर्षण हुनुपर्ने बताइन् । सानुले स्थानीय तहमा जुनसुकै पदमा भएपनि दलित समुुदायको प्रतिनिधित्व गराउन उनले माग गरिन् । अहिलेसम्म दलित महिलालाई वडा सदस्यमा मात्र सिमित राखेको भन्दै अभियन्ता सानुले भनिन्, ‘त्यसको अन्त्य हुनुपर्नेमा हामीले भन्दै आएका छौं, अब दलित समुदायलाई वडा सदस्यमात्र नभएर पालिका मेयर, अध्यक्ष, उपमेयर वा कुनै पनि पदमा प्रतिनिधित्व गराइनुपर्छ ।’ यसैगरी, क्रियासिल दलित पत्रकार संघकी अध्यक्ष पवित्रा सुनारले निर्वाचनको सवालमा दलित समुदायको लागि संविधानमै त्रुटी भएको बताइन् । दलितहरूको बाहुल्यता भएको स्थानीय तहमा मेयर तथा उपमेयरमा टिकट दिनसमेत सबै दलसँग आग्रह गरिन् । अहिलेका वडाका दलित सदस्यलाई बैठकमा सहभागी नै नगराउने गरेको समेत आरोप लगाइन् । आगामी चुनावमा दलित महिलाको अर्थपुर्ण सहभागिता गराउने पर्नेमा उनको जोड थियो । त्यस्तै, स्वतन्त्र पत्रकार बाबुराम विश्वकर्माले स्थानीय तहका चुनावमा अभियानले राखेका ६ वटा मागमा सम्पुर्ण दलित समुदायको माग समेटिएको बताए । सबै दललाई ध्यानाकर्षण गराउन कार्यक्रमको आयोजना गरेको भन्दै उनले अहिलेसम्मको चुनावमा हेर्दा नाम मात्रको दलितको प्रतिनिधित्व भएको आरोप लगाए । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) लगायत सबै पार्टीले प्रमुख जित्ने ठाउँमा दलितका उम्मेदवारहरूलाई बनाउनुपर्ने उनले माग गरे । १३ देखि २० प्रतिशत मेयर, अध्यक्ष उपमेयरको उम्मेदवार बनाउन, आगामी चुनावमा दलित माथि जातिय हिंसा नगरेको, छुवाछुतको प्रकरणमा नमुछिएको व्यक्ति, जातिय हिंसाको कुनै गुञ्जाएस नभएको पार्टी, दलित हिंसाको विरुद्धमा छौ भन्ने प्रतिवद्धता जनाएका दलहरूको उम्मेदवारहरू योग्य हुन सक्नेछन्’ उनले भने । गणतन्त्रमा गलत व्यक्तिको कारण दलितहरूमाथि थप दमन भएको बताए ।
प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  ०७:४१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP