Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • स्थानीय तह निर्वाचन २०७९ः गठबन्धनभित्र तालमेलको सकस
स्थानीय तह निर्वाचन २०७९ः गठबन्धनभित्र तालमेलको सकस
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख ४, २०७९
gathabandhan
Hardik health
काठमाडौं– सत्ता गठबन्धनभित्र चुनावी तालमेलको विषय पेचिलो बन्दै गएको छ । केन्द्रमा सहमति गरे पनि स्थानीयस्तरमा सिट बाँडफाँडको विषय मिलाउन सकस परेको हो । गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूले शनिबार दिएका अभिव्यक्तिले पनि गठबन्धनमा तालमेलको विषय पेचिलो बन्दै गएको पुष्टि हुन्छ । यही ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिँदै गर्दासम्म गठबन्धनभित्र अलमल देखिएको छ । प्रतिपक्षी दल नेकपा एमालेले धमाधम उम्मेदवार टुंग्याइरहँदा गठबन्धनले उम्मेदवार छनोट गर्न सकेको छैन । विशेषगरी तालमेलको विषयमा कांग्रेसभित्र तीव्र विरोध भइरहेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनलाई सफल बनाउन जोड दिइरहेका छन् । तर डा.शशांक कोइरालालगायत नेताहरू तालमेलको विपक्षमा छन् । शनिबार कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठकमा पनि यही विषयमा छलफल भएको थियो । बैठकमा सभापति देउवाले सरकार र गठबन्धनको नेतृत्वकर्ता भएको हुँदा कांग्रेस बढी जिम्मेवार बन्नुपर्ने बताएका थिए । उनले कांग्रेसका कारण गठबन्धन टुट्ने वातावरण सिर्जना गर्न नहुने बताएको बैठकमा सहभागी एक नेताले बताए । ‘कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार छ । चुनावी तालमेलका लागि कांग्रेसकै नेतृत्व संयन्त्र बनेको छ । त्यसैले हामी बढी जिम्मेवार हुनुपर्छ,’ देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले गठबन्धनका दलहरूलाई तालमेल गर्नैपर्ने बाध्यता नभएको बताए । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले केन्द्रबाट गठबन्धन गर्नैपर्छ भन्ने निर्देशन नदिइने प्रस्ट पारेका हु्न् । महानगर र उपमहानगरबाहेक अन्य स्थानीय तहमा तालमेल गर्नैपर्ने बाध्यता नहुने उनको भनाइ थियो । ‘कतै तालमेल सम्भव भएन भने रिपोर्ट गर्नुहोला भनेका छौँ । नगरपालिका र गाउँपालिकामा त्यही तहबाट तालमेल हुन्छ। केन्द्रबाट कुनै कुनै निर्देशन जाँदैन,’ प्रवक्ता महतले भने । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको अभिव्यक्ति पनि लगभग महतको जस्तै थियो । शनिबार नेपाली कांग्रेस ठोरी–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा बोल्दै उनले स्थानीयस्थिति र आवश्यकतालाई हेरेर तालमेल गर्ने बताए । ‘संविधानरक्षा गर्ने दलहरूसँग कांग्रेसले स्थानीय आवश्यकतालाई हेरेर तालमेल गर्छ,’ उनले भने । गठबन्धनमा आफ्नो क्षमताभन्दा धेरै सिट खोज्ने दलसँग सहकार्य नहुने पनि महामन्त्री शर्माले बताए । शनिबार नै कांग्रेसलाई माओवादीकरण गर्न खोजिएको भन्दै चितवनको भरतपुर महानगरपलिकामा कांग्रेसका ५० जना कार्यकर्ताले पार्टी छाडेको घोषणा गरेका छन् । उनीहरूले पार्टीभित्र स्वार्थ केन्द्रित राजनीति हावी भएको आरोप लगाए । शनिबार एक कार्यक्रम आयोजना गरी पार्टी छाड्नेमा भरतपुर महानगरपालिका–१७का पूर्ववडा समिति सभापति विष्णुप्रसाद सुवेदी, पूर्ववडाध्यक्ष देवनारायण महतो, प्रकाश कँडेल, डिलाराम कँडेल, रामु सापकोटा,पुनाखर गैरे, रितनारायण श्रेष्ठ, कृष्णप्रसाद ढकाल, माधवप्रसाद सापकोटा, निर्मला गौतम, मीरा पोखरेल, बलराम कँडेललगायत रहेका छन् ।जनताका आधारभूत आवश्यकतामा मौन रहने स्वार्थ केन्द्रित राजनीतिक दुष्चक्रबाट आजित भएको उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भरतपुरमा माओवादी केन्द्रले रेणु दाहाललाई नै मेयरमा दोहोर्‍याउन चाहेको छ । तर त्यहाँका कांग्रेस नेता/कार्यकर्ताले मेयर पद छाड्न नहुने दबाब केन्द्रलाई दिँदै आएका छन् । केन्द्रबाट पुनः माओवादीलाई मेयरमा छाडे मान्य नहुने चेतावनी उनीहरूले दिँदै आएका छन् । शनिबार कांग्रेस कार्यकर्ताहरूले पार्टी छाड्नुको कारण पनि यही हुनसक्ने बताइएको छ । भरतपुरमा मेयरका लागि कांग्रेसबाट मात्रै २५ जना आकांक्षी देखिएका छन् । यता नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनभित्र आफ्नो शक्तिको अवमूल्यन भइरहेको भन्दै असन्तुष्टि पोखेका छन् । शनिबार काठमाडौंमा पार्टीको प्रदेश सम्पर्क कमिटी भेलालाई सम्बोधन गर्दै उनले आफ्नो शक्तिको अवमूल्यन नगर्न गठबन्धनका अन्य दललाई चेतावनी दिएका छन् । आफूहरूमाथि अपमानपूर्ण व्यवहार भइरहेकोसमेत उनले बताए । ‘आफ्नो शक्तिको अति मूल्यांकन गर्ने काम नगर्नुस् । र, हाम्रो शक्तिको अवमूल्यन गर्ने काम पनि नगर्नुस्,’ अध्यक्ष नेपालले भने, ‘हाम्रो शक्ति निर्णायक शक्तिको रूपमा रहन्छ । केपी ओलीको समूहलाई बादशाहलाई घोडाबाट झारेजसरी सत्ताको उचाइबाट भूइँमा पछार्नका लागि निर्णायक भूमिका खेलेको शक्ति हो । यो ख्याल गर्नूस् ।’ उनले बालुवाटारमा गठबन्धनको बैठकमा पोखरा महानगरपालिकाको मेयरमा आफ्नो पार्टीले गरेको दाबीप्रति नकारात्मक टिप्पणी भएको भन्दै असन्तुष्टि जनाए। अध्यक्ष नेपालले २०७४ सालको चुनावमा एमालेले जितेको स्थानमा आफ्नो पार्टीको हक लाग्ने बताए । ‘एमालेले प्राप्त गरेको सफलतामा हाम्रो पहिलो हक लाग्छ। अरूले चाहेर पनि एमालेको मान्छे तान्न सक्दैन, जति हामी आकर्षित गर्न सक्छौँ,’ उनले भने। नेताहरूको यस्तो अभिव्यक्तिले गठबन्धनभित्र उम्मेदवार छनोटको विषयमा निकै सकस परेको प्रस्ट हुन्छ । यसले गठबन्धन कतै संकटमा पर्ने होइन भन्ने आशंकासमेत पैदा गरेको छ ।गठबन्धनमा आबद्ध दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले गत २९ चैतमा सिट बाँडफाँडको ‘मोडालिटी’ले टुंग्याएका थिए । मोडालिटीमा २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट प्रमुख पदमा विजयी भई नेकपा एकीकृत समाजवादीमा कायम रहेका जनप्रतिनिधिलाई त्यसैअनुसार मान्ने उल्लख छ । यस्तै गठबन्धनमा आबद्ध दलका उम्मेदवारले पालिका र वडामा प्राप्त मतको मत भार मान्ने, २०७४ को स्थानीय निर्वाचनमा विजय प्राप्त नगरेको भए पनि स्थानीय तहमा उपस्थित रहेका दललाई पनि तालमेलमा सहभागी गराउने उल्लेख छ । गठबन्धनका दलहरूले गठबन्धनबाहिरका दलहरूसँग चुनावी तालमेल गर्न नपाउने सहमतिसमेत गरेका छन् । गठबन्धनले सोही मोडालिटीका आधारमा सिट बाँडफाँड गरी केन्द्रमा पठाउन निर्देशन दिएको थियो ।महानगर र उपमहानगरपालिकाको मेयर÷उपमेयरको सिट बाँडफाँडको निर्णय भने पाँचदलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्नेछ । गठबन्धनको बैठकले नगर र गाउँपालिकाको तालमेलको सिट बाँडफाँड ३ वैशाखभित्र जिल्ला संयन्त्रले प्रदेशलाई र प्रदेश संयन्त्रले निर्णय गरी ५ वैशाखभित्र केन्द्रलाई पठाउने निर्णय गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  ०८:२१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP